समाचार

    Showing 24,631-24,640 of 26,051 items.
  • बाढीपहिरो प्रभावित परिवारलाई नगद र स्वास्थ्य सामग्री सहयोग

    बागलुङ  / रोजगारीको सिलसिलामा जापान पुगेका ताराखोला वासीले गाउँका बाढीपहिरो प्रभावित परिवारलाई रु सात लाख नगद राहत सहयोग गरेका छन् । ताराखोला समाज जापान मार्फत सङ्कलित सो राहत रकम शनिबार गाउँपालिकाका पाँचै वडाका गरी ३५ परिवारलाई हस्तान्तरण गरिएको हो ।राहत रकम बुझ्नेमा वडा नं १ का दुई, २ का ११, ३ का १४, ४ का दुई र वडा नं ५ का पाँच परिवार छन् । एउटा परिवारलाई न्यूनतम रु पाँच हजारदेखि बढीमा रु एक लाख २० हजारसम्म राहत सहयोग उपलब्ध गराइएको समाजले जनाएको छ । स्थानीयस्तरमा गठित ताराखोला समाजद्वारा आयोजित कार्यक्रममा गाउँपालिकाका अध्यक्ष प्रकाश घर्तीलगायतले संयुक्त रूपमा राहत रकम प्रदान गरेका थिए

    • प्रकाशित मितिः भदौ २७, २०७८
    • 85 पटक पढिएको
  • दुर्घटनामा परी सुनसरीमा दुईको मृत्यु

    सुनसरी  / सुनसरीका फरक फरक स्थानमा भएको सवारी दुर्घटनामा परी दुई जनाको मृत्यु भएको छ । सुनसरीको इटहरी–१७ मा पिकअपको ठक्करबाट शनिबार एक जना पैदलयात्रीको मृत्यु भएको हो ।उत्तरबाट दक्षिण तर्फ आँउदै गरेको को २ च १३३९ नम्बरको टाटा पिकअपले भोजपुर घर भएका  दिलबहादुर राई लाई ठक्कर दिँदा उनी गम्भीर घाइते भएका थिए । एपेक्स अस्पताल इटहरीमा उपचारको  क्रममा उनको  मृत्यु भएको प्रहरीले जनाएको छ । त्यसैगरी सुनसरीको दुहबी ८ सोनापुरमा ट्रकले मोटरसाइकललाई ठक्कर दिदा चालकको मृत्यु भएको हो । खनारबाट दुहबी तर्फ आँउदै गरेको ना ५५ प ९९७९ नम्बरको मोटरसाइकललाई को १ क ३३९५ नं को ट्रकले ठक्क

    • प्रकाशित मितिः भदौ २६, २०७८
    • 106 पटक पढिएको
  • चितवनमा अर्ना मृत फेला

    चितवन / चितवन राष्ट्रिय निकुञ्जको पुरानो पदमपुरस्थित खुला खोरमा राखिएको एउटा अर्ना मृत अवस्थामा फेला परेको छ । मृत्युको कारण खुल्न सकेको छैन । निकुञ्जले आज जारी गरेको सूचनामा शुक्रबार पोथी बयस्क अर्ना मृत फेला परेको उल्लेख छ । सोही  खोरमा अन्दाजी दुई दिन अगाडि जन्मिएको अर्नासमेत  फेला परेको छ । खोरमा १२ अर्ना थिए । यस  निकुञ्जमा १२ कोशी टप्पु वन्यजन्तु आरक्षबाट र ३ चिडियाखानाबाट स्थानान्तरण गरी जम्मा १५ वटा अर्ना ल्याईएको  थियो । यहांँ ल्याएपछि ७ वटा बच्चा जन्मिएका छन् । विभिन्न कारणले १० अर्ना  मरेका कारण १२ वटा अर्ना मात्र बांँकी छन् । 

    • प्रकाशित मितिः भदौ २६, २०७८
    • 118 पटक पढिएको
  • बलात्कार गरेको आरोपमा तीन युवक पक्राउ

