समाचार

    Showing 19,421-19,430 of 25,966 items.
  • सुदूरपश्चिम प्रदेशमा आज शोक बिदा

    झापा  / सुदूरपश्चिममा आज (बुधबार) शोक बिदा दिइएको छ । मन्त्रिपरिषद्‌को मङ्गलबारको बैठकले बुधबार प्रदेशभरि शोक बिदा दिने निर्णय गरेको हो । प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुनमन्त्री पृथ्वीबहादुर सिंहको मंगलबार सवारी दुर्घटनामा परि निधन भएकाले प्रदेश सरकारले बुधबारका लागि शोक बिदा दिने निर्णय गरेको हो । डडेलधुराबाट गृह जिल्ला बझाङ जाँदै गरेको मन्त्री सिंह सहित ५ जना सवार सुदूरपश्चिम प्रदेश ००१ झ ४८० नम्बरको गाडी मंगलबार बझाङको केदारस्यूँ गाउँपालिका–१ जुवालीखेतमा दुर्घटना भएको थियो । दुर्घटनामा सिंहकी पत्नी अमृतादेवी सिंह र भाउजू जयादेवी सिंहको प्राथमिक उपचारका क्रममा बझाङको दे

    • प्रकाशित मितिः असार ६, २०८०
    • 108 पटक पढिएको
  • कानुनमन्त्री सवार गाडी दुर्घटना : २ जनाको मृत्यु, ३ जनालाई उपचारका लागि नेपालगञ्ज लगियो

    झापा  / सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री पृथ्वीबहादुर सिंह सवार गाडी दुर्घटना भएकोमा २ जनाको मृत्यु भएको छ । घाइते भएका सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री सिंहसहित ३ जनालाई हेलिकप्टरबाट नेपालगञ्ज लगिएको छ ।बझाङको केदारस्युँ गाउँपालिकामा भएको जीप दुर्घटनामा सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री पृथ्वीबहादुर सिंहकी श्रीमती अमृतादेवी सिंह र भाउजु जयादेवी सिंहको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बझाङका सूचना अधिकारी प्रहरी निरीक्षक दिवेश चौधरीले जानकारी दिए ।‘दुई जनाको निधन भएको र शव ऋतु पोलिक्लिनिक देउडामा रहेको जानकारी आएको छ,’ चौधरीले भ

    • प्रकाशित मितिः असार ५, २०८०
    • 181 पटक पढिएको
  • कानुन मन्त्री सिंह सवार गाडी बझाङमा दुर्घटना

    झापा / सुदूरपश्चिम प्रदेशका कानुन मन्त्री पृथ्वीबहादुर सिंह सवार गाडी बझाङमा दुर्घटना भएको छ । दुर्घटनामा ५ जना घाइते भएका प्रहरीले जनाएको छ । डडेल्धुराबाट चैनपुरतर्फ गइरहेको गाडी केदारस्युँ गाउँपालिका १ मा दुर्घटना भएको बझाङका प्रमुख प्रहरी नायब उपरीक्षक जागेश्वर भण्डारीले जानकारी दिए ।उनीहरूको उद्धार गरेर उपचारका लागि केदारस्युँ गाउँपालिका- १ देउरास्थित ऋृतु पोलिक्लिनिकमा लगिएको छ । उनीहरूलाई थप उपचारका लागि हेलिकप्टरमार्फत काठमाडौँ लैजाने तयारी रहेको बझाङकी सहायक प्रमुख जिल्ला अधिकारी सत्यकुमारी जोशीले जानकारी दिइन् ।

    • प्रकाशित मितिः असार ५, २०८०
    • 176 पटक पढिएको
  • शल्यक्रिया पछि राष्ट्रपति पौडेलको छातीमा राखियो पेसमेकर

