समाचार

    Showing 22,701-22,710 of 26,011 items.
  • मङ्गलबारदेखि मदिरा निषेध

    धनुषा / आसन्न स्थानीय तहको निर्वाचनलाई मध्यनजर गर्दै धनुषामा स्थानीय प्रशासनले मदिरा निषेध गर्ने निर्णय गरेको छ । स्थानीय निर्वाचन शान्तिपूर्ण रुपमा सम्पन्न गर्न जिल्ला प्रशासन कार्यालय धनुषाले आइतबार एक सार्वजनिक सूचना जारी गर्दै मदिरा निषेध र भारतसँग जोडिएका सीमा नाका बन्द गर्ने निर्णय गरेको हो । शुक्रबार हुने स्थानीय तह निर्वाचनलाई स्वच्छ, निष्पक्ष, पारदर्शी तथा भयमुक्त वातावरणमा सम्पन्न गर्न शान्ति सुरक्षालाई दृष्टिगत गर्दै स्थानीय प्रशासन ऐन, २०२८ तथा स्थानीय तह निर्वाचन निर्देशिका, २०७९ का विभिन्न व्यवस्थाअनुसार यस्तो आदेश जारी गरिएको धनुषाका प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौड

    • प्रकाशित मितिः वैशाख २६, २०७९
    • 104 पटक पढिएको
  • आज र भोलि पाँच प्रदेशमा भारी वर्षाको सम्भावना

    झापा / हाल नेपालमा स्थानीय वायु र भारतको बिहार–पश्चिम बंगालमा बनेको न्यून चापीय प्रणालीको संयुक्त प्रभाव रहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो देशभर बदली रहने  छ । महाशाखाका अनुसार प्रदेश–१, बागमती  र गण्डकीका केही स्थान र बाँकी भूभागका एक–दुई स्थानमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।राति कर्णाली र सुदूरपश्चिमका पहाडी भूभागका एक–दुई स्थानमा मेघ गर्जन र चट्याङसहित हल्का वर्षाको आँकलन गरिएको छ ।मंगलबार सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकीका केही स्थान र बाँकी भूभागका एकरदुई स्थानमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना

    • प्रकाशित मितिः वैशाख २६, २०७९
    • 68 पटक पढिएको
  • छोरी माथि जबरजस्ती करणीको प्रयास गरेको भन्दै किशोरीका बुबाले गरे बस चालकको हत्या

    बिर्तामोड / छोरी माथि जबर्जस्ती करणीको प्रयास गरेपछि किशोरीका बुबाले बसका चालकको हत्या गरेका छन् ।१७ वर्षीया किशोरी माथि जबरजस्ती करणीको प्रयास गरेको आरोपमा किशोरीका बुबाले बस चालक नुवाकोट तारकेश्वर गाउँपालिका २ बगुवाका ३४ वर्षीय दीपक ढुँगानाको हत्या गरेका हुन् । गत बैशाख २० गते बा ५ ख ५९८२ नम्बरको बसमा काठमाडौंबाट इलाम आएकी १७ वर्षीया किशोरी माथि बसका सहचालकले बलात्कारको प्रयास गरेका थिए । छोरी माथि करणी गरेको थाहा पाएपछि किशोरीका बुबाले बस चालक ढुंगाना माथि निर्घात कुटपिट गरेका थिए । उनको कुटाइबाट घाइते भएका ढुँगानाको झापाको बिर्तामोड स्थित वी एन्ड सी अस्पतालमा उपचारको क्

    • प्रकाशित मितिः वैशाख २५, २०७९
    • 121 पटक पढिएको
  • वैशाख ३० गते चट्याङ सहितको वर्षा हुन सक्ने

