बिर्तामोड / झापाको दुर्गापुरमा ८ महिने शिशु सहित एकै परिवारका तीन सदस्य झुण्डिएको अवस्थामा मृत फेला परेका छन् ।कन्काई नगरपालिका –१ सिर्जना चौतारी बस्ने ३४ वर्षीय रविन बिक, उनकी पत्नी २९ वर्षीया मीना बस्नेत बिक र ८ महिनाकी छोरी रुविना बिक घरभित्रै झुण्डिएको अवस्थामा मृत फेला परेका हुन् । मृतक रविनको भने कोरोना पोजेटिभ भएको रिपोट भेटिएको तर कसकसलाई कोरोना संक्रमण भएको भन्ने नखुलेको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी नायब उपरीक्षक (डीएसपी) राकेश थापाले जानकारी दिए । मृतक रविनले वैदेशिक रोजगारीको एजेन्ट काम गर्दै आएको र बैदेशीक रोजगारमा जाने थुप्रै व्यक्तिहरूको पैसा हिनामिना गरेकाे&nbs
मकवानपुर / अपहरणमा परेका दुई युवकलाई प्रहरीले भारतबाट उद्धार गरेको छ । अपहरणको तीन दिनपछि भारतीय प्रहरीको सहयोगमा उनीहरुलाई उद्धार गरेर नेपाल ल्याएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।उद्धार गरिनेमा हेटौडा उपमहानगरपालिका –९ स्वागत टोलका २३ वर्षीय गोविन्द श्रेष्ठ र २२ वर्षीय पवन राना मगर रहेका छन् । दुबै जनालाई सकुशल उद्धार गरी आइतबार परिवारको जिम्मा लगाएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक जयश्वर रिमालले जानकारी दिए ।प्रहरीका अनुसार, उनीहरुलाई भदौ ३ गते राति साढे ९ बजे हेटौडा बसपार्कबाट तीन जना भारतीय नागरिकले अपहरण गरेका थिए । अपहरण गरेर उनीहरूलाई भारत लगेको खुल
बिर्तामोड / झापाको बिर्तामोडस्थित भगवानचोकमा आईतबार बस र मोटरसाईकल एकआपसमा ठोक्किदा २ जना घाईते भएका छन् । आईतबार बिहान ११ बजे पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको ना ५ ख २८९४ नंबरको बसले बिपरीत दिशाबाट आउँदै गरेको मे २ प १२९५ नंबरको मोटरसाईकललाई ठक्कर दिँदा दुर्घटना भएकाे थियाे । दुर्घटनामा परि मोटरसाईकल चालक गौरादह –४ का ३० बर्षीय खेमराज घिमिरे र पछाडि सवार ५० बर्षीया कृष्णमाया दाहाल घाईते भएका छन् । घाईते दुवैको बिर्तामोडस्थित बिर्तासिटि अस्पतालमा उपचार भइरहेको छ ।घाईतेमध्ये कृष्णमायाको अवस्था गम्भिर रहेको प्रहरी कार्यालय झापाका डिएसपी राकेश थापाले जानकारी दिए । बस र चालकलाई ईलाका प्रह
सिन्धुपाल्चोक / मनसुन सुरु भएयता लगातार परेको वर्षाका कारण मेलम्ची नगरपालिका –८ केउरानीका ३४ घर जोखिममा परेका छन् । पहिराका कारण खैरेका २७ र छाँयालीका सात घर जोखिममा परेका हुन् । स्थानीयवासी कान्छामान दोङका अनुसार पोहोरदेखि नै पहिरो जान थालेका ठाउँमा यसपालि पनि पहिरो आएर खैरेका बस्ती जोखिममा परेका हुन् । निरन्तर पहिरो खस्न थालेपछि स्थानीयवासी त्रसित भएको उनले बताएका छन् । पटकपटक वडाका प्राविधिकलाई यसबारे जानकारी गराउँदा पनि चासो नदिएको उनले गुनासो गरेका छन् । वडा नं ८ का वडाध्यक्ष ठकराज गिरीले उनीहरूलाई तत्काल अस्थायी बासको व्यवस्था गर्नुपर्ने बताएका छन्। यसअघि
बिर्तामोड / त्रिभुवन विश्वविद्यालयको परिसर भित्र एक युवक झुण्डिएको अवस्थामा मृत फेला परेका छन् । शनिबार राति त्रिभुवन विश्वविद्यालय सेवा आयोगको कार्यालय नजिकैको मसलाको रुखमा २५ बर्षीय सुदन राई झुण्डिएको अवस्थामा युवा मृत फेला परेका हुन् । राई पासो लगाई झुण्डिएको अवस्थामा फेला परेपछि प्रहरीले राति नै मुचुल्का गरि शव परीक्षणको लागि त्रिभुवन विश्वविद्यालय, शिक्षण अस्पताल, महाराजगञ्ज लगेको बताइएको छ ।
