समाचार

    Showing 19,821-19,830 of 25,967 items.
  • नक्कली नोट छाप्ने मेसिनसहित २ जना प्रहरी नियन्त्रणमा

    काठमाडौं । ललितपुर प्रहरीले नक्कली नेपाली नोट छाप्ने मेसिनसहित २ जनालाई नियन्त्रणमा लिएको छ ।पक्राउ पर्नेमा ओखलढुंगाको सिद्धिचरण नगरपालिका-११ स्थायी घर भई ललितपुरको झरुवारासी बस्दै आएका ३६ वर्षीय सुरेश तामाङ र कास्कीको मादी गाउँपालिका-१ स्थायी ठेगाना भएका २१ भुपाल विक रहेका छन् ।पक्राउ परेकाहरूको साथबाट एक सय, ५ सय र एक हजार दरका नक्कली नेपाली नोट तथा त्यो छाप्न प्रयोग गरिने मेसिन पनि बरामद भएको ललितपुर प्रहरीले जनाएको छ ।

    • प्रकाशित मितिः वैशाख १४, २०८०
    • 214 पटक पढिएको
  • एसीसी प्रिमियर कपमा कतारलाई हराउँदै नेपाल बन्यो समूह विजेता

    काठमाडौँ । एसीसी प्रिमियर कपमा नेपाल समूह ’ए’ को विजेता बनेको छ। बिहीबार कीर्तिपुरको त्रिवि क्रिकेट मैदानमा भएको खेलमा नेपालले कतारलाई ६८ रनले पराजित गर्दै समूह विजेता बनेको हो । योसँगै नेपाल समूह विजेतको रुपमा सेमिफाइनलमा प्रवेश गरेको छ।नेपालले ४ खेलबाट ७ अंक जोड्दै समूह विजेता बन्नेको हो। अब नेपालले समूह ’बी’ को उपविजेतासँग आगामी शनिबार सेमिफाइनलमा खेल्नेछ। बिहीबार टस हारेर पहिले ब्याटिङ गरेको नेपालले कतारलाई १५८ रनको चुनौती दिएको थियो। उक्त रनको चुनौती लक्ष्य पछ्याएको कतार २५.१ ओभरमा ८९ रनमा अलआउट भयो।नेपालको जितमा सन्दीप लामिछानेले पाँच विकेट लिएका थिए भने सर्वाधिक नटआउट ४२

    • प्रकाशित मितिः वैशाख १४, २०८०
    • 142 पटक पढिएको
  • सुनसरिमा अबैध कपडा सहित चार मोटरसाइकल नियन्त्रणमा, चालक सशस्त्रले भेटेन

    कोशि । सुनसरी जिल्लाको हरिनगर गाउँपालिका ५ बाट बुधबार सशस्त्र प्रहरीले करीव ६ लाख ७९ हजार रुपैयाँ बराबरको लत्ताकपडा सहित ४ वटा मोटरसाइकल  विशेष सुचनाको आधारमा नियन्त्रण  गरेको छ ।को १२ प ९०४, को ६ प ७७२१, प्रदेश १-०२-०४५ प ५२ र को १५ प ९१५५ नम्बरको मोटरसाइकलमा अबैध रुपले भारतबाट नेपालतर्फ ल्याउँदै गरेको उल्लेखित मुल्य बराबरको लत्ताकपडा सशस्त्र प्रहरी बल सीमा सुरक्षा गुल्म कप्तानगंजले नियन्त्रणमा लिएको हो । अचम्मको कुरा चारवटा मोटरसाइकल नियन्त्रणमा लिदा मोटरसाइकल चालक एक जना नि पक्राउ नपर्नु सशस्त्र प्रहरिमा प्रश्न चिन्ह उब्जिएको छ । नियन्त्रणमा लिईएको लत्ताकपडा तथा मोटरसाईक

    • प्रकाशित मितिः वैशाख १४, २०८०
    • 689 पटक पढिएको
  • गण्डकी प्रदेशको मुख्यमन्त्रीमा सुरेन्द्रराज पाण्डे नियुक्त

