झापा  / भद्रपुर–८ का स्मरण शक्तिमा विश्व किर्तिमान बनाएका युवा अर्पण शर्मा गिनिज बुक अफ वल्र्ड रेकर्डमा नयाँ किर्तिमानका लागि प्रयासरत छन् । मेमोरी किङका रुपमा चिनिएका शर्माले यसअघि सन २०१५ मा गिनिज बुक अफ वल्र्ड रेकर्ड बनाएका थिए ।

स्मरण शक्तिमा अब्बल अर्पणले ८३ वस्तुहरुको क्रम एक मिनटमा सम्झिएर अर्को किर्तिमानको दावी गरेका छन् । आज बिर्तामोडमा पत्रकार सम्मेलन गरेर दिइएको जानकारी अनुसार गत असार २६ गते भद्रपुरस्थित वीरेन्द्र नमूना माविको सभाहलमा उनले एक मिनटमा ८३ वटा वस्तुहरुको क्रम सम्झिएर नयाँ किर्तिमान बनाएको जानकारी गराए ।

OM Sai Pathibhara Hospital

विश्व रेकर्डमा हाल सम्म १ मिनेटमा ५४ वस्तुको स्मरण गरेर गिनिज बुकमा नाम लेखाई सकिएको छ । सोहि किर्तिमानलाई शर्माले ताड्दै १ मिनेटमा ८३ वस्तुको स्मरण गरिएको छ । 

इलाका प्रहरी कार्यालय अनारमनीका डिएसपी सन्तोष आचार्य, अरनिको मावि भद्रपुरका प्रधानाध्यापक पुरुषोत्तम खरेल, अग्रज पत्रकार मोहनकाजी लगायतले पत्रकार सम्मेलनकै माझ अर्पण शर्माको अद्भुत क्षमताको प्रशंशा गर्दै गिनिज बुकमा नाम लेखाउन भइरहेको प्रयासले सार्थकता पाउनेमा विश्वस्त रहेको बताए ।