    काठमाडौँ / मंगलबार मनमोहन कार्डियोथेरासिक भास्कुलर एन्ड ट्रान्सप्लान्ट सेन्टरमा राष्ट्रपति पौडेलको छातीको शल्यक्रिया गरी पेसमेकर राखिएको छ । पौडेलको मुटुको धड्कन अस्थिर भएपछि गत शनिबार अस्पतालमा भर्ना गरिएको थियो । पेसमेकरले मुटुको चाललाई स्थिर बनाउन सहयोग गर्छ ।

    • प्रकाशित मितिः असार ५, २०८०
    • 202 पटक पढिएको
  • बाढीपहिरो अपडेट : आजसम्म १० जनाको मृत्यु, २६ बेपत्ता

    काठमाडौं / वर्षा, बाढी र पहिरोका कारण असार महिना यता  आजसम्म नेपालका बिभिन्न भागमा गरि १० जनाको मृत्यु भएको छ । उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले मंगलबार प्रतिनिधि सभा बैठकमा असार २ गते रातिदेखिको अविरल वर्षा, बाढी र पहिरोका कारण १० जनाको मृत्यु भएको जानकारी गराएका हुन् । विपदका घटनामा ६ जना घाइते, २६ जना बेपत्ता र ५४ घर पूर्ण रुपमा क्षति भएको पनि उनले जानकारी दिए । असार २ गते रातिदेखिको अविरल वर्षाका कारण सङ्खुवासभा, ताप्लेजुङ र पाँचथर जिल्लामा बढी  क्षति भएको छ ।गृहमन्त्री श्रेष्ठले विपद् पीडित उद्धार तथा राहत सम्बन्धी मापदण्ड २०७७ अनुसार मृतकको परिवारलाई राहत दिन

    • प्रकाशित मितिः असार ५, २०८०
    • 224 पटक पढिएको
  • ताप्लेजुङ र पाँचथर जोड्ने हेवा खोलामा बेलिब्रिजको निर्माण कार्य सुरु

    झापा  / असार ३ गतेको बाढीले मेची राजमार्गको ताप्लेजुङ र पाँचथर जोड्ने हेवा खोलाको पुल बगाएको थियो । पुल बगाएको दोस्रो दिन ४ असारदेखि नै पुर्ननिर्माण थालिएको छ । मन्त्री प्रकाश ज्वालाले हेवा खोलामा तत्काल बेलिब्रिज निर्माण गर्न आयोजना प्रमुख लगायत मातहतका निकायलाई निर्देशन दिएका थिए ।  सोमबार प्रधानमन्त्रीसहित मन्त्री ज्वाला बाढी पहिरो प्रभावित क्षेत्रमा पुगेका थिए । प्रभावित क्षेत्रमै पुगेर मन्त्री ज्वालाले क्षति भएका संरचनाको तत्काल पुर्ननिर्माण थाल्न निर्देशन दिएका थिए । सोमबारदेखि नै काम शुरु भएको आयोजना प्रमुख विदुर पोखरेलले बताए । ‘बेलिब्रिज निर्माणका सामग्रीहरु निर्मा

    • प्रकाशित मितिः असार ५, २०८०
    • 308 पटक पढिएको
  • पहिरोको उच्च जोखिममा पाँचथर जिल्ला

    झापा / पाँचथरको तीन वटा पालिकाका सामुदायिक विद्यालयमा आज (मङ्गलवार) र भोलि (बुधवार) बिदा दिइएको छ । फिदिम नगरपालिका, फालेलुङ गाउँपालिका र हिलिहाङ गाउँपालिकाका सामुदायिक विद्यालयमा दुई दिन बिदा दिइएको हो ।निरन्तरको वर्षाका कारण यी पालिकामा बाढी तथा पहिरोको जोखिम रहेको र विद्यार्थीहरू विद्यालयसम्म पुग्न कठिनाइ भएकोले दुई दिन विद्यालय बन्द गरिएको फिदिम नगरपालिका शिक्षा शाखा अधिकृत निर्मला दाहालले जानकारी दिइन् ।गएको शनिवार रातिदेखिको निरन्तर वर्षाले यी तीन पालिकामा बाढी तथा पहिरोको जोखिम बढेको हो । बर्खे बिदाबाट कटान हुने गरी दुई दिन विद्यालयमा बिदा दिइएको अधिकृत दाहालले बताए ।पहिरोका क

