बिर्तामोड / जिल्ला प्रहरी कार्यालय झापाबाट खटिएको प्रहरीको टोलीले बहुविवाह मुद्दामा फरार रहेका २ जनालाई पक्राउ गरेको छ । 

पक्राउ पर्नेहरूमा दमक नगरपालिका-४ बस्ने २५ वर्षीया गङ्गामाया नेपाली र सोही ठाँउ बस्ने ३२ वर्षीय सन्तोष नेपाली रहेका छन् ।

OM Sai Pathibhara Hospital

पक्राउ परेका सन्तोष नेपालीलाई जिल्ला अदालत झापा २०६८ वैशाख १४ गतेको फैसलाले बहुविवाह मुद्दामा २ वर्ष कैद  तथा २५ हजार रुपैयाँ जरिवाना र गंगामाया नेपालीलाई १ वर्ष कैद  तथा १० हजार रुपैयाँ जरिवाना र सजाय सुनाएको थियो ।

उनीहरूलाई जिल्ला अदालत  भद्रपुरमा उपस्थित गराई अदालतको आदेशले कैद भुक्तानको लागि कारागार कार्यालय चन्द्रगढी पठाइएको प्रहरीले जनाएको छ ।