समाचार

    Showing 23,081-23,090 of 26,026 items.
  • तीन थान पेस्तोल सहित ३ पक्राउ

    काठमाडौँ / काठमाडौँको स्वयम्भू क्षेत्रबाट प्रहरीले मंगलबार राती गोली लोड गरिएका तीन थान पेस्तोल सहित तीन युवालाई पक्राउ गरेको छ । महानगरीय प्रहरी परिसर शोभाभगवतीबाट गस्तीमा परिचालित प्रहरीले हतियार सहित तिन जनालाई पक्राउ गरेको हो ।पक्राउ पर्नेहरुमा रौतहट घर भई काठमाण्डौको ब्रम्हटोल बस्ने १८ वर्षीय राजकुमार बानियाँ , रौतहट नै ठेगाना भई काठमाण्डौको डल्लु बस्ने २० वर्षीय प्रविण पधार र भारतीय नागरिक १८ वर्षीय मुकेश बानियाँ रहेका रहेका छन् ।उनीहरूको साथबाट गोली लोड गरिएको पेस्तोल तीन थान , ओलम्पस क्यामेरा , फोटो स्मार्ट क्यामेरा र सटर फोर्न बनाइएको घरेलु हतियार बरामद भएको प्रहरीले जनाएको छ ।गस

    • प्रकाशित मितिः चैत १६, २०७८
    • 62 पटक पढिएको
  • हतियार बुझाउन प्रशासनको आदेश

    तेह्रथुम / जिल्ला प्रशासन कार्यालय तेह्रथुमले निजी हातहतियार प्रहरी इकाइमा बुझाउन आदेश दिएको छ ।सार्वजनिक सूचना जारी गर्दै जिल्ला प्रशासन कार्यालय तेह्रथुमले इजाजत प्राप्त हातहतियार नजिकैको प्रहरी चौकी वा जिल्ला प्रहरी कार्यालयमा बुझाउन आदेश दिएको हो ।\तेह्रथुमका प्रमुख जिल्ला अधिकारी अनोज कुमार घिमिरेले गृह मन्त्रालयको निर्देशन बमोजिम हातहतियार बुझाउन सूचना जारी गरिएको बताएका छन् ।स्थानीय तहको निर्वाचनलाई भरपर्दो र विश्वासिलो बनाउन तथा शान्ति सुरक्षा कायम राख्नका लागि जिल्लाभित्र रहेका इजाजत प्राप्त हातहतियार बुझाउन स्थानीय प्रशासनले सबैमा अनुरोध गरेको गरेको हो ।तोकिएको समय अनुसार हातहतियार न

    • प्रकाशित मितिः चैत १६, २०७८
    • 72 पटक पढिएको
  • सुरक्षा मामिला विज्ञ थम्पसन नेपालका लागि अमेरिकाको नयाँ राजदूत

    बिर्तामोड / अमेरिकाले नेपालमा नयाँ राजदूत सुरक्षा मामिला विज्ञ पठाउने भएको छ । एमसीसी कार्यान्वयनको चरणमा प्रवेश गरेपछि ईण्डो प्यासिफिक रणनीतिको अंग भन्दै नेपालमा विरोध जारी रहेकै समयमा अमेरिकाले सुरक्षा मामिला विज्ञ डिन थम्पसनलाई पठाउने निर्णय गरेको हो ।अमेरिकी राष्ट्रपति कार्यालय ह्वाइट हाउसले सुरक्षा विज्ञ डिन थम्पसनलाई नेपालको लागि नयाँ राजदूतमा नियुक्त गरिएको जानकारी गराएको छ ।नेपालमा रहेका अमेरिकी राजदूत र्‍याण्डी बेरीको कार्यकाल सकिने भएकाले उनको स्थानमा थम्पसनलाई पठाउने निर्णय भएको राष्ट्रपतिको कार्यालय ह्वाइट हाउसले जनाएको छ ।नेपालको नयाँ राजदूतमा नियुक्त भएका थम्पसन अहिले अमेरिकाका ल

    • प्रकाशित मितिः चैत १६, २०७८
    • 63 पटक पढिएको
  • दैनिकी १० देखी १४ घण्टा सम्म लोडसेडिङ हुदाँ उद्योगी समस्यामा

