तनहुँ / तनहुँको भिमाद नगरपालिकामा चट्याङ लागेर आज एक युवाको मृत्यु भएको छ । मृत्यु हुनेमा भिमाद–९ ढुङढुङ्गेका २४ वर्षीय अर्जुन बिक रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । घर बाहिर काम गर्दै गर्दा चट्याङ लागेर घाइते भएका विकको बेलचौतारास्थित जिपी कोइराला श्वासप्रश्वास उपचार केन्द्रमा उपचारका क्रममा मृत्यु भएको प्रहरी नायब उपरक्षक युवराज तिमिल्सिनाले जानकारी दिएका छन्।
बागमती / हेटौँडा स्थित बहुर्राष्ट्रिय कम्पनी युनिलिभरको चिया प्रशोधन केन्द्रमा स्थानीय प्रशासनले सिल गरि आजबाट थप कारबाही प्रक्रिया सुरु गरेको छ । जिल्ला प्रशासन कार्यालय मकवानपुर, खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय, हेटौँडा तथा विभिन्न उपभोक्तावादी सङ्घसंस्थाको संयुक्त अनुगमन टोलीले बिहीबार गरेको अनुगमनका क्रममा उक्त कम्पनीमा म्याद गुज्रिएको चिया फेला पारेपछि स्थानीय प्रशासनले युनिलिभरको चिया प्लान्ट सिल गरेको खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय हेटौँडाका प्रमुख सोमकान्त रिजालले जानकारी दिएका छन् । उनले भने, “विशेष सूचनाका आधारम
कञ्चनपुर / कञ्चनपुरको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा पाटे बाघको संख्या वृद्धि भएको छ । सन् २०१८ मा १६ पाटेबाघ रहेकामा अहिले १९ पुगेको छ । गत जेठ महिनामा गरिएका गणनामा बाघको सङ्ख्या वृद्धि भएको शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज कार्यालयले जनाएको छ ।निकुञ्जका प्रमुख संरक्षण अधिकृत दिलबहादुर पुर्जा पुनले आज यहाँ आयोजित कार्यक्रममा बाघको सङ्ख्या वृद्धि भएको जानकारी दिए । उनले स्वचालित क्यामेरा विधिबाट बाघ गणना गरिएको बताए ।“जेठ ४ देखि २३ गतेसम्म गरिएको गणनामा बाघको सङ्ख्या वृद्धि हुनुका साथै थप वृद्धि हुने आशा पलाएको छ ।” उनले भने, “यो सङ्ख्या घटेको पनि होइन, धेरै बढेको नभए पनि सुधारको लक्षण देखियो ।
काठमाडौं / अवैध रुपमा यार्सागुम्बाको कारोबार गर्ने चार जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा गोरखाको चुमनुब्री गाउँपालिका–३ घर भई काठमाडौंको मित्रनगरमा बस्ने ४८ वर्षीय डुण्डुप गुरुङ, लमजुङको मस्र्याङ्दी गाउँपालिका –६ घर भई काठमाडौंको नयाँ बसपार्कमा बस्ने ५० वर्षीय बेलबहादुर थापा रहेका छन् । त्यस्तै लमजुङकै बेसीशहर नगरपालिका–११ घर भई काठमाडौंको बानियाँटार बस्ने ४० वर्षीय कृष्ण परियार र प्युठानको खलंगा नगरपालिका–११ घर भई काठमाडौंको तारकेश्वरमा बस्ने ४७ वर्षीय दानबहादुर जीसी रहेका छन् । अवैध रुपमा यार्सागुम्बाको कारोबार गरिरहेको सूचनाको आधारमा बिहीबार महानगरीय अपराध
दाङ / दाङमा करेन्ट लागेर एक जनाको आज मृत्यु भएको छ । मृत्यु हुनेमा तुलसीपुर उपमहानगरपालिका–१० पड्डाका ५२ वर्षीय सुरेश डाँगी रहेका इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख प्रहरी नायब उपरीक्षक श्यामु अर्यालले जानकारी दिएका छन् । उनले घरका कोठामा बत्ती बाल्ने क्रमममा डाँगीलाई करेन्ट लागेको र राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचारका क्रममा मृत्यु भएको बताएका छन् ।
