समाचार

    Showing 25,191-25,200 of 26,065 items.
  • झापाका अर्पण शर्माद्वारा गिनिज बुकमा नयाँ किर्तिमानको तयारी

    झापा  / भद्रपुर–८ का स्मरण शक्तिमा विश्व किर्तिमान बनाएका युवा अर्पण शर्मा गिनिज बुक अफ वल्र्ड रेकर्डमा नयाँ किर्तिमानका लागि प्रयासरत छन् । मेमोरी किङका रुपमा चिनिएका शर्माले यसअघि सन २०१५ मा गिनिज बुक अफ वल्र्ड रेकर्ड बनाएका थिए ।स्मरण शक्तिमा अब्बल अर्पणले ८३ वस्तुहरुको क्रम एक मिनटमा सम्झिएर अर्को किर्तिमानको दावी गरेका छन् । आज बिर्तामोडमा पत्रकार सम्मेलन गरेर दिइएको जानकारी अनुसार गत असार २६ गते भद्रपुरस्थित वीरेन्द्र नमूना माविको सभाहलमा उनले एक मिनटमा ८३ वटा वस्तुहरुको क्रम सम्झिएर नयाँ किर्तिमान बनाएको जानकारी गराए ।विश्व रेकर्डमा हाल सम्म १ मिनेटमा ५४ वस्तुको स्मरण गरेर गिनिज बु

    • प्रकाशित मितिः साउन ३, २०७८
    • 329 पटक पढिएको
  • डिएसपी रमेश देवको निधन

    काठमाडौं । नेपाल प्रहरीका नायव उपरिक्षक (डिएसपी) रमेश कुमार देवको निधन भएको छ । पेटको क्यान्सरबाट पिडित देवको विराटनगरस्थित विराट मेडिकल कलेजमा मृत्यु भएको हो ।प्रदेश–१ प्रहरी कार्यालय बिराटनगरमा कार्यरत डिएसपी देवको आइतबार विहान मृत्यु भएको प्रदेश–१ प्रहरी कार्यालयका प्रवक्ता एसपी नविनराज राईले बताएका छन्  । २०६४ मा निरिक्षकबाट प्रहरी सेवामा प्रवेश गरेका देव सप्तरीका स्थानिय हुन् । 

    • प्रकाशित मितिः साउन ३, २०७८
    • 86 पटक पढिएको
  • भ्रूणहत्या आरोपमा २६ वर्षीया युवती पक्राउ

    बलेवा / बागलुङमा भ्रूणहत्या गरेको आरोपमा एक युवती पक्राउ परेकी छन् । पक्राउ पर्नेमा जैमिनी नगरपालिका–१० बस्ने २६ वर्षीया युवतीले रहेको जिल्ला प्रहरी कार्यालय बाग्लुङले जानकारी दिएको छ ।युवतीले औषधि सेवन गरेर चार महिनाको पुरुष भ्रूण जन्माई घरदेखि ५० मिटर टाढा बारीमा गाडेको अवस्थामा भेटिएपछि पक्राउ गरी अनुसन्धान थालिएको प्रहरी नायब उपरीक्षक इकवाल हवारीले बताएका छन् । “शनिबार दिउँसो स्थानीयवासीले देखेपछि बरेङ प्रहरी चौकीमा खबर गर्नुभयो, त्यहाँ प्रहरी पुग्दा रातो टालोमा भ्रूण राखेर गाडेको अवस्थामा थियो”, हवारी भन्छन्, “स्थानीयवासीकै आशङ्काका आधारमा हामीले उनलाई पक्राउ गरेका हौँ ।” ती महिल

    • प्रकाशित मितिः साउन ३, २०७८
    • 97 पटक पढिएको
  • सिलगढी–बझाङ जोड्ने सडक अवरुद्ध