    • प्रकाशित मितिः असार ५, २०८०
    • 248 पटक पढिएको
  • ताप्लेजुङमा पहिरोमा परि शनिबारदेखि बेपत्ता भएका तीनजना अझै भेटिएनन्

    बिर्तामोड / गत शनिबार राति ताप्लेजुङ सिदिङ्वा गाउँपालिका- ६ मेहेलेमा गएको पहिरोमा परी बेपत्ता भएकाको खोजीकार्य जारी छ । अहिले स्थानीय र नेपाल प्रहरीले खोजीकार्य जारी राखेका छन् । सिदिङ्वा गाउँपालिका–६ मेहेले मुकुभञ्ज्याङमा शनिबार राति पहिराले एकै घरको तीन गरी चार जनाको बगाएको थियो । चार जनामध्ये आइतबार बिहान एक जनाको शव भेट्टिएको थियो भने एकै घरका परिवारको तीन जना अझै बेपत्ता रहेको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रहरी प्रवक्ता कुशुराम कार्कीले बताए । जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक राजन लिम्बूका अनुसार मेहेलेमा भालुखोपका ६३ वर्षीया भगीमाया बुढाक्

    • प्रकाशित मितिः असार ५, २०८०
    • 228 पटक पढिएको
  • बाढी र पहिरोमा परी मृत्यु भएकाको परिवारलाई एक लाख रुपैयाँ दिने कोशी प्रदेशको निर्णय

    बिर्तामोड / कोशी प्रदेश सरकारले बाढी र पहिरोमा परी मृत्यु भएकाको परिवारलाई एक लाख रुपैयाँका दरले राहत दिने निर्णय गरेको छ ।विराटनगर स्थित मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सोमबार बसेको मन्त्रिपरिषद् बैठकले मृतकको परिवारलाई एक लाख रुपैयाँका दरले राहत दिने निर्णय गरेको हो । यस्तै प्रदेश सरकारले नामकरणको विपक्षमा आन्दोलनरत पक्षसँग वार्ता गर्न गठित समितिको प्रशासनिक र व्यवस्थापकीय खर्च उपलब्ध गराउने निर्णय पनि गरेको छ । यस्तै बाढी पहिरोमा घाइते भएकाको उपचारका लागि प्रतिव्यक्ति ५० हजार रुपैयाँ उपचार खर्च दिने पनि प्रदेश सरकारले निर्णय गरेको मुख्यमन्त्रीका प्रेस सल्लाहकार महेन्द्र विष्टले

    • प्रकाशित मितिः असार ५, २०८०
    • 190 पटक पढिएको
  • पहिरोमा पुरिएर झापाका भुजेल सहित दुई जनाको मृत्यु , एक घाइते

    झापा / तनहुँको म्याग्दे गाउँपालिका- १ गुणादीमा सोमबार साँझ पहिराले पुरिएर घाइते भएका दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा झापाको शिवशताक्षी नगरपालिका- ७ बस्ने ३३ वर्षीय भीम भुजेल र उदयपुरको कटारी नगरपालिका- ७ बस्ने ४० वर्षीय बलबहादुर राई रहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।घाइतेमध्ये भीमको दमौली अस्पतालमा र बलबहादुरको पोखरामा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक मोहनबहादुर खाँणले जानकारी दिए । गम्भीर घाइते भई पोखरा पठाइएका बलबहादुरको राति मृत्यु भएको उनले बताए ।ढिस्काले पुरिएर घाइते झापाको शिवशताक्षी -७ बस्ने ४५ वर्षीय कृष्ण लिङ्देनक

    • प्रकाशित मितिः असार ५, २०८०
    • 263 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.