बिर्तामोड भारतबाट बिजुली खरिद ल्याउन नसकेको भन्दै एक सातायता नेपालका बिभिन्न ठाउँमा विद्युत प्राधिकरणले विद्युत कटौती सुरु गरेको छ । विराटनगरमा एकसाता यताबाट सुरु भएको लोडसेडिङले औद्योगिक क्षेत्रमा काम गर्ने उद्योगी व्यवसायीहरू समस्यामा परेका  छन् । गत मङ्गलबारबाट  विद्युत प्राधिकरणले नेपालका बिभिन्न क्षेत्रमा  दैनिक १० देखी १४  घण्टासम्म अघोषित रुपमा विद्युत कटौती गर्दै आएको छ । 

विराटनगरमा १२ घण्टा भएको लोडसेडिङले ६० प्रतिशत उत्पादनमा कटौती भएको नेपाल उद्योग परिसंघ प्रदेश १ अध्यक्ष भीम घिमिरेले बताए । उद्योगी व्यवसायीहरू नियमित विद्युत दिन नसक्ने हो, विद्युत दिने कार्यतालिका माग गरेका छन् । गत मङ्गलबारबाट सुरु भएको विद्युत कटौती मंगलबार ४ घण्टा  काटिएको थियो त्यसपछि दिन प्रतिदिन विजुली कटौती बढ्दै गइरहेको छ । आइतबार राति १२ घण्टासम्म विजुली कटौती भएको थियो व्यवसायीले सोमबार भने अपरान्ह ४ बजेदेखि मंगलबार बिहान ६ बजेसम्म विजुली नपाएको बताउँछन्

OM Sai Pathibhara Hospital

नियमित रुपमा विद्युत प्राधिकरणले  विद्युत दिन नसक्दा मजदुरहरू कामविहीन बन्नु परेको अवस्था सिर्जना भएको मोरङ व्यापार संघका अध्यक्ष नवीन रिजालले बताए । विद्युत नियमित नभए उद्योगहरू बन्द हुने अवस्थामा पुग्ने उनले बताएका छन् । 
प्राधिकरणले जस्तो सुकै मूल्यमा विद्युत  खरिद गरेपनि  औद्योगिक क्षेत्रमा उर्जा अभाव हुन नदिने र लोडसेडिङ नगर्ने प्रतिवद्धता जनाएको दुई दिनमा १२ घण्टा विद्युत कटौती भएको उद्योगीहरू बताउँछन् । उद्योगीहरूले विद्युत प्राधिकरणलाई नियमित विद्युत माग गरेका छन् । नेपाल उद्योग परिसंघ, मोरङ व्यापार संघ र उद्योग सङ्गठनले पत्रकार सम्मेलन गर्दै विद्युत प्राधिकरणलाई विद्युत कटान नगर्न आग्रह गरेका छन् । यदि तत्काल विद्युत आपूर्ति नियमित रुपमा नगरे सम्पूर्ण उद्योगहरू बन्द गर्न बाध्य हुने उद्योगीले चेतावनी समेत दिएका छन् । यता विद्युत प्राधिकरणले मकवानपुर , चितवनमा १४ घण्टा , हेटौँडा औँद्योगिक क्षेत्रमा १२ घण्टा ( रातिको समय ), वीरगञ्ज  काठमाडौँमा १० घण्टा विद्युत कटौती गर्दै आएको छ ।