    डोटी / तीन दिनदेखिको लगातारको वर्षाका कारण जिल्ला सदरमुकाम सिलगढी कलेना, मछिन्तोला, दल्लेक, मेल्लेक हुँदै बझाङ जोड्ने सडक अवरुद्ध भएको छ । उक्त सडकअन्तर्गत सिलगढीको चिसापानी भन्ने ठाउँमा सडक माथिबाट पहिरो आउँदा सडक अवरुद्ध भएको हो ।सडक अवरुद्ध भएपछि यातायात सञ्चालन गर्न समस्या हुनुका साथै नागरिकलाई जिल्ला सदरमुकाम सिलगढी आवतजावतमा समस्या भएको छ । पहिराले सडक अवरुद्ध गरेपछि बिरामीलाई जिल्ला अस्पताल लैजानदेखि गाउँमा अत्यावश्यक सामग्री ढुवानी गर्न समेत समस्या भएको दिपायल सिलगढी नगरपालिका–९ कलेनाका मानबहादुर साउदले जानकारी दिएका छन्।यसैगरी उक्त पहिराले खानेपानीको मुहानका पाइपलाइन बगाएकाले सिलगढी ब

    • प्रकाशित मितिः साउन ३, २०७८
    • 68 पटक पढिएको
  • एनआरएनएको १०औँ साधारणसभा कात्तिकमा

    काठमाडौँ / गैरआवासीय नेपाली सङ्घ ९एनआरएनए०को शनिबार सम्पन्न ७८औँ अन्तर्राष्ट्रिय समन्वय परिषद्को बैठकले सङ्घको १०औँ एनआरएन ग्लोबल सम्मेलन र १०औँ साधारणसभा आगामी अक्टोबर २३–२५ ९२०७८ कात्तिक ६–८० मा आयोजना गर्ने  निर्णय गरेकोे छ । त्यसका लागि अध्यक्ष कुमार पन्तको संयोजकत्वमा आयोजक समिति गठन गरिएको छ । अध्यक्ष पन्तका अनुसार बैठकले आगामी निर्वाचन अनलाइन प्रणालीबाट गर्ने निर्णय गर्दैै निर्वाचनमा भाग लिने प्रतिनिधिको शुल्कसमेत शून्य कायम गरिएको छ । यसअघि निर्वाचनमा भाग लिने प्रतिनिधिले सङ्घले तोकेको शुल्क तिर्नुपर्ने प्रावधान थियो । यस्तै बैठकले  निर्वाचनका लागि उम्मेदवार मनोनयन शुल्क

    • प्रकाशित मितिः साउन ३, २०७८
    • 65 पटक पढिएको
  • आज जनकपुर–जयनगर रेलको ट्र्याकको गति परीक्षण गरिने

    जनकपुर / बहुप्रतिक्षित जनकपुर–जयनगर रेलको आज रेल्वे ट्र्याकको गति परीक्षण गरिने भएको छ । रेल सञ्चालनपूर्वको तयारीका सिलसिलामा रेल्वे ट्र्याकको गति परीक्षण र प्रमाणीकरण गर्ने काम हुने नेपाल रेल्वे कम्पनीका महाप्रबन्धक गुरु भट्टराईले जानकारी दिए ।उनका अनुसार रेल्वे लिकको ‘स्पिड’ र ‘सर्टिफिकेशन’ गर्ने काम हुनेछ । उनले भारतको इस्ट–सेन्ट्रल रेल्वेको डिजल लोकोमोटिभ रेलद्वारा ‘ट्र्याक स्पिड’ परीक्षण गरिने जानकारी दिए । उनले भने, “ट्र्याक स्पिड परीक्षण रेल सेवा सञ्चालन गर्नुपूर्वको महत्वपूर्ण प्रक्रिया हो । स्पिड परीक्षण गर्दा रेलको स्पिड १२० किमी प्रतिघण्टा हुने भएकाले रेल्वे ट्र्याकमा सुरक्षा महत्वप

    • प्रकाशित मितिः साउन ३, २०७८
    • 54 पटक पढिएको
  • मोटरसाइकल दुर्घटना हुँदा पाँचथरमा एकको मृत्यु

