बिर्तामोड / सरकारको आगामी आर्थिक वर्षको बजेटमा न्यायालयले ९ अर्ब १३ करोड रुपैयाँ बजेट पाउने भएको छ । अर्थमन्त्री जनार्दन शर्माले आइतबार सदनमा पेस गरेको आगामी आवको बजेट वक्तव्यमा न्यायालयलाई चालू आर्थिक वर्षभन्दा १ अर्ब बढी अर्थात कुल ९ अर्ब १३ करोड ७१ लाख रुपैयाँ विनियोजन गरिएको छ । सर्वोच्च अदालतसहित न्यायालयहरू स्वचालित पेसी प्रणाली ९अटोमेसन०मा जाने योजनामा रहेकाले कायममुकायम प्रधानन्यायाधीश दीपककुमार कार्कीले विभिन्न कार्यक्रममा सरकारसँग त्यसका लागि केही बढी बजेट माग भएको बताउँदै आएका थिए । त्यस्तै, कानुन, न्याय तथा संसदीय मामिलालाई कुल ८८ करोड ६७ लाख रुपैयाँ विनियोजन गरिएको
झापा / अर्घाखाँचीमा ७ वर्षीया बालिका बलात्कार गरेको आरोपमा एक पुरुष पक्राउ परेका छन् । जिल्लाको मालारानी गाउँपालिका- ७ बस्ने ३५ वर्षीय कमल महतलाई प्रहरीले पक्राउ गरेको हो । शुक्रबार दिउँसो ७ वर्षीया बालिकालाई बलात्कार गरेको सूचना प्राप्त भएपछि उनलाई पक्राउ गरि अनुसन्धान थालिएको जिल्ला प्रहरी प्रमुख डीएसपी अम्मर थापा क्षेत्रीले जानकारी दिए ।
विराटनगर / मोरङको विराटनगर महानगरपालिका –१५ र तेह्रथुमको लालीगुँरास नगरपालिका –२ बाट लागूऔषध सहित प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा इटहरी –६ सुनसरीका २० बर्षीय आस्मिक कार्की र बसन्तपुरका २४ बर्षीय जोसेफ गुरुङ रहेका छन् । आइतबार बेलुका ६ बजे विराटनगर –१५ स्थितमा लागूऔषध नियन्त्रण ब्युरो विराटनगरबाट खटिएको प्रहरी टोलीले भारत जोगबनीबाट नेपाल आउँदै गरेका कार्कीलाई ब्राउनसुगर सहित पक्राउ गरेको हो । उनको साथबाट प्रहरीले ४२ मिलिग्राम ब्राउन सुगर बरामद गरेको छ । यसैगरी आज (सोमबार) बिहान साढे ७ बजे इलाका प्रहरी कार्यालय बसन्तपुरबाट खटिएको प्रहरी गस्ती टोलीले ब्राउन
बिर्तामोड / बुद्धशान्ति प्रेस क्लबको अध्यक्षमा पत्रकार आयुष निरौला चयन भएका छन् । बुद्धशान्ति गाउपालिका - ३ स्थित तेन्जिङ नोर्गे होम स्टेमा सोमबार सम्पन्न कार्यक्रममा क्लबका निवर्तमान अध्यक्ष अनिल वाग्लेको अध्यक्षतामा सर्वसम्मत नयाँ नेतृत्व चयन भएको हो ।अध्यक्ष निरौला एक दशक देखि पत्रकारितामा क्रियाशील रहेका छन् । यसै गरि निर्वाचित समितिको उपाध्यक्षद्वयमा विष्णु प्रसाद लामिछाने र सचिवमा रोशन भट्टराई , कोषाध्यक्षमा भारती राई , सहसचिवमा तीर्थ तिम्सिना चयन भएका छन् ।त्यस्तै सदस्यहरूमा दिपेन विश्वकर्मा , विजय उप्रेती , ज्ञानु भट्टराई , नारायण अर्याल , चन्द्रकान्त वाग्ले चयन भएका छन् । ब
काठमाडौं / पञ्जाबी गायक शुभदीप संह सिद्धू (सिद्धू मूसेवाला)को हत्या भएको छ । गोली लागेको अवस्थामा भेटिएपछि मूसेवालाको अस्पताल लग्ने क्रममा बाटोमा नै मृत्यु भएको हो । उनको टाउको र कम्मरमुनि गोली लागेको पाइएको छ भने शरीरमा चारदेखि पाँचवटा गोलीका निशाना भेटिएको छ ।साथीहरूसँग करिब साढे ४ बजे घरबाट निस्किएका उनीमाथि आइतबार साँझ साढे ५ बजेतिर जवाहरकै गाउँ नजिकै हमला भएको हो । सिद्धूको हत्यामा लरेन्स बिश्नोई समूहको हात रहेको भन्दै भारतीय सञ्चारमाध्यमले जनाएको छ ।बुलेट प्रूफ गाडी छोडेर सुरक्षाकर्मी बिना नै घर बाहिर निस्किएका सिद्धू माथि आक्रमण भएको घटनास्थलमा ३० वटा गोलीका खोका भेटिएको र तीन
