बिर्तामोड / मोरङको गछियामा १८ महिने बालिकाको बलात्कार पछि हत्या भएको घटना सेलाउन नपाउँदै ३६ महिने बालिका बलात्कृत भएको घटना सार्वजनिक भएको छ । ३६ महिने अबोध बालिका बलात्कृत भएको घटनामा संलग्न रहेको अभियोगमा प्रहरीले २५ वर्षीय एक युवालाई पक्राउ गरेको छ ।

बालिका बलात्कारको अभियोगमा प्युठानको झिम्रुक गाउँपालिका–६ घर भई तिनाउ गाउँपालिका–५ पाल्पामा डेरा गरी बस्ने २५ वर्षीय प्रेम पुन मगरलाई सोमबार साँझ पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।

पुनले बालिकालाई आइतबार बेलुका जबरजस्ती करणी गरेको सूचना पाएलगत्तै पक्राउ गरेर अनुसन्धान थालिएको पाल्पाका प्रहरी उपरीक्षक जनकबहादुर शाहीले बताएका छन् ।