काठमाडौँ / झापाको प्रस्तावित बिएण्सी मेडिकल कलेज सञ्चालक तथा नेकपा एमालेका केन्द्रीय सदस्य दुर्गा प्रसाईँले नयाँ व्यवसाय सुरु गरेका छन् । प्रसाइले भक्तपुरमा अरनिको राजमार्ग नजिकै रहेको ५० रोपनी जग्गामा तरकारी बजार सञ्चालन गरेका हुन् ।
प्रसाइले आज मंगलबार पत्रकार सम्मेलन गर्दै सूर्यविनायक हरित तथा कृषि थोक बजारमा तरकारी व्यवसाय सुरु गरेका छन् । उनले भने ‘जे गर्छु स्वदेशमै गर्छु भनेर तरकारी बजार सञ्चालनमा ल्याएको हुँ ।’
२ अर्ब रुपैयाँ भन्दा धेरै लगानीमा तरकारी बजार सञ्चालनमा ल्याएको प्रसाइले पत्रकार सम्मेलनमा बताएका छन् । उनले बिचौलियाको अन्त्य गर्न र किसानलाई राहत दिन आफूले तरकारी बजार सञ्चालन गरेको समेत दावी गरेका छन् ।