बिर्तामोड /झापामा जारी निषेधाज्ञा थप एक साता लम्बाईएको छ । 

 जिल्ला प्रशासन कार्यालय झापामा आज बसेको जिल्ला संकट ब्यबस्थापन समिति (डिसीसीएमसी)को बैठकले साउन ७ गते सम्म लम्बाउने निर्णय गरिएको झापाका  प्रमुख जिल्ला अधिकारी श्रावण कुमार तिमिल्सिनाले जानकारी दिए ।

OM Sai Pathibhara Hospital

झापामा कोरोना संक्रमितको संख्यामा कमी नआएकाले एक साता निषेधाज्ञा थप गरिएको तिमल्सिनाले बताए । छोटो दुरीका सार्वजनिक यातायात बस सहित अन्य सवारीसाधन जोर बिजोर प्रणाली अनुसार झापा, मोरङ, सुनसरी, इलाम, पाँचथर र ताप्लेजुङ जिल्लासम्म स्वास्थ्य सुरक्षाको मापदण्ड अपनाएर चलाउने पाउने निर्णय गरिएको छ । 

अन्या निर्णय भने अघिल्लो पटक गरिएकोलाइ नै यथावत् रखिएको तिमल्सिनाले बताए ।बजार तथा पसलको हकमा व्यावसायीले बिहान ६ बजे देखि बेलुका ५ बजेसम्मका लागि संचालन गर्न पाउने निर्णय भएको छ ।

अन्य निर्णय अघिल्लो पटक गरिएकोलाई नै यथावत् राखिएको छ ।