समाचार

    Showing 22,051-22,060 of 26,004 items.
  • जिसस मोरङको प्रमुख र उपप्रमुख दुवैमा एमाले विजयी

    बिर्तामोड / जिल्ला समन्वय समिति मोरङको प्रमुखमा नेकपा (एमाले) का अजम्बर राई विजयी भएका छन् ।मुख्य निर्वाचन अधिकृतको कार्यालय विराटनगरका अनुसार उपप्रमुखमा पनि एमालेकै उषा झा विजयी भएकी छिन् ।यस्तै सदस्यमा एमालेकै उमा नेपाली, उर्वशी कुमारी थारू, हरिमाया विश्वकर्मा, तुलसीप्रसाद घिमिरे, देवमणि कटुवाल र मित्रप्रसाद ढकाल विजयी भएका छन् ।

    • प्रकाशित मितिः असार १, २०७९
    • 56 पटक पढिएको
  • झापाको मेचीनगरबाट ८ ग्राम ५२ मिलिग्राम ब्राउनसुगर र नगद ७३ हजार सहित २ जना पक्राउ

    बिर्तामोड / झापाको मेचीनगर नगरपालिका- १२ हापाडाँगीबाट नियन्त्रित लागूऔषध ब्राउनसुगर सहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ । विशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय धुलावारीबाट खटिएको प्रहरी टोलीले मंगलबार दिउँसो स्थानीय २४ वर्षीय सुरज मेचे र २२ वर्षीय जीवन सार्कीलाई लागूऔषध सहित पक्राउ गरेको हो । उनीहरूको साथबाट प्रहरीले ८ ग्राम ५२ मिलिग्राम लागूऔषध ब्राउनसुगर, नगद ७३ हजार, १ थान मोबाइल र १ थान डिजिटल तराजु समेत बरामद भएको छ । लागूऔषध सहित पक्राउ परेका उनीमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

    • प्रकाशित मितिः असार १, २०७९
    • 82 पटक पढिएको
  • जंगली च्याउ खाँदा दुईको मृत्यु, दुई जनाको अवस्था गम्भिर

    ओखलढुङ्गा  / ओखलढुङ्गामा जंगली च्याउ खादा २ जनाको मृत्यु भएको छ भने दुई जना बिरामी भएका छन् । २८ जेठमा आफ्नै बारीमा उम्रिएको च्याउ पकाएर खाएका ९३ बर्षिया मनमाया बिष्ट, २७ वर्षीय राजन बिष्ट, राजनकी श्रीमती २४ वर्षीया ढक कुमारी लामिछाने र ३ बर्षिया छोरी सरिस्मा बिष्ट बिरामी भएका थिए । च्याउ खाएर बिरामी भएका चारै जनालाई उपचारको लागी मिसन अस्पताल ओखलढुङ्गा पठाइएकोमा उपचारको क्रममा ढक कुमारी बिष्टको सोही अस्पतालमा मृत्यु भएको थियो । ओखलढुङ्गाका प्रहरी निरीक्षक देवेन्द्र दासका अनुसार अन्य तिन जनालाई थप उपचारको लागी काठमाडौँस्थित टिचिङ अस्पताल पठाइएको थियो । तीन जनामध्ये मनमा

    • प्रकाशित मितिः असार १, २०७९
    • 76 पटक पढिएको
  • बेलबारीमा ट्रकको टक्करबाट स्कुटर चालकको मृत्यु

    बिर्तामोड / मोरङको बेलबारी नगरपालिका- ४ बेतनामा मंगलबार राती ट्रकले स्कुटरलाई ठक्कर दिँदा स्कुटर चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा स्कुटर चालक बेलबारी नगरपालिका- ५ का २६ वर्षीय बिक्रम राई रहेको प्रहरीले जनाएको छ । पश्चिमबाट पुर्वतर्फ जाँदै गरेको ना ६ ख ५५४४ नम्बरको ट्रकले सोही दिशा तर्फ जाँदै गरेको को २० प ७६ ४५ नम्बरको स्कुटरलाई ठक्कर दिंदा घाईते राईको उपचारको क्रममा विराटनगरको नोबेल अस्पतालमा मृत्यु भएको हो । घटनामा संलग्न दुबै सवारी साधन र ट्रक चालकलाई समेत नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय बेलबारीले जनाएको छ ।