    दाङ / दाङबाट एक किशोरीमाथि सामूहिक बलात्कार गरेको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा जिल्लाको बंगलाचुली गाउँपालिका –७ बिर्खेका २७ वर्षीय पवन रोका, २७ वर्षीय विनाराम मर्स्याङ्दी र २० वर्षीय याम बहादुर मास्की रहेका छन् ।तीजको दर खाने दिन राती नाच हेरेर घर फिर्कदै गरेकी १८ वर्षीया किशोरीमाथि सामूहिक करणी गरेको पीडित युवतीको जाहेरीको आधारमामा उनीहरूलाई प्रहरीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रवक्ता डीएसपी मुकुन्द प्रसाद रिजालले जानकारी दिए ।

    • प्रकाशित मितिः भदौ २६, २०७८
    • 110 पटक पढिएको
  • मनाङमा निमित्त प्रशासकीय अधिकृत नियुक्तिमा विवाद

    मनाङ / मनाङको ङिस्याङ गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नियुक्तिमा विवाद भएको छ । प्रशासकीय अधिकृतविहीन अवस्थामा कामकारबाही अगाडि बढाउन निमित्त प्रमुख प्रशासकीय अधिकृत कनिष्ठ व्यक्तिलाई जिम्मेवारी दिएपछि विवाद भएको हो ।निवर्तमान अधिकृत दीपक ढकाल सरुवा भएर गएपछि आएका निमित्त प्रशासकीय अधिकृत विवादमा मुछिएका छन् । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले यही भदौ २० मा अधिकृतस्तर छैटौँ तहका जनस्वास्थ्य निरीक्षक नारायण यादवलाई जिम्मेवारी सुम्पेको पत्र पठाएको छ । प्रमुख प्रशासकीय अधिकृत हाजिर नहुँदासम्म सम्पूर्ण आर्थिक र प्रशासनिक जिम्मेवारी यादवलाई सुम्पिएको छ । प्राविधिकलाई प्रशासनको

    • प्रकाशित मितिः भदौ २६, २०७८
    • 80 पटक पढिएको
  • वेवारिसे शवले समस्यामा झापा प्रहरी

    बिर्तामोड / एक महिनाको अवधिमा झापाका फरक –फरक स्थानमा भेटिएका महिलाका शवले प्रहरीलाई अनुसन्धानमा तनाव थपिएको छ । दुई साताकै अवधिमा झपाका फरक–फरक स्थानमा शंकास्पद अवस्थामा ४ महिलाको शव भेटिएको छ ।प्रहरीले झापा गाउँपालिकाको फरक फरक ठाउँमा शुक्रबार मात्रै दुई  महिलाको शव फेला परेको जनाएको छ । सानो माई खोला किनारमा पानीमा घोप्टो परेको अवस्थामा महिलाको अर्धनग्न शव फेला परेको थियो । पहिचान नखुलेको महिलाको शव पोस्टमार्टम गरी प्रहरीले अनुसन्धान थालेको छ ।शुक्रबार नै झापा गाउँपालिका ५ को सन्थालमा पनि ५५ वर्षीया मञ्जु टुडुको शव फेला परेको थियो । घरको सिकुवामा मृत अवस्थामा फेला परेकि टुडुको मृत्युको

    • प्रकाशित मितिः भदौ २६, २०७८
    • 67 पटक पढिएको
  • इलामका जिल्ला समन्वय समितिका सदस्य मगरको निधन