    बिर्तामोड  / भारतबाट बिजुली खरिद ल्याउन नसकेको भन्दै एक सातायता नेपालका बिभिन्न ठाउँमा विद्युत प्राधिकरणले विद्युत कटौती सुरु गरेको छ । विराटनगरमा एकसाता यताबाट सुरु भएको लोडसेडिङले औद्योगिक क्षेत्रमा काम गर्ने उद्योगी व्यवसायीहरू समस्यामा परेका  छन् । गत मङ्गलबारबाट  विद्युत प्राधिकरणले नेपालका बिभिन्न क्षेत्रमा  दैनिक १० देखी १४  घण्टासम्म अघोषित रुपमा विद्युत कटौती गर्दै आएको छ । विराटनगरमा १२ घण्टा भएको लोडसेडिङले ६० प्रतिशत उत्पादनमा कटौती भएको नेपाल उद्योग परिसंघ प्रदेश १ अध्यक्ष भीम घिमिरेले बताए । उद्योगी व्यवसायीहरू नियम

    • प्रकाशित मितिः चैत १५, २०७८
    • 68 पटक पढिएको
  • दुर्गा प्रसाईँले गरे भक्तपुरमा नयाँ व्यवसाय सुरु

    काठमाडौँ  / झापाको प्रस्तावित बिएण्सी मेडिकल कलेज सञ्चालक तथा नेकपा एमालेका केन्द्रीय सदस्य दुर्गा प्रसाईँले नयाँ व्यवसाय सुरु गरेका छन् । प्रसाइले भक्तपुरमा अरनिको राजमार्ग नजिकै रहेको ५० रोपनी जग्गामा तरकारी बजार सञ्चालन गरेका हुन् ।प्रसाइले आज मंगलबार पत्रकार सम्मेलन गर्दै सूर्यविनायक हरित तथा कृषि थोक बजारमा तरकारी व्यवसाय सुरु गरेका छन् । उनले भने ‘जे गर्छु स्वदेशमै गर्छु भनेर तरकारी बजार सञ्चालनमा ल्याएको हुँ ।’२ अर्ब रुपैयाँ भन्दा धेरै लगानीमा तरकारी बजार सञ्चालनमा ल्याएको प्रसाइले पत्रकार सम्मेलनमा बताएका छन् । उनले बिचौलियाको अन्त्य गर्न र किसानलाई राहत दिन आफ

    • प्रकाशित मितिः चैत १५, २०७८
    • 117 पटक पढिएको
  • सवारी दुर्घटनामा २ जनाको मृत्यु

    बिर्तामोड / झापाको बुद्धशान्ति गाउँपालिका -१ पुल्चोकमा दक्षिणबाट उत्तर तर्फ जाँदै गरेको  नम्बर उल्लेख नभएको  मोटरसाइकल आफै अनियन्त्रित भई ट्रकमा ठोक्किँदा एकजनाको मृत्यु भएकोे छ । मृत्यु हुनेमा बुद्धशान्ति गाउँपालिका -७ का २५ वर्षीय अन्जन फागो रहेका छन् । मोटरसाइकल चालक फागोको उपचारको क्रममा बिर्तामोड स्थित बि एण्ड सी अस्पताल मृत्यु भएको प्रहरीले जनाएको छ ।  यस्तै मोरङको बुढीगंगा गाउँपालिका-१ गंगाचोकमा पनि मोटरसाइकल दुर्घटना हुदाँ एक जनाको मृत्यु भएको छ ।  मृत्यु हुनेमा  मोरङ टङ्किसिनुवारीका- २५ वर्षीय किशोर कुमार माझी रहेका छन् । ना ३ ख २३९ नम्बरको कन्टेनर र स १०

    • प्रकाशित मितिः चैत १५, २०७८
    • 68 पटक पढिएको
  • फेरी तीन वर्षीया नाबालिका बलात्कृत