    • प्रकाशित मितिः असार १, २०७९
    • 239 पटक पढिएको
  • सुरक्षा गार्ड माथि खुकुरी प्रहार गरेको आरोपमा ४ पक्राउ

    काठमाडौं / काठमाडौंको कालिकास्थान स्थित ट्रिनिटी कलेजमा कार्यरत सुरक्षा गार्ड माथि खुकुरी प्रहार गरेको आरोपमा ४ विद्यार्थीलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा कलेजको मानविकी सङ्कायमा कक्षा ११ मा अध्ययनरत म्याग्दीको बेनी नगरपालिका घर भई हाल काठमाडौंको बानियाँटार बस्ने राजेन्द्र बानियाँका छोरा जोसेन बानियाँ, रामेछापको मन्थली घर भई हाल काठमाडौंको डिल्लीबजार बस्ने पदम बहादुर खत्रीको छोरा विपिन खत्री, ओखलढुङ्गाको मानेभञ्ज्याङ- ६ घर भई हाल काठमाडौं घट्टेकुलो बस्ने गौरी खतिवडाका छोरा प्रतीक खतिवडा र काठमाडौं टोखा- ६ घर भएका तप्त बहादुर भण्डारीका छोरा सञ्जीव भण्डारी ( अनमोल ) रहेका छन् ।&

    • प्रकाशित मितिः असार १, २०७९
    • 73 पटक पढिएको
  • असार १ गतेका लागी तोकिएको राष्ट्रिय सभाको बैठक असार २ गते

    काठमाडौं  / राष्ट्रिय सभाको बैठक असार २ गते बस्ने भएको छ ।संसद् सचिवालयले असार १ गते बुधबारको राष्ट्रियसभा बैठक २ गतेका लागि सारेको जनाएको छ ।संघीय संसद्का महासचिव डा. भरतराज गौतमले मंगलबार विज्ञप्ति जारी गरी असार २ गते विहीबार दिउँसो १ बजेका लागि राष्ट्रियसभा बैठक तोकिएको जनाएका हुन् ।

    • प्रकाशित मितिः जेठ ३१, २०७९
    • 92 पटक पढिएको
  • ‘प्रेमी’ को घरमा गएर श्रीमती र छोरीलाई कुटपिट गरेकी स्वास्थ्य राज्यमन्त्री वलीलाई दाङ लगियो

    झापा / ‘प्रेमी’ को घरमा गएर श्रीमती र छोरीलाई कुटपिटको आरोपमा दाङको तुलसीपुरबाट पक्राउ परेकी लुम्बिनी प्रदेशकी स्वास्थ्य राज्यमन्त्री विमला कुमारी खत्री वलीलाई जिल्ला प्रहरी कार्यालय दाङ लगिएको छ ।जिल्ला प्रहरी कार्यालयबाटै मुद्दा प्रक्रिया अघि बढाउने गरी जिल्ला प्रहरी कार्यालय ल्याइएको दाङका प्रहरी प्रमुख एवम् प्रहरी उपरीक्षक (एसपी) सुरेश काफ्लेले जानकारी दिएका छन् । विमलाले बिहान तुलसीपुर नगरपालिका वडा नम्बर ५ का एकराज बस्नेतको घरमा गएर एकराजकी श्रीमती मीना भण्डारी बस्नेत र उनकी छोरीलाई हातपात गरेपछि प्रहरीले पक्राउ गरेको हो ।विमलाको कुटाइबाट मीनाको अनुहार र छातीमा चोट लागेको र कपडा च्य