विराटनगर / मोरङको कटहरी गाउँपालिका –२ आदर्शटोलका ५० वर्षीय तुलसी श्रेष्ठको हत्याको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा मोरङ कटहरी गाउँपालिका –१ का ३३ वर्षीय रविन भुजेल, २९ वर्षीय कपिल माझी र कटहरी गाउँपालिका –३ का २८ वर्षीय नितेश चौधरी रहेका छन् ।आइतबार बिहान साढे ६ बजे मोरङ कटहरी गाउँपालिका –१ महेशपुर थानगाछी स्थित बित्तु माझीको खेतमा श्रेष्ठ मृत अवस्थामा फेला परेका थिए । घटनाको प्रकृति हेर्दा मृतकको शरीरमा चोटपटक देखिएकोले हत्या भएको हुन सक्ने आशंका गरि डग स्नाफिङ समेत गरिएको थियो । घटनालाई सूक्ष्म रूपले अनुसन्धान थालेको मोरङ प्रहरीले घटनामा संलग्नलाई आइतबार
काठमाडौं / सरकारले नागरिकता तथा राष्ट्रिय परिचयपत्र प्रदान गरेकै समयमा स्थायी लेखा नम्बर उपलब्ध गराउने भएको छ । आइतबार सङ्घीय संसद्मा आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै अर्थमन्त्री जनार्दन शर्माले नागरिकता प्रदान गरेकै समयमा प्यान नम्बर दिने भएको घोषणा गरेका हुन् ।सरकारले नाबालिक नागरिक समेत लगानी र व्यवसायमा संलग्न भएमा उनीहरूलाई जन्मदर्ता, नाबालिक परिचयपत्र वा अभिभावको परिचयपत्रको आधारमा स्थायी लेखा नम्बर प्रदान गर्ने भएको छ ।
काठमाडौं / मुस्ताङमा दुर्घटनाग्रस्त स्थितिमा फेला परेको तारा एयरको जहाजमा एकै परिवारका सातजना रहेको पुष्टि भएको छ । हिजो (आइतबार) बिहानदेखि बेपत्ता भएर सोमबार बिहान भेटिएको दुर्घटनाग्रस्त विमानमा धनुषाको मिथिला नगरपालिका– ११ लोटाका एकै परिवारका सात जना सवार रहेको पाइएको छ । उक्त विमानमा मिथिला नगरपालिका– ११ लोटाका राजन कुमार गोले, उनका बुबा इन्द्रबहादुर गोले, आमा राममाया तामाङ, काका पुरुषोत्तम गोले, काकी तुलसादेवी तामाङ, मामा मकरबहादुर तामाङ र माइजू सुकुमाया तामाङ सवार थिए ।उनीहरु मुक्तिनाथ दर्शनका लागि विमानबाट जोमसोम जाँदै थिए।
काठमाडौँ / मुस्ताङमा दुर्घटनाग्रस्त अवस्थामा फेला परेको तारा एयरको जहाजमा सवार २२ जनामध्ये १४ जनाको शव संकलन भएको छ । जहाजमा सवार कसैलाई पनि जीवित अवस्थामा भेट्ने सम्भावना नरहेको त्रिभुवन विमानस्थल नागरिक उड्यन प्राधिकरणका प्रवक्ता टेकनाथ सिटौलाले बताए । सिटौलाका अनुसार अन्यको खोजीकार्य भई रहेको, शव भेटिएकामध्ये केहीको चिनिने अवस्था र केहीको भने क्षतविक्षत अवस्थामा शव भेटिएको छ । दुर्घटनामा परी मृत्यु भएकाहरूको शव काठमाडौं ल्याइने सिभिल एभिएसनका उपमहानिर्देशक देवचन्द्रलाल कर्णले जानकारी दिए । चालक दलका तीन सहित २२ जना सवार जहाज आज बिहान मुस्ताङको थासाङ गाउँपालिका –२ को सानो
झापा / हाल नेपालमा स्थानीय वायु, भारतको उत्तर प्रदेश, विहार आसपास रहेको न्यून चापीय रेखा र पश्चिमी वायुको प्रभाव रहेको छ। प्रदेश १ र मधेस प्रदेशमा आंशिकदेखि सामान्य बदली रही अन्य भू–भागमा आंशिक बदली रहेको छ। प्रदेश १ र मधेस प्रदेशका एक-दुई स्थानहरूमा मेघ गर्जन र चट्याङसहित हल्का वर्षा भइरहेको छ।प्रदेश १, मधेस प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका थोरै स्थानहरूमा र बाँकी भू–भागका एक/दुई स्थानहरूमा मेघ गर्जन र चट्याङ र हावा हुरी सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।
Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.