    काठमाडौं  / स्थानीय निर्वाचनका दिन देशका विभिन्न स्थानमा चट्याङ सहित वर्षा हुन सक्ने सम्भावना देखिएको छ । जल तथा मौसम विज्ञान विभागले विशेष मौसम बुलेटिन जारी गर्दै ३० वैशाखका दिन देशभर आंशिकदेखि सामान्य बदली रहने सम्भावना रहेको बताएको छ ।विभागका अनुसार, चुनावका दिन प्रदेश १, बागमती तथा गण्डकी प्रदेशका केही स्थानमा मेघ गर्जन-चट्याङ सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । त्यस्तै, मधेश, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा मेघ गर्जन–चट्याङ सहित हलुका वर्षाको सम्भावना छ ।अहिले नेपालमा स्थानीय वायु र भारतको बिहार पश्चिम बङ्गालमा विकसित न्यून चापीय प्रणालीका कारण पानी परिरहे

    • प्रकाशित मितिः वैशाख २५, २०७९
    • 76 पटक पढिएको
  • जनगणनाको अन्तिम नतिजा असोजभित्र आउने

    काठमाडौँ / केन्द्रीय तथ्यांक विभागले ‘राष्ट्रिय जनगणना २०७८’ को नतिजा आगामी असोजभित्र प्रकाशित गर्ने जनाएको छ । मंसिर ९ गते सम्पन्न १२औं राष्ट्रिय जनगणनाको लगतलाई गत चैतबाट प्रशोधन कार्य सुरु गरिएको हो । लगत प्रशोधन कार्यमा सय जना ‘कोडररइडिटर’, तीन सय जना ‘डाटा इन्ट्री अपरेटर’ र पचास जना जति कर्मचारी दैनिक खटिएका विभागका निर्देशक ढुण्डीराज लामिछानेले जानकारी दिए । लामिछानेका अनुसार दुई महिनामा ३५ प्रतिशत डेटा कोडिङ र इन्ट्रीको काम सकिएको छ । देशभरिबाट संकलित जनगणना फारामलाई कुपण्डोलस्थित विभागको गोदाममा राखिएको छ । लगत प्रशोधनका निम्ति थापाथलीस्थित विभागको हातामा रहेको तीन

    • प्रकाशित मितिः वैशाख २५, २०७९
    • 75 पटक पढिएको
  • निर्वाचन आचारसंहिता उल्लंघन गर्ने २३ वटा वेब पोर्टल कारवाहीमा

    काठमाडौं / निर्वाचन आयोगले ‘निर्वाचन आचारसंहिता, २०७८’ को उल्लंघन गरेको भन्दै वेब पोर्टललाई कारवाही गरेको छ । २३ वटा वेब पोर्टलले आचारसंहिताको गम्भीर उल्लंघन गरेको भन्दै प्रेस काउन्सिल नेपालले कारवाही गरेको हो । २३ वटा वेब पोर्टललाई नेपालभित्र सञ्चालन हुन नसक्ने गरी नै कारवाही गरिएको आयोगले जनाएको छ । आयोगका अनुसार हालसम्म निर्वाचन आचारसंहिता उल्लंघन गर्ने १३७ सञ्चार माध्यमलाई सचेत तथा सजग गराइएको छ । चैत २५ गतेदेखि वैशाख २२ गतेसम्मको अवधिमा २७ वटा मिडिया तथा पत्रकारलाई स्पष्टीकरण सोधिएको आयोगले जनाएको छ । आठ वटा मिडियालाई लिखितरूपमा सचेत गराइएको छ भने २१ वटा सञ्चार मा

    • प्रकाशित मितिः वैशाख २५, २०७९
    • 55 पटक पढिएको
  • स्थानीय तह निर्वाचन : मतदान दिन भारतबाट फर्किदै नेपाली

    बिर्तामोड / स्थानीय तहको निर्वाचन नजिकिएसँगै भारतमा श्रम गरिरहेका नेपालीहरू फर्किने क्रम बढ्न थालेको छ । कञ्चनपुरको पश्चिमी सीमानाका गड्डाचौकीबाट निर्वाचनकै लागि भारतमा श्रम गर्न गएका नेपालीहरू घर फर्किन थालेका छन् ।गड्डाचौकी नाकाबाट सामान्यतया १ सयदेखि २ सय नेपालीहरू भारतबाट फर्किने गरेको भएपनि अहिले भने दिनमा ५ सय भन्दा माथिको सङ्ख्यामा घर फर्किरहेका छन् ।कञ्चनपुरको गड्डाचौकी हेल्थ डेस्कका इन्चार्ज विकास भट्टले अहिले दिनमै ५ सयदेखि ८ सय जनासम्म मानिसहरू नेपाल फर्किरहेको र यो संख्या बढिरहेको बताएका छन् । उनले स्थानीय तहको निर्वाचनलाई लक्षित गरेर पश्चिमी नाकाहरूमा छिमेकी देश भारतमा काम गर

