बिर्तामोड /  झापाको भद्रपुरबाट लागूऔषध सहित प्रहरीले एक जनालाई  पक्राउ गरेको छ । पक्राउ पर्नेमा बिर्तामोड नगरपालिका –३ का २२ वर्षीय चन्दन रजक रहेका छन् ।  

आज बिहान ६ : ३० बजे मे९प २०८० नम्बरको मोटरसाइकलमा सवार रजकलाई भद्रपुर स्थित सिमा प्रहरी चौकी पृथ्वीनगरबाट खटिएको टोलीले चेकजाँच गर्ने क्रममा पक्राउ गरेको हो । 

OM Sai Pathibhara Hospital

 पक्राउ परेका चन्दनका साथबाट प्रहरीले १२ ग्राम ४५० मिलिग्राम ब्राउनसुगर बरामद गरी मोटरसाइकल नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी नायब उपरीक्षक राकेश थापाले जानकारी दिए ।