    • प्रकाशित मितिः जेठ ३१, २०७९
    • 98 पटक पढिएको
  • ढुङ्गाले किचेर ६ वर्षीय बालकको मृत्यु

    ओखलढुङ्गा / ओखलढुङ्गाको चम्पादेवि गाउँपालिका- ३ पाखुरेडाँडामा ढुँङ्गाले किचेर एक बालकको मृत्यु भएको छ । सोमवार बेलुका साढे ५  बजे  चम्पादेवी- ३ ताप्केडाँडामा साथिहरुसँग चुथ्रो खान गएका ओत बहादुर श्रेष्ठका ६ वर्षीय छोरा भीम बहादुर श्रेष्ठलाई अचानक भिर माथिबाट झरेको ढुङ्गाले टाउकोमा लागि गम्भिर घाईते भएका थिए । ढुङ्गाले किचेर गम्भिर घाईते भएका बालकलाई उपचारको लागी स्थानीय स्वास्थ्य चौकी लगिएकोमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाले जनाएको छ । घटनाबारे जानकारी पाउनासाथ इलाका प्रहरी कार्यालय बरुणेश्वरबाट खटिएको प्रहरी टोलीले घटना बारे थप अनुसन्धान गरिरहेको प

    • प्रकाशित मितिः जेठ ३१, २०७९
    • 83 पटक पढिएको
  • सिक्किममा रोकियो कबड्डी- ४ को प्रदर्शन

    बिर्तामोड / नेपाली चलचित्र क्षेत्रमा सबैभन्दा धेरै कमाई गरेर किर्तिमान कायम गरेको नेपाली फिल्म कबड्डी- ४ को सिक्किममा प्रर्दशनमा रोक लगाइएको छ । कबड्डी- ४ ले बौद्ध धर्म र भिक्षुलाई अन्याय गरेको भन्दै सिक्किममा उक्त चलचित्र रोक गर्न माग गरिएको थियो ।बौद्ध भिक्षु फुर्वा तामाङ र चलचित्रकी नायिका मेरुना मगरको विवादपछि सिक्किममा प्रदर्शन रोक लगाइएको हो ।कबड्डी- ४ ले लामाको आस्थामा प्रहार भएको भन्दै चलचित्र सिक्किममा प्रर्दशनी भएमा सबै लामाहरु सडकमा उत्रिने सिक्किमका बौद्ध धर्मगुरु ओङदी पिन्त्सोले जेठ २२ गते पत्रकार सम्मेलन गरेका थिए ।सोही विवाद समाधान नहुन्जेलसम्म चलचित्र सिक्किममा रोक गर्ने स

    • प्रकाशित मितिः जेठ ३१, २०७९
    • 63 पटक पढिएको
  • मोरङमा बुलेट मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु

    बिर्तामोड / मोरङको विराटनगर महानगरपालिका -१४ रानी - विराटनगर सडक खण्डमा बुलेट मोटरसाइकलको ठक्करबाट पैदलयात्री को मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानीय ६० वर्षीय मजेबुल मिया रहेको प्रहरीले जनाएको छ । मंगलबार (आज) बिहान साढे ८ बजे  बिराटनगरतर्फ जाँदै गरेको सो मोटरसाइकलले सोही दिशातर्फ जाँदै गरेका मियालाई ठक्कर दिई दुर्घटना हुँदा घाईते भएका मियालाई विराटनगर स्थित न्युरो अस्पताल लगिए पनि उपचारको क्रममा मृत्यु भएको हो । मोटरसाइकल र चालक भारत मझपुरका ५९ वर्षीय बिन्देश्वर रामलाइ इलाका प्रहरी कार्यालय रानीले नियन्त्रणमा लिई  घटना सम्बन्धमा थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

    • प्रकाशित मितिः जेठ ३१, २०७९
    • 77 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.