    काठमाण्डौ  ।  गण्डकी प्रदेशको मुख्यमन्त्रीमा कांग्रेस संसदीय दलका नेता सुरेन्द्रराज पाण्डे नियुक्त भएका छन्।प्रदेश प्रमुख पृथ्वीमान गुरुङले संविधानको धारा १६८ को उपधारा २ बमोजिम २ वा २ भन्दा बढी दलको समर्थनमा बहुमत जुटाएका प्रदेश सभा सदस्यका हैसियतमा पाण्डेलाई मुख्यमन्त्री नियुक्त गरेका हुन्। पाण्डे मुख्यमन्त्री नियुक्त भएसँगै साइत हेरेर भोलिमात्र सपथ लिने बताएका छन्। कांग्रेसका २७, माओवादीका ७ र मनाङबाट स्वतन्त्र सर्वसम्मत चुनाव जितेर एकीकृत समाजवादी प्रवेश गरेका भनिएका राजीव गुरुङको हस्ताक्षरसहित सुरेन्द्रलाई मुख्यमन्त्री नियुक्त गर्न दाबी गरेका थिए। केन्द्रमा सत्ता समीकर

    • प्रकाशित मितिः वैशाख १४, २०८०
    • 156 पटक पढिएको
  • हर्क साम्पाङलाई पल शाहले दिए कृषि सामाग्री

    काठमाडौं । पछिल्लो समय महोत्सवमा व्यस्त अभिनेता पल शाहले बिहीबार धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङलाई भेटेर गैँती-बेल्चा प्रदान गरेका छन् ।शाहले सामाजिक सञ्जालमा स्टाटससहित तस्बिरहरू सेयर गर्दै मेयर साम्पाङसँग भेट्न पाउँदा खुसी लागेको बताएका छन् ।उनले फेसबुकमा लेख्दै छन धरानवासीलाई पानी खुवाउन रात दिन खटिने हर्क साम्पाङ्गज्यूसँग सामाजिक कार्यको हिस्सा हुन पाउँदा खुशी छु ।तस्बिरमा शाह र मेयर साम्पाङसँगै हाल प्रदर्शनमा रहेको चलचित्र जारीकी कलाकार रेखा लिम्बूलाई पनि उपस्थित थिइन ।

    • प्रकाशित मितिः वैशाख १४, २०८०
    • 189 पटक पढिएको
  • विराटनगरमा आफ्नै शरीरमा पेट्रोल छर्केर आगो लगाउदा एक पुरूष गम्भीर घाइते

    विराटनगर । विराटनगरमा बिहीबार बिहान एक पुरुषले पेट्रोल छर्किएर आफ्नै शरीरमा आगो लगाएका छन् । मोरङको लेटाङ नगरपालिका–७ घर भएका ६५ वर्षीय गोविन्दप्रसाद नेपालले बिहान १०:४० बजेतिर पेट्रोल छर्किएर शरीरमा आगो लगाएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी रन्जनकुमार दाहालले बताए ।आगोले मानिस जलिरहेको देखेपछि स्थानीयले घटनाका बारेमा प्रहरीलाई जानकारी दिएका हुन् । स्थानीयले पानी हालेर शरीरको आगो निभइदिएको प्रहरीले जनाएको छ । साथमा बोकेको झोलामा फेला परेको नागरिकताका आधारमा पहिचान खुलेको हो। झोलामा नागरिकतासहित अन्य कागजात पनि भेटिएको प्रहरीले जनाएको छ ।शरीरमा लागेको आगो निभाएर स्थानीयले उद्धार गर्दै नेपाल

    • प्रकाशित मितिः वैशाख १४, २०८०
    • 278 पटक पढिएको
  • नेपालमा उत्पादित सवारीसाधन दर्ताका लागि बाटो खुल्यो

    काठमाडौँ । यातायात व्यवस्था विभागले नेपालमा उत्पादन भएका सवारीसाधन दर्ता गर्ने व्यवस्था गरेको छ । यातायात व्यवस्थापन कार्यविधि, निर्देशिका २०६० संशोधन गर्दै विभागले दर्ता व्यवस्था गरेको हो ।नेपालमा जडान वा नेपालमै उत्पादन हुने सवारी साधनको नयाँ दर्ता, सरुवा दर्ता, हेरफेर दर्ता, लिलाम दर्ता, पुनःदर्ता र नामसारीलगायत प्रयोजनका लागि त्यस्तो सवारी साधनको भन्सार प्रज्ञापन पत्र आवश्यक नपर्ने व्यवस्था गरिएकोे हो ।नेपालमा उत्पादित विद्युतीय मोटरसाइकल यात्रीको दर्ता र सञ्चालनमा समस्या देखिएपछि प्रधानमन्त्री पुष्पकमल दाहालले सवारी साधन दर्ताका लागि व्यवस्था मिलाउन निर्देशन दिएका थिए ।त्यस्तै न