बिर्तामोड / एमसीसीको विरोधमा प्रदर्शन गर्ने ‘एमसीसी खारेज राष्ट्रिय अभियान’ का दश जनालाई प्रहरीले पक्राउ गरेको छ । शुक्रबार नेपालस्थित अमेरिकी दूतावास अगाडि निषेधित क्षेत्रमा प्रदर्शन गर्न थालेपछि प्रहरीले उनीहरूलाई प्रहरीले पक्राउ गरेको हो । पक्राउ पर्नेमा सबै पुरुष रहेको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता रमेश बस्नेतले जानकारी दिए । उनीहरूले नेपालमा एमसीसी नचाहिने सन्देश दिने विभिन्न प्लेकार्ड बोकेर महाराजगन्जस्थित दूतावास अगाडि प्रदर्शन गरेका थिए ।
काठमाडौँ / राष्ट्रपति महिला उत्थान कार्यक्रमअन्तर्गत अछामका ११ सुत्केरीको निःशुल्क हवाई उद्धार गरिएको छ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयद्वारा सञ्चालित उक्त कार्यक्रमअन्तर्गत जिल्लाका दुर्गम क्षेत्रका गर्भवती तथा सुत्केरीका लागि हवाई उद्धारसम्बन्धी कार्यविधिअनुसार ती महिलाको उद्धार गरिएको प्रमुख जिल्ला अधिकारी रुद्रबहादुर मल्लले जानकारी दिएका छन्।उनका अनुसार वि.सं २०७५/७६ देखि जिल्लामा सुरु भएको उक्त कार्यक्रमअन्तर्गत यही भदौ ६ गते एकै दिन दुई गर्भवतीको हवाई उद्धार गरिएसँगै हालसम्म ११ जना ज्यान जोखिममा परेका गर्भवती तथा सुत्केरीको उद्धार गरिएको हो । निःशुल्क हवाई उद्धार सेव
ओखलढुङ्गा /ओखलढुङ्गाको सिद्धिचरण राजमार्गस्थित ताराबारीमा मोटरसाइकलको ठक्करबाट घाइते महिलाको उपचारका क्रममा मृत्यु भएको छ । बुधबार बा३६प ३५२२ नम्बरको मोटरसाइकलको ठक्करबाट मानेभन्ज्याङ गाउँपालिकाकी मानबहादुर मगरकी श्रीमती कृष्णमाया घाइते भएकी थिइन् । दुर्घटनामा घाइते भएकी उनको ओखलढुङ्गा सामुदायिक अस्पताल मिसनमा उपचारका क्रममा गए राति मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक लङ्क श्रेष्ठले जानकारी दिएका छन् ।घटनापछि फरार रहेका मोटरसाइकल चालक र चलाएको मोटरसाइकललाई मानेभन्ज्याङ प्रहरीले नियन्त्रण लिएको छ ।
बिर्तामोड / नेपाल विद्युत प्राधिकरणले कर्मचारीका लाग विज्ञापन खुलाएको छ । शुक्रबार गोरखापत्रमा सूचना प्रकाशित गर्दै प्राधिकरणले विभिन्न पदका लागि ३ सय ३९ जना नयाँ कर्मचारीका लागि विज्ञापन खुलाएको हो । अधिकृत र सहायक स्तरमा सह–निर्देशकदेखि जुनियर मिस्त्रीसम्मका लागि खुला तथा समावेशी कोटामा विज्ञापन खोलिएको हो। लिखित र अन्तर्वार्ताका माध्यमबाट परीक्षा हुनेछ।इच्छुक उम्मेद्वार असोज ७ गतेसम्म र दोब्बर शुल्क तिरेर १४ गतेसम्म आवेदन दिन सक्ने प्राधिकरणले जनाएको छ।
बिर्तामोड / पछिल्लो समय विश्वका विभिन्न देशमा वैधानिक कारोबार सुरु भएको गाजाको नेपालमा पनि वैधानिक कारोबारको माग गर्दै सर्वोच्चमा रिट दायर भएको छ ।गाजाको वैधानिक कारोबार गर्न सके नेपालको अर्थतन्त्रमा ठुलो टेवा पुग्ने भन्दै अधिवक्ता अर्जुन कुमार अर्याल र सगुन्तला भुसालले सर्वोच्चमा रिट दायर गरेका हुन् ।दायर रिटमा निश्चित मापदण्ड राखेर गाजाको खेतीलाई वैधानिकता दिन र कारोबार खुल्ला गर्न सरकारका नाममा आदेश जारी गर्न दायर रिटमा माग गरिएको छ ।
Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.