झापा / सर्लाहीको चन्द्रनगर गाउँपालिकाले कक्षा १२ उत्तीर्ण गरी २० वर्ष उमेर पुगेपछि मात्रै विवाह गर्ने युवतीलाई ५० हजार रुपैयाँ आर्थिक सहयोग गर्ने भएको छ ।गाउँपालिकाका नवनिर्वाचित अध्यक्ष राजकुमार महतोले पदभार ग्रहणको क्रममा बालविवाह रोकेर छोरीहरूलाई शिक्षामा प्रोत्साहन गर्ने निर्णय गरेका हुन् ।प्लस टू उत्तीर्ण गरेर २० वर्ष उमेर पुगेपछि मात्रै विवाह गर्ने छोरीहरूलाई सम्मान स्वरुप ५० हजार रुपैयाँ दिने निर्णय गरिएको अध्यक्ष महतोले जानकारी दिए ।मधेसमा अझै पनि छोरीहरूलाई नपढाउने र उमेरै नपुगी विवाह गरिदिने क्रम नरोकिएकाले यस्तो निर्णय गरिएको अध्यक्ष महतोले बताए ।
काठमाडौँ / नेपाल विद्यार्थी संघले त्रिभुवन विश्वविद्यालयमा फेरि तालाबन्दी गरेको छ ।नेविसङ्घले पदाधिकारीलाई बर्खास्तीलगायत विभिन्न माग राखेर यसअघि माघ ७ गतेदेखि निरन्तर तालाबन्दी गर्दै आएको थियो । तर बुधबार नेकपा (क्रान्तिकारी) ले ताला फुटाए पछिबिहीबार किर्तिपुरस्थित त्रिवि उपकुलपति कार्यालयसहित पदाधिकारीहरूका कार्यकक्षमा नेविसंघ त्रिवि समितिले तालाबन्दी गरेको हो । नेकपा (क्रान्तिकारी) का नाममा नक्कली विज्ञप्ति टाँसेर ताला फुटाइएको भन्दै नेविसङ्घले विरोधसमेत गरेको छ ।नेकपा ( क्रान्तिकारी) ले ताला फुटाएको विरोध गर्दै नेविसङ्घले आज फेरि तालाबन्दी गरेको छ ।
झापा / कपिलवस्तुको वाणगङ्गा नगरपालिकाकी एक बालिकामाथि सामूहिक बलात्कार भएको छ । बलात्कार गरेको आरोपमा ६ जना युवा पक्राउ परेका छन् । सांस्कृतिक कार्यक्रम हेर्न पुगेकी १७ वर्षीया किशोरीलाई अपहरणपछि बलात्कार गरेको आरोपमा रूपन्देहीको कञ्चन गाउँपालिकाका वडा नम्बर– ५ का निरज कार्की, वडा नम्बर– ४ का राहुल सिंजाली , सुलभ केसी, वडा नम्बर– ३ का लक्ष्मण रसाइली, अमित कँडेल र गौरव थापा रहेको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले जनाएको छ । मङ्गलबार राति करिब ११ बजे सांस्कृतिक कार्यक्रम हेरेर घर फर्किँदै गर्दा बालिकाको अपहरण भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । घटनाको प्रारम्भिक अनुसन्धानको क्रममा रूपन
काठमाडौं / तारा एयरको जहाज दुर्घटनामा मृत्यु भएकाहरूको शव आज (विहीबार) परिवारलाई हस्तान्तरण गरिने भएको छ । मृतक २२ जनाको शव पोस्टमार्टमको काम सकिएपछि आज परिवारलाई हस्तान्तरण गरिने भएको हो ।महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालबाट शव परिवारलाई बुझाइनेछ । दुर्घटनामा मृत्यु भएकाको शव सोमबार र मंगलबार दुई चरणमा नेपाली सेनाको एमआई–१७ हेलिकप्टरमार्फत काठमाडौँ ल्याइएको थियो ।पोखराबाट मुस्ताङको जोमसोमतर्फ जाने क्रममा विमान दुर्घटनामा परेको थियो । दुर्घटनामा चालक दलका तीन सदस्यसहित १६ जना नेपाली, चार भारतीय र दुई जना जर्मन नागरिकको मृत्यु भएको हो ।
झापा / सप्तकोसी नदीमा हाम फालेका झापाको कमल गाउँपालिका –५ निवासी ४१ वर्षीय बुधुन्द्र प्रसाद लिम्बुको सशस्त्र प्रहरीले उद्धार गरेका छन् ।सशस्त्र प्रहरी सप्तरीका उपरीक्षक प्रदीप खड्काका अनुसार सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका –१ स्थित सप्तकोसी नदीमा बुधबार बेलुकी ७ बजेर हाम फालेका खड्काको उद्धार गरिएको हो । लिम्बू सप्तकोसी पुलको बीचको नोजबाट नदीमा हाम फालेका खड्काले बताए । उनलाई तत्कालै सशस्त्र प्रहरी बल, नेपाल सुरक्षा बेस भारदहबाट खटिएको वरिष्ठ हबल्दार उद्धव प्रसाद चौलागाईं नेतृत्वको टोलीले स्थानीको सहयोगमा उद्धार गरेको हो ।
झापा / हाल नेपालमा स्थानीय वायु र भारतको उत्तर प्रदेश, विहार आसपास रहेको न्यून चापीय रेखाको प्रभाव रहेको छ। प्रदेश १, मधेस प्रदेशमा आंशिकदेखि सामान्य बदली भई मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ। देशको बाँकी प्रदेशमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहेको छ।आज प्रदेश १, मधेस प्रदेश लगायत अन्य प्रदेशको पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहनेछ। प्रदेश १, मधेस प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका केही स्थानहरूमा र बाँकी प्रदेशका पहाडी भूभागका एक वा दुई स्थानमा मेघ गर्जन र चट्याङ र हावा हुरीसहित हल्कादेखि मध्यम वर्ष
झापा / हतियार किनबेचमा सशस्त्र प्रहरीको घुमुवा नै संलग्न रहेको खुलेको छ । बर्दिबासस्थित सशस्त्र प्रहरीको वाहिनीबाट बारामा खटिएका चार प्रहरी अवैध हतियार किनबेचमा संलग्न भएको खुलेको हो ।गत वैशाख २४ बाराको सीमावर्ती सिम्रौनगढ नगरपालिका–९, बसबरियाबाट दुई पेस्तोल, त्यसमा प्रयोग हुने चार गोलीसहित दुई भारतीय युवक पक्राउ परेका थिए । त्यसमा वाहिनीबाट खटिएका वरिष्ठ हवल्दार अशोक साह, सहायक हवल्दारद्वय आत्माराम पटेल, रत्नसागर झा र जवान सुनीलकुमार यादव पनि संलग्न रहेको प्रहरी अनुसन्धानबाट खुलेको छ । उनीहरू सबै घरपायक सिभिल ड्युटीमा थिए । अशोक र सुनील सिम्रोनगढकै छेउमा पर्ने बाराको पचरौताका
काठमाडौं / दयाहाङ राई , सौगत मल्ल , मिरुना मगर लगायतका कलाकारद्वारा अभिनीत चलचित्र ‘कबड्डी - ४’ ले पाँच दिनमै १० करोड कमाई गरेको छ । पाँच दिनमा फिल्मले १० करोड रुपैयाँ ग्रस कमाइ गरेको छ ।पहिलो सप्ताहन्त ८ करोड रुपैयाँ ग्रस ओपनिङ गरेको फिल्मले सोमबार र मंगलबार दुई करोड रुपैयाँ ग्रस कमायो । ‘कबड्डी’ को चौथो श्रृंखलाले पहिलो साता ‘कबड्डी’ कै तेस्रो श्रृंखलाको कुल कमाइ १३ करोड रुपैयाँ ग्रसलाई उछिन्ने निश्चितप्रायः छ ।
पोखरा / पोखरामा नेकपा एमालेका तीन कार्यकर्ता कारबाहीमा परेको छन् । एमालेका तर्फबाट पोखरा महानगरपालिकामा मेयर उम्मेदवार कृष्ण थापालाई हराउन खुलेआम लागेको भन्दै एमालेका तीन कार्यकर्ता कारबाहीमा परेका हुन् । नेकपा एमाले कास्कीले एमालेका ती कार्यकर्ताले गठबन्धनका उम्मेदवारको पक्षमा अभियान चलाएको अडिओ रेकर्डका आधारमा तीनजना कार्यकर्तालाई कारबाही गरेको हो ।कारबाहीमा पर्नेमा मनोज पहारी, महेश अर्याल र प्रशान्त आचार्य छन् । पहारीले प्रदेश सांसद राजीव पहारीको समेत नाम लिँदै विपक्षी दलका उम्मेदवार धनराज आचार्य जिताउन टेलिफोनमा पैसाको समेत लेनदेन गरेको अडिओ सार्वजनिक भएको थियो ।उनले आफूलाई राजीव पहारीको स
बिर्तामोड / झापाको बिर्तामोड स्थित एक होटेलमा सुसाइड नोटसहित एक युवक मृत फेला परेका छन् । गौरीगन्ज गाँउपालिका -१ माहभाराका प्रेम प्रसाद भट्टराईका छोरा २९ वर्षीय घनश्याम भट्टराई मृत फेला परेको इलाका प्रहरी कार्यालय अनारमनीले जनाएको छ । होटलको ४०१ नम्बर कोठामा ती व्यक्ति मृत फेला परेका हुन् । मृतक भट्टराई बुधबार बिहान कोठाबाट बाहिर ननिस्केपछि शंका लागेर कोठाको ढोका खोल्दा मृत भेटिएको होटलका कर्मचारीले बताएका छन् । घटनाको सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.