    • प्रकाशित मितिः वैशाख १४, २०८०
    • 191 पटक पढिएको
  • निरा पाण्डे हत्याको हत्यारा छिटो पत्ता लगाउन माग गर्दै प्रदर्शन

    काठमाडौँ । बाग्लुङ बडिगाड गाउँपालिकाकी निरा पाण्डे आचार्यको हत्या रहस्यमय बन्दै गएको छ।कपनस्थित सरस्वती नगरको व्यस्त सडकमा आफैँले सञ्चालन गरेको ‘निरु किचेन’ पसलभित्रै ३५ वर्षीया आचार्यको ८ वैशाखमा चक्कु प्रहारबाट बीभत्स हत्या भएको थियो ।आचार्यको बीभत्स हत्या भएको एक साता बढी बितिसक्दा पनि प्रहरीले हत्याराबारे अझैसम्म कुनै क्लु समेत फेला पार्न सकेको छैन ।निराका आफन्तले भने हत्यारा छिटो पत्ता लगाउन प्रहरीलाई दबाब दिन थालेका छन् । निराका आफन्तले निराको हत्या भएको पसलअगाडि नै धर्नासमेत दिन थालेका छन् ।दबाब स्वरूप आज सरस्वती नगर, कपन हत्या भएको पसल अगाडि बाटो बन्द गरेर स्थानीय र आफन्तले प्रदर्शन गर

    • प्रकाशित मितिः वैशाख १४, २०८०
    • 280 पटक पढिएको
  • बालाजुस्थित कोतःधुक पेट्रोल पम्प सिल

    काठमाडौं । काठमाडौं महानगरपालिकाले बालाजुस्थित कोतःधुक पेट्रोल पम्प सिल गरेको छ । सोह्रखुट्टेबाट बालाजु चोकतर्फ जाँदा विष्णुमती खोलाको पुल नजिकै रहेको उक्त पेट्रोल पम्पलाई महानगरले बिहीबार सिल गगरेको हो ।महानगर प्रहरी प्रमुख राजु पाण्डेले मापदण्ड विपरीत सञ्चालनमा आएकोले पम्प सिल गरिएको जानकारी दिए । उक्त पेट्रोलपम्प साढे ४ तले घरको भुइँतल्लामा सञ्चालनमा थियो ।नेपाल आयल निगमको बिक्रेता विनियमावली २०६५ काअनुसार नगरपालिका भित्र पम्प सञ्चालनका लागि कम्तिमा एक रोपनी आठ आना वा दुई कठ्ठा जमिन आवश्यक हुन्छ ।आगलागी हुन सक्ने जोखिमलाई ध्यान राख्दै एक हजार लिटरको पानी ट्यांकी, १० किलो क्षम

    • प्रकाशित मितिः वैशाख १४, २०८०
    • 195 पटक पढिएको
  • चट्याङ लागेर बालक मृत्यु, दुई घाइते

    ताप्लेजुङ  । ताप्लेजुङमा चट्याङ लागेर एक बालकको मृत्यु भएको छ भने दुई घाइते भएका छन् । गए राति अनिसा पानीसँगै परेको चट्याङ लागेर मैवाखोला गाउँपालिका–४ साँघु चित्रेका ११ वर्षीय दोर्ची शेर्पाको मृत्यु भएको हो ।चट्याङ लागेर दोर्चीका बुबा दारिञ्जी र आमा मिङ्लाल्हमु सख्त घाइते भएका छन् । घाइते दुवै जनाको जिल्ला अस्पतालको उपचार भइरहेको मैवाखोला गाउँपालिकाका अध्यक्ष विजय प्रकाश वनेमले जानकारी दिए ।

    • प्रकाशित मितिः वैशाख १४, २०८०
    • 190 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.