लहान / विभिन्न मुद्दामा अदालतबाट कैद तथा जरिवानाको सजाय पाएर फरार भएका पाँच जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा लागूऔषध मुद्दामा आठ वर्ष कैद र तीन लाख १५ हजार रुपैयाँ जरिवाना सजाय तोकिएका सखुवानान्कारकट्टी गाउँपालिका –४ का २८ वर्षीय देवकुमार यादव र बहुविवाह मुद्दामा ११ महिना १५ दिन कैद र १० हजार रुपैयाँ जरिवाना सुनाइएका लहान नगरपालिका –१३ निवासी ३१ वर्षीय शिवशङ्कर महतो रहेका छन् । त्यसैगरी लेनदेन मुद्दामा दुई वर्ष कैद पाएका सिरहा नगरपालिका –२ का ५५ वर्षीय रामदेव साह, लेनदेन मुद्दामै पाँच महिना कैद सजाय पाएका सिरहा –१६ का ४० वर्षीय जाकिर मलङ्ग र चोरी मुद्दामा एक महिना कैद
जुम्ला / जुम्लाबाट १० महिने शिशु अपरहण गरी बेपत्ता बनाउने एक अभियुक्तलाई सुर्खेत प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा जुम्ला हिमा गाउँपालिका –३ का २५ वर्षीय दानबहादुर रोकाय रहेका छन् । रोकायलाई जिल्ला प्रहरी कार्यालय सुर्खेतले शनिबार एयरपोर्ट चोकबाट पक्राउ गरेको हो । जिप्रका निरीक्षक कनक बहादुर शाहीले रोकायले शिशुलाई आफूले लिएको स्वीकार गरिसकेको जानकारी दिए । अपहरित शिशु भने अपरिचित मानिसलाई दिएकाले अहिले आफूसँग नभएको बयान उनीले दिएको प्रहरी निरीक्षक शाहीले बताए ।जुम्ला हिमा गाउँपालिका –३ की १९ वर्षीया किशोरीले यही भदौ ३ गते रातिदेखि शिशु हराएको भनेर प्रहरी कार्यालय जुम्लाम
रौतहट// रौतहटमा प्रहरी स्वयमले एकजना संचारकर्मीको मोटरसाइकलमा लागूऔषध राखेर फसाउने प्रयास गरेको सार्वजनिक भएको छ। सिसिटिभी फुटेज सार्वजनिक भएपछि प्रहरीले लागूऔषध राखेको रहस्य खुलेको हो। गत श्रावण ३२ गते जिल्ला सदरमुकाम गौरबाट प्रहरीले बिआर ३० एस १८८५ नम्बरको भारतीय मोटरसाइकलमा लागूऔषध १ सय ५ थान नाइट्राभेटसहित दुई जनालाई पक्राउ गरेको थियो। पक्राउ पर्नेमा राजपुर नगरपालिका -७ बस्ने शेख गुलाब भन्ने शेख अतिउल्लाह र संचारकर्मी ईशनाथ नगरपालिका -८ का मोहम्मद मोजिबुल्लाह रहेका थिए । उक्त घटनाको सीसीटीभी फुटेज आज शनिबार सार्वजनिक भएपछि प्रहरीको संलग्नता खुलेको हो। मोजिबुल्लाह पक्राउ प
मनाङ / अविरल वर्षाका कारण आएको बाढीपहिराले मनाङ आवतजावत गर्ने स्थलमार्ग अवरुद्ध छ । गत जेठ १४ र असार १ गते आएको बाढीपहिराले तल्लो र माथिल्लो मनाङलाई जोड्ने स्थलमार्ग अवरुद्ध भएको हो । यसले तल्लो र माथिल्लो मनाङको सम्बन्ध विच्छेद भएको छ ।माथिल्लो मनाङसँग जोडिने जोखिमपूर्ण स्थलमार्ग अवरुद्ध भएपछि आवतजावत पूर्ण रुपमा बन्द भएको छ । धेरै स्थानमा सडक सञ्जालबाट छुटिएको मनाङलाई जोड्नका लागि नयाँ ट्रयाक बनाउन थालिएको प्रमुख जिल्ला अधिकारी विष्णु लामिछानेले जानकारी दिए ।‘मनाङको लाइफलाइनका रुपमा रहेको मनाङ ङिस्याङ गाउँपालिका–१ भ्राताङमा नयाँ ट्रयाकसहितको भिरको कटान भइरहेको छ, यो भिरमा ट्रयाक निर्माण भएपछ
बिर्तामोड / वैदेशिक रोजगारीका लागि मलेसिया गएरका ८ कामदारको शव आज काठमाडौँ ल्याइएको छ । ८ जनाको शवका साथै अन्य १६ जनाको अस्तु पनि नेपाल ल्याइएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले जनाएको छ ।मृतकहरू रोजगारीको क्रममा मलेसियामा विभिन्न दुर्घटना र अन्य घटनामा परेर ज्यान गुमाएकाको र उनीहरूको त्यहीं दाहसंस्कार गरिएकाले अस्तु मात्रै नेपाल ल्याइएको जनाइएको छ । केहीको भने मलेसियामै रहँदा कोरोना भाइरसको सङ्क्रमणका कारण ज्यान गुमेकाका कारण उनीहरूको अस्तु मात्रै नेपाल ल्याइएको हो ।
Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.