तेह्रथुम / जिल्ला प्रशासन कार्यालय तेह्रथुमले निजी हातहतियार प्रहरी इकाइमा बुझाउन आदेश दिएको छ ।
सार्वजनिक सूचना जारी गर्दै जिल्ला प्रशासन कार्यालय तेह्रथुमले इजाजत प्राप्त हातहतियार नजिकैको प्रहरी चौकी वा जिल्ला प्रहरी कार्यालयमा बुझाउन आदेश दिएको हो ।
\तेह्रथुमका प्रमुख जिल्ला अधिकारी अनोज कुमार घिमिरेले गृह मन्त्रालयको निर्देशन बमोजिम हातहतियार बुझाउन सूचना जारी गरिएको बताएका छन् ।
स्थानीय तहको निर्वाचनलाई भरपर्दो र विश्वासिलो बनाउन तथा शान्ति सुरक्षा कायम राख्नका लागि जिल्लाभित्र रहेका इजाजत प्राप्त हातहतियार बुझाउन स्थानीय प्रशासनले सबैमा अनुरोध गरेको गरेको हो ।
तोकिएको समय अनुसार हातहतियार नबुझाएमा कानून बमोजिम कारवाही हुने जारी सूचना मार्फत चेतावनी दिइएको छ ।