    पाँचथर / पाँचथरमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । कुम्मायक गाउँपालिका–३ मा निर्माणाधीन तमोर कोरिडोर सडकमा आज मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा मोटरसाइकल चालक तेह्रथुमको लालीगुराँस नगरपालिका–९ सोल्माका ४५ वर्षीय यामबहादुर लिम्बूको मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनामा मोटरसाइकलमा सवारमा तेह्रथुमकै उदय कार्की घाइते भएका छन् । उनलाई उपचारका लागि पाँचथर जिल्ला अस्पताल फिदिम ल्याइएको छ । लिम्बू कुम्मायक–५ स्याबरुम्बामा भवन निर्माणको कामका लागि तेह्रथुमबाट आएका थिए । कुम्मायक–५ सिम्राहा पुलमा पुगेर फर्किने क्रममा को २८ प ८६११ नम्बरको मोटरसाइकल सडकबाट करिब २५ मिटर तल

    • प्रकाशित मितिः साउन २, २०७८
    • 111 पटक पढिएको
  • लिङ्गामा बस्दै आएका साधु मृत फेला

    कञ्चनपुर / बेदकोट नगरपालिका–४ स्थित पर्यटकीय क्षेत्र लिङ्गामा बस्दै आएका अन्दाजी ७५ वर्षीय साधु किसन नाथ आज मृतावस्थामा फेला परेका छन् ।साधु मृतावस्थामा फेला परेपछि स्थानीय बासिन्दाले प्रहरीलाई खबर गरेका हुन् । मृत्युको कारणबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक सिद्धराज न्यौपानेले बएका छन् । “मृतकको शरीरको बाह्य क्षेत्रमा कुनै किसिमको चोटपटक लागेको छैन”, उनले भने, “हिजो बिरामी भएर उपचारका लागि गएको भन्ने बुझिएको छ । बिरामी परेर वा अन्य के कारणले मृत्यु भएको हो, त्यसबारे अनुसन्धान भइरहेको छ ।” साधु गिरी लिङ्गा क्षेत्रमा विगत चार वर्षदेखि बस्दै आएको बताइएक

    • प्रकाशित मितिः साउन २, २०७८
    • 56 पटक पढिएको
  • ११० ग्राम खैरो हेरोइन सहित दुई पक्राउ

    देउखुरी / दाङको अमिलियाबाट खैरो हेरोइनसहित बाँकेका दुई जनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा बाँकेको डुडुवा गाउँपालिका–१ बस्ने ३० वर्षीय राजु भन्ने नोर महमद दर्जी र जानकी गाउँपालिका–३ मुक्तिनगर बस्ने ३६ वर्षीय राजा योगी रहेको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ । गोप्य सूचनाका आधारमा उनीहरुलाई जिल्लाबाट खटिएको प्रहरी टोलीले लमही नगरपालिका–९ अमिलियाबाट प्रहरीले ११० ग्राम लागुऔषध खैरो हिरोइनसहित पक्राउ गरेको प्रहरी प्रमुख एवं प्रहरी उपरीक्षक सुरेश काफ्लेले जानकारी दिएका छन् ।

    • प्रकाशित मितिः साउन २, २०७८
    • 86 पटक पढिएको
  • अवरुद्ध मध्यपहाडी लोकमार्ग सञ्चालन

    पर्वत / पहिरोका कारण शुक्रबार रातिदेखि अवरुद्ध भएको मध्यपहाडी लोकमार्गको पर्वत खण्ड सञ्चालनमा आएको छ । कुश्मा नगरपालिका–१ पाङको सहस्रधारामा वर्षासँगै सडकमाथिबाट आएको पहिरोका कारण सडक अवरुद्ध भएको थियो । वर्षा रोकिएसँगै पहिरो पन्छाइएपछि सवारीसाधन सञ्चालनमा आएको जिल्ला ट्राफिक प्रहरी प्रमुख कृष्णबहादुर खड्काले जानकारी दिएका छन् । अहिले रोकिएका सवारी गन्तव्यतर्फ लागेका छन् ।लगातारको वर्षाका कारण राति नै पहिरो आएर सडक पुरिएको थियो । वर्षा रोकिएपछि बिहान सबेरैबाट एस्काभेटर लगाएर पहिरो पन्छाइएको खड्काले जानकारी दिएका छन् । यस वर्ष मध्यपहाडी लोकमार्गअन्तर्गत पर्वत खण्डमा पहिरोले बढी नै असर गर

    • प्रकाशित मितिः साउन २, २०७८
    • 77 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.