चितवन / जिल्ला प्रहरी कार्यालय  चितवनले बैंकिङ कसुरका फरार प्रतिवादीलाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा झापाको दमक नगरपालिका –१६ घर भइ काठमाडौँ चन्द्रागिरि नगरपालिका –१५ तीनथाना बस्दै आएका गोपालप्रसाद ढुङ्गेल रहेका छन् ।

OM Sai Pathibhara Hospital

कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक सूर्यबहादुर थापाका अनुसार उनलाई उच्च अदालत पाटनले २०७७ साल चैत २२ गतेको फैसलाले बैंकिङ कसुर मुद्दामा १५ दिन कैद र दुई करोड ५६ लाख रुपैयाँ जरिवाना तोकेको थियो । 

चितवनमा बसेको सूचनाका आधारमा खटिएको प्रहरी टोलीले निगरानी तथा खोजतलास गर्ने क्रममा उनलाई बिहीबार रत्ननगर नगरपालिका –११ जिरौनाबाट पक्राउ गरिएको प्रहरी नायब उपरीक्षक थापाले जानकारी दिए ।