झापा / पाँचथर तुम्बेवा गाउपालिका -२ मेवागाँउ स्थित अन्न पिस्ने मिलबाट करेन्ट लाग्दा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा मिल सञ्चालक सोही स्थान बस्ने ३८ वर्षीय जीवन मगर रहेका छन् । हिजो दिउसो २ बजे चलिरहेको मिलमा अचानक विद्युत सर्ट भई करेन्ट लाग्दा गम्भिर घाईते भएका जीवनको हिजो बेलुका पौने ९ बजे घोपा धरानमा उपचारको क्रममा मृत्यु भएको छ । भने उनलाई करेन्ट लागेको देखेर उद्धार गर्ने क्रममा सोही स्थानका ३५ वर्षीय पूर्ण बहादुर मगर समेत सामान्य घाईते भएकाले सोही अस्पतालमा उपचार भइरहेको छ । घटना सम्बन्धमा जिल्ला प्रहरी कार्यालय पाँचथरबाट थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
काठमाडौँ / आज देशभरको मौसममा आंशिकदेखि सामान्य बदली रही प्रदेश १, बागमती र लुम्बिनी प्रदेशका केही तथा बाँकी प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्याङ्ग सहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थान भन्दा केही दक्षिण तिर अवस्थित रहेको छ भने पूर्वमा सरदर स्थानको आसपासमा रहेको छ ।मंगलबार दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहनेछ । देशका केही स्थानहरूमा मेघ गर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश १ का एक वा दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले पूर्वान
काठमाडौं / लोकगायिका दिलमाया सुनारको हत्या आरोपमा पक्राउ परेका सूर्य भन्ने खिलबहादुर श्रेष्ठलाई पुर्पक्षका लागि जेल चलान गरिएको छ । आइतबार जिल्ला अदालत काठमाडौँले थुनामा राख्न आदेश दिएपछि श्रेष्ठलाई पुर्पक्षका लागि जेल चलान गरिएको हो ।सिन्धुपाल्चोक घर भएका ३८ वर्षीय श्रेष्ठलाई प्रहरीले पक्राउ गरी अनुसन्धान सुरु गरेको थियो । जिल्ला अदालत काठमाडौंको आदेशमा श्रेष्ठलाई पुर्पक्षका लागि केन्द्रीय कारागार पठाइएको छ ।जिल्ला प्रहरी परिसर टेकुका प्रवक्ता दिनेशराज मैनालीका अनुसार असार ११ गते बिहान दिलमाया सुनार नेपालटारस्थित डेरामा मृत अवस्थामा फेला परेकी थिइन् ।श्रेष्ठले दिएको बयानका अनुसार त्यस राति श्
बिर्तामोड / झापाको मेचीनगर नगरपालिका- ६ स्थित पुरानो मेचीपुलबाट लागूऔषध ब्राउनसुगर सