समाचार

    Showing 22,261-22,270 of 26,011 items.
  • भद्रपुरको महेन्द्र पार्कमा पूर्व राजा महेन्द्र शाहको सालिक बनाउन रोक

    झापा / झापाको भद्रपुर-८ स्थित महेन्द्र पार्क चन्द्रगढीमा पूर्व राजा महेन्द्र शाहको अर्धकदको सालिक अनुमति विना पुनर्स्थापना गर्न रोक लगाइएको छ ।जिल्ला प्रशासन कार्यालयमा बुधबार बसेको सर्वदलीय बैठकले पूर्व राजा महेन्द्रको सालिक पुनर्स्थापना गर्न नदिने निर्णय गरेको हो । प्रमुख जिल्ला अधिकारी छविलाल रिजालको उपस्थितिमा भएको सर्वदलीय बैठकले भद्रपुर नगर क्षेत्रमा रहेका सार्वजनिक स्थल तथा पार्कहरूको संरक्षण र सौन्दर्यीकरण गर्दै उपयोग सम्बन्धमा भद्रपुर नगरपालिकाले नगर सभाबाट निर्णय गरेर कार्यान्वयन गर्ने निर्णय गरेको छ ।त्यस्तै , नगरपालिकाबाट स्वीकृति नलिई सार्वजनिक स्थल र पार्कहरूमा अनधिकृत रुपमा

    • प्रकाशित मितिः जेठ १९, २०७९
    • 123 पटक पढिएको
  • तालिम नलिएका व्यक्तिले विमान अवतरण गराएपछि...

    एजेन्सी / उडान र अवतरणको तालिम नलिएका व्यक्तिलाई यात्रीले भरिएको विमान अवतरणको अनुमति दिएको एक विमान कम्पनीले भारी रकम जरिवाना तिर्नुपरेको छ ।     नागरिक उड्डयन महानिर्देशनालय (डीजीसीए) ले सुरक्षा नियम उल्लङ्घन गरेकामा निजी वायुसेवा कम्पनी एयर विस्तारालाई १० लाख भारतीय रुपैयाँ (भारु) जरिवाना गरेको हो । एयर विस्तारालाई नागरिक उड्डयनको निगरानीमा राखिएको डीजीसीएका अधिकारीले बताएका छन् ।  उडान र अवतरणको तालिम नलिएका एकजना सहचालकले हालै मध्यप्रदेश राज्यको इन्दौर विमानस्थलमा विमान अवतरण गराएका थिए ।यात्रीका जीवनलाई जोखिममा पार्ने गम्भीर उल्लङ्घन विमान कम्पनीले गरेकामा उक्त र

    • प्रकाशित मितिः जेठ १९, २०७९
    • 116 पटक पढिएको
  • पल शाहको मुद्दामाथि सुनुवाइ सुरु 

    पोखरा / चर्चित गायिकालाई बलात्कार गरेको आरोपमा पक्राउ परेका अभिनेता पल शाहको पुनरावेदन निवेदनमाथि सुनवाई सुरु भएको छ । मुलुक भर पछिल्लो समयमा चर्चामा आएको सो बलात्कारको मुद्दा खेपीरहेका शाहको पुनरावेदन निवेदनमाथि उच्च अदालत पोखरामा सुनुवाइ सुरु भएको हो ।उनलाई जिल्ला अदालत तनहुँ र नवरपुरले पुर्पक्षका लागि थुनामा पठाएपछि आफूलाई धरौटीमा रिहा गर्न माग गर्दै उनी उच्च अदालत पोखरामा पुगेका हुन् । उनको मुद्दाको सुनुवाइ उज्ज्वल शुक्ल र श्रीधराकुमारी पुडासैनीको संयुक्त इजलासमा चलिरहेको छ भने सुनुवाइ सकिएसँगै आदेश आउने अदालतले जनाएको छ ।

    • प्रकाशित मितिः जेठ १९, २०७९
    • 68 पटक पढिएको
  • तारा एयरको पोखरा - जोमसोम उडान एक साताका लागी बन्द हुने

    झापा / शुक्रबारदेखि एक साताका लागि तारा एयरको पोखरा - जोमसोम - पोखरा बन्द हुने भएको छ । कम्पनीले बिहीबार सूचना निकालेर उडान स्थगित हुने जानकारी दिएको हो ।गत साता पोखराबाट जोमसोमका लागि उडेको तारा एयरको ट्विनअटर जहाज मुस्ताङमा दुर्घटना हुँदा २२ जनाको ज्यान गुमेको थियो ।जल तथा मौसम विज्ञान विभागले आन्तरिक उडानको ‘इनरुट’ मौसमी पूर्वानुमान गर्न नसक्ने बताएपछि बिहीबार हुने तारा एयरका सबै उडान रद्द गरिएको थियो । मौसम विभागले बिहीबार सूचना जारी गर्दै नेपाल नागरिक उड्डयन प्राधिकरणले भने जस्तो आन्तरिक उडानको ‘इनरुट फोरकास्ट’ गर्न नसक्ने बताएको छ । यसका लागि प्रविधि र जनशक्तिको अभाव रहेको विभागको स

    • प्रकाशित मितिः जेठ १९, २०७९
    • 74 पटक पढिएको
  • तारा एयरको जहाज दुर्घटना : मृतकको शव आफन्तलाई बुझाइयो

    काठमाडौँ / आइतबार मुस्ताङको थासाङ गाउँपालिका –२ कोवाङको सिरानमा पर्ने सानोसरे भीरमा भएको जहाज दुर्घटनामा मृत्यु भएका २२ जनाको शव आफन्तलाई बुझाइएको छ ।आइतबार  मौसम खराबीका कारण पोखराबाट जोमसोम जाँदै गरेको तारा एअरको जहाज दुर्घटनामा परेको थियो ।नेपाली, नेपाल प्रहरी र सशस्त्र प्रहरीको सहयोगमा दुर्घटनास्थलबाट शवहरू संकलन गरी २ चरणमा काठमाडौँ ल्याइएको थियो ।काठमाडौँ ल्याइएका शवहरूको मंगलबार र बुधवार पोस्टमार्टम गरी बिहीवार आफन्तको जिम्मा लगाइएको हो ।जहाज दुर्घटनामा परी चालक दलमा क्याप्टेन प्रभाकर घिमिरे र उत्सव पोखरेल तथा एयर होस्टेज क्रिष्टी थापासहित बान्देकर वैसवी, इन्द्रबहादुर गोले, पुरुषोत

    • प्रकाशित मितिः जेठ १९, २०७९
    • 60 पटक पढिएको
  • १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा ४१ वर्षीय पुरुष पक्राउ

    झापा / पाल्पामा १९ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा तिनाउ गाउँपालिका- ५ कैलाशनगर बस्ने ४१ वर्षीय वीर बहादुर पौडेल क्षेत्रीलाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । सोही गाउँपालिका- ३ सिद्धबाबास्थित पावर हाउसको प्रतीक्षालय नजिक क्षेत्रीले ती किशोरीलाई मंगलबार साँझ जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी दोभान र  जिल्ला प्रहरी कार्यालय पाल्पाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।  

    • प्रकाशित मितिः जेठ १९, २०७९
    • 81 पटक पढिएको
  • शहीद सेतु विकको सालिक पनि तोडफोड

    रूपन्देही / पूर्वराजा वीरेन्द्रको सालिक हटाउने क्रममा तनावग्रस्त बनेको नेपालगञ्जमा अर्को सालिक पनि तोडफोड गरिएको छ । झडपका क्रममा आक्रोशित स्थानीयले धम्बोजी चोक नजिकै रहेको न्यूरोडस्थित सेतु विक चोकमा राखिएको जनआन्दोलनका शहीद सेतु विकको सालिक पनि तोडफोड गरेका हुन् । सेतु विक चोकलाई दोस्रो जनआन्दोलन भन्दा अगाडिसम्म ज्ञानेन्द्र चोक भनिन्थ्यो । पछि जनआन्दोलनमा शहीद भएकी सेतु विकको नामबाट त्यसलाई सेतु विक चोक भनियो र सो स्थानमा उनकै सालिक राखिएको थियो ।प्रहरीले वीरेन्द्रको सालिक हटाएपछि आक्रोशित समूहले सेतुको सालिक तोडफोड गरेका हुन् । प्रहरीले विकको सालिक तोडफोडमा संलग्न आरोपमा केही

    • प्रकाशित मितिः जेठ १९, २०७९
    • 110 पटक पढिएको
  • सिरहामा ४८ वर्षीय पुरुषको शव इनारभित्र फेला

    झापा / सिरहामा एक पुरुषको शव इनार भित्र फेला परेको छ । जिल्लाको गोलबजार नगरपालिका- २ टुर्किया निवासी ज्ञानचन्द्र भनिने ४८ वर्षीय विष्णुदेव साहको शव बिहीवार बिहान इनारभित्र फेला परेको प्रहरीले जनाएको छ । बुधबार साँझ पत्नीका लागि औषधि लिएर तुरुन्तै फर्किहाल्छु’ भन्दै साइकलमा गएका उनी राति अबेरसम्म पनि नफर्किएपछि खोजतलास गर्ने क्रममा बिहान गाउँ नजिकैको इनारभित्र साइकल सहित उनको शव फेला परेको हो । घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवक्ता प्रहरी नायब उपरीक्षक सुभास बुढाथोकीले जानकारी दिए । 

    • प्रकाशित मितिः जेठ १९, २०७९
    • 63 पटक पढिएको
  • पूर्वराजाको सालिक राख्न खोज्दा नेपालगञ्जमा झडप, डेढ दर्जन घाइते

    रूपन्देही / बाँकेको नेपालगञ्जस्थित धम्बोझी चोकमा स्व. राजा वीरेन्द्र शाहको सालिक राख्ने विषयमा विवाद हुँदा प्रहरी र स्थानीयबीच झडप भएको छ । बिहीबार बिहान वीरेन्द्रचोकमा स्वं राजा वीरेन्द्र शाहको सालिक राख्न खोज्दा प्रशासनले अवरोध गरेपछि प्रहरी र राजावादीबीच झडप भएको हो ।आज १९ जेठमा स्व. राजा वीरेन्द्रको सम्झनामा राजतन्त्र माग गर्दै आएको समूहले सालिक राखेपछि प्रहरीले बल प्रयोग गरी हटाउने क्रममा झडप भएको थियो । झडपका क्रममा प्रहरीले स्थिति नियन्त्रणमा लिन केही राउण्ड हवाई फायरसमेत गरेको थियो । झडपमा परी ९ प्रहरी र आधा दर्जन भन्दा बढी प्रदर्शनकारी घाइते भएका जिल्ला प्रहरी कार्यालय

    • प्रकाशित मितिः जेठ १९, २०७९
    • 116 पटक पढिएको
  • अस्पतालबाट हतकडी सहित एक थुनुवा फरार

    झापा / कैलालीमा अस्पतालबाट एक थुनुवा फरार हतकडी सहित भएका छन् । मेडिकल जाँचका लागि अस्पताल लगिएका घोडाघोडी -२ साडेपानीका २४ वर्षीय कृष्ण पाण्डेय हतकडी सहित फरार भएका हुन् । जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी)  वेद जोशीका अनुसार पाण्डेय र प्रकाश शाहलाई लागूऔषधको मुद्दामा पक्राउ गरी थुनामा राखिएको थियो । उनीहरूलाई १४ जेठमा पक्राउ गरिएको हो । दुवै जनालाई मेडिकल जाँचका गरी स्थानीय घोडाघोडी अस्पताल लागिएको थियो । ‘मंगलबार उपचारका लागि अस्पताल लगिएको बेलामा त्यहीँबाट दुवै जना भाग्न खोजेका थिए । पाण्डेय भागे पनि शाहलाई भने पुनः पक्राउ गरेका छौं,’ डीएसपी जो

    • प्रकाशित मितिः जेठ १९, २०७९
    • 135 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.