    • प्रकाशित मितिः वैशाख २५, २०७९
    • 71 पटक पढिएको
  • स्रोत नखुलेको आठ लाख भारतीय रुपैयाँसहित एक भारतीय महिला पक्राउ

    विराटनगर / विराटनगरमा स्रोत नखुलेको आठ लाख भारतीय रुपैयाँसहित एक भारतीय महिलालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारतबाट नेपालतर्फ आउँदै गरेकी ३० वर्षीया मुन्नीदेवी सहनी रहेकी छिन् । इलाका प्रहरी कार्यालय रानी (सीमा) बाट खटिएको टोलीले चेकजाँच गर्ने क्रममा विराटनगर–१५ बाट उक्त भारतीय रुपैयाँसहित पक्राउ गरेको हो ।  उनलाई थप अनुसन्धानको लागि राजश्व अनुसन्धान कार्यालय इटहरी पठाइएको प्रहरीले जनाएको छ ।

    • प्रकाशित मितिः वैशाख २५, २०७९
    • 76 पटक पढिएको
  • छुट्टा छुट्टै स्थानबाट अवैध लागूऔषध ब्राउनसुगर सहित ४ जना पक्राउ

    बिर्तामोड / सिन्धुलीको कमलामाई नगरपालिका- ९ भिमानस्थित सार्वजनिक शौचालय नजिकबाट करिब ३ ग्राम २३ मिलिग्राम अवैध लागूऔषध ब्राउनसुगर नगद २० हजार रुपैयाँ सहित एकजनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा सोही ठाउँ बस्ने २९ वर्षीय प्रदिप माझी रहेका छन् ।  विशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय भिमानबाट खटिएको प्रहरीले उनलाई शनिबार पक्राउ गरेको हो ।यता बाँके, कोहलपुर नगरपालिका- ११ बसपार्कबाट करिब ४ सय ४० मिलिग्राम अवैध लागूऔषध ब्राउनसुगर अर्का एक युवकलाई पनि प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा सोही नगरपालिका- २ मनकामना चोक बस्ने १८ वर्षीय किशोर रहेका छन् । इलाका प्रहरी कार्या

    • प्रकाशित मितिः वैशाख २५, २०७९
    • 72 पटक पढिएको
  • झापाका सीमा नाका वैशाख २७ देखि ३० गतेसम्म बन्द हुने

    बिर्तामोड / झापाका सीमा नाका वैशाख २७ देखि ३० गतेसम्म बन्द हुने भएका छन्। स्थानीय निर्वाचनलाई मध्यनजर गर्दै झापाका भारतसँग सीमा जोडिएका नाकाहरू २७ गते साँझ ७ बजेदेखि वैशाख ३० गते साँझ ७ बजेसम्म बन्द हुने जिल्ला प्रशासन कार्यालयले जनाएको छ।स्थानीय निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष एवम् भयरहित वातावरणमा सम्पन्न गर्नका लागि झापा जिल्लासँग सिमाना जोडिएका सम्पूर्ण नाकाहरू बन्द गरिने भएको झापाका प्रमुख जिल्ला अधिकारी छविलाल रिजालले जानकारी दिए । त्यस्तै स्थानीय तह सदस्य निर्वाचनको मतदानका दिन (बैशाख ३०)गते पास बिनाको कुनै सवारीसाधन चलाउन नपाइने जिल्ला प्रशासन कार्यालय झापाले जनाएको छ । 

    • प्रकाशित मितिः वैशाख २५, २०७९
    • 154 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.