     इलाम / इलामको जिल्ला समन्वय समितिका सदस्य चन्द्र मगरको कोरोनाका कारण निधन भएको छ । झापाको बिर्तामोडस्थित बीएण्डसी अस्पतालमा कोरोनाको उपचार गराइरहेका मगरको आज (शनिबार) विहान साढे चार बजे निधन भएको इलाम जिल्ला समन्वय समितिका प्रमुख गणेश बरालले जानकारी दिए । एक साताअघि कोभिड –१९ को लक्षण देखिएपछि उनलाई मेची अस्पतालमा भर्ना गरिएको थियो । सुरुमा एन्टिजेन परीक्षण गर्दा उनमा कोभिडको सङ्क्रमण देखिएको थिएन । स्वास्थ्य अवस्था जटिल बनेपछि उनलाई थप उपचारका लागि हस्पिटल भर्ना गरिएको थियो । बिएन्डसीमा भर्ना गरिएपछि मगरको पिसीआर परीक्षण गर्दा कोभिड सङ्क्रमण पुष्टि भएको थियो ।दक्षिणी

    • प्रकाशित मितिः भदौ २६, २०७८
    • 99 पटक पढिएको
  • ट्रकको ठक्करबाट घाइतेको मृत्यु

    इनरुवा / सुनसरीको दुहबी नगरपालिका –८ स्थित सोनापुरमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा सर्लाही लालबन्दी नगरपालिका –८ का ३० वर्षीय सुलभ गिरी रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक नरेन्द्रकुमार कार्कीले जानकारी दिए । खनारबाट दुहबीतर्फ आउँदै गरेको ना५५प ९९७९ नम्बरको मोटरसाइकललाई उत्तरबाट दक्षिणतर्फ जाँदै गरेको विनायक अक्सिजन फ्याक्ट्री छिर्ने क्रममा को१क ३३९५ नं. को ट्रकले शुक्रबार ठक्कर दिँदा मोटरसाइकल चालक गिरी गम्भीर घाइते भएका थिए । गम्भीर घाइते भएका गिरीको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । ट्रक र चालक ६० वर्षीय नाराय

    • प्रकाशित मितिः भदौ २६, २०७८
    • 69 पटक पढिएको
  • कतारमा अलपत्र श्रमिकको उद्धार

    काठमाडौँ /  हवाई टिकट काट्ने पैसासमेत नभएर नेपाल आउन नपाई कतारमा अलपत्र परेका चार श्रमिकलाई त्यहाँस्थित नेपाली दूतावास र गैरआवासीय नेपाली सङ्घ, कतारको पहलमा उद्धार गरिएको छ ।कतारको रोजगारी गुमेपछि स्वदेश फिर्तीको प्रतीक्षामा रहनुभएका बाजुराको स्वामिकार्तिक खापर गाउँपालिका–३ का विकास शाही, काठमाडौँकी अस्मिता लामा, भोजपुरका मोहन पौडेल र महोत्तरीका उदयकुमार यादवलाई सङ्घले हवाई टिकटको प्रबन्ध गरी नेपाल पठाएको हो ।सङ्घका प्रवक्ता सन्तोष क्षेत्रीका अनुसार शाही र यादव नेपाल एयरलाइन्सको विमानमार्फत शुक्रबार बिहान ९ः०० बजे काठमाडौँ आइपुगेका हुन् । लामा र पौडेल भने यही भदौ १ गते नेपाल फर्किएका थिए

    • प्रकाशित मितिः भदौ २६, २०७८
    • 44 पटक पढिएको
  • विराटनगर बसपार्क अगाडि पुरुषको शव फेला

    विराटनगर / विराटनगर-९ बसपार्क अगाडि आज (शुक्रबार) दिउँसो अन्दाजी ४०-४५ वर्ष उमेर देखिने पुरुषको शव फेला परेको छ । मोरङ प्रहरीको मुद्दा फाटका प्रहरी निरीक्षक मिलन थापाको नेतृत्वमा प्रहरी टोली अहिले घटनास्थलमा पुगेको छ । मृतकको पहिचान भने खुलिनसकेको र घटनाको विषयमा अनुसन्धान भइरहेको मोरङ प्रहरीका प्रवक्ता डीएसपी दीपक श्रेष्ठले जानकारी दिएका छन्  ।

    • प्रकाशित मितिः भदौ २५, २०७८
    • 115 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.