    बिर्तामोड / मोरङको गछियामा १८ महिने बालिकाको बलात्कार पछि हत्या भएको घटना सेलाउन नपाउँदै ३६ महिने बालिका बलात्कृत भएको घटना सार्वजनिक भएको छ । ३६ महिने अबोध बालिका बलात्कृत भएको घटनामा संलग्न रहेको अभियोगमा प्रहरीले २५ वर्षीय एक युवालाई पक्राउ गरेको छ ।बालिका बलात्कारको अभियोगमा प्युठानको झिम्रुक गाउँपालिका–६ घर भई तिनाउ गाउँपालिका–५ पाल्पामा डेरा गरी बस्ने २५ वर्षीय प्रेम पुन मगरलाई सोमबार साँझ पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।पुनले बालिकालाई आइतबार बेलुका जबरजस्ती करणी गरेको सूचना पाएलगत्तै पक्राउ गरेर अनुसन्धान थालिएको पाल्पाका प्रहरी उपरीक्षक जनकबहादुर शाहीले बताएका

    • प्रकाशित मितिः चैत १५, २०७८
    • 114 पटक पढिएको
  • मासिक ९ अर्बभन्दा बढी घाटा बेहोर्नु परेपछि आयल निगमले पठायो सरकारलाई पत्र

    काठमाडौँ /  नेपाल आयल निगमले  सरकारलाई  चार विकल्प सहित पत्र पठाएको छ । पेट्रोलियम पदार्थमा मासिक ९ अर्बभन्दा बढी घाटा  बेहोर्नु परेपछि निगम हात उठाउने अवस्थामा पुगेको हो ।  निगमका कार्यकारी निर्देशक उमेशप्रसाद थानीको हस्ताक्षरमा उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयमा  पत्र पठाएको हो । पत्रमा भएका चार विकल्प मध्ये एक विकल्प हो , तत्कालका लागि सरकारी कर्मचारीलाई शनिबार र आइतबार बिदा दिएर पेट्रोलको खपत घटाउने । र कोरोनाको समयमा जस्तै निजी सवारीसाधनका लागि बार अनुसार जोरबिजोर प्रणाली लागू गर्नुपर्ने पेट्रोल खरिदका लागि पैस

    • प्रकाशित मितिः चैत १५, २०७८
    • 64 पटक पढिएको
  • बहुविवाह मुद्दामा फरार २ जना पक्राउ

    बिर्तामोड / जिल्ला प्रहरी कार्यालय झापाबाट खटिएको प्रहरीको टोलीले बहुविवाह मुद्दामा फरार रहेका २ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा दमक नगरपालिका-४ बस्ने २५ वर्षीया गङ्गामाया नेपाली र सोही ठाँउ बस्ने ३२ वर्षीय सन्तोष नेपाली रहेका छन् ।पक्राउ परेका सन्तोष नेपालीलाई जिल्ला अदालत झापा २०६८ वैशाख १४ गतेको फैसलाले बहुविवाह मुद्दामा २ वर्ष कैद  तथा २५ हजार रुपैयाँ जरिवाना र गंगामाया नेपालीलाई १ वर्ष कैद  तथा १० हजार रुपैयाँ जरिवाना र सजाय सुनाएको थियो ।उनीहरूलाई जिल्ला अदालत  भद्रपुरमा उपस्थित गराई अदालतको आदेशले कैद भुक्तानको लागि कारागार कार्यालय चन्द

    • प्रकाशित मितिः चैत १५, २०७८
    • 58 पटक पढिएको
  • प्रहरी जवान मृत फेला, छाँगाबाट खसेको आशंका

    सल्यान /  सल्यानको इलाका प्रहरी कार्यालय श्रीनगर सल्यानमा कार्यरत प्रहरी जवान मृत अवस्थामा फेला परेका छन् ।इलाका प्रहरी कार्यालय श्रीनगर सल्यानमा कार्यरत रुकुम मुसीकोट नगरपालिका बडा नम्बर १३ का पवन केसीको प्रहरी कार्यालय नजिकै भगवती खोला जाने नालामा पोशाक लगाएकै अवस्थामा केसीको शव भेटिएको हो ।पवन गत फागुनमा मात्र सुर्खेतबाट काज सरुवा भएर सल्यान हाजिर भएको बताइएको छ । सोमबार राती १० बजेदेखि २ बजेसम्म इलाका प्रहरी कार्यालय श्रीनगरको मेनगेटमा डिउटिमा रहेका केसी मंगलबार बिहान मृत अवस्थामा फेला परेको प्रहरीले बताएको छ । घटनाको कारण भने खुलेको छैन । छाँगोबाट खसेर मृत्यु भएको हुनसक्ने अनुमान गरि

    • प्रकाशित मितिः चैत १५, २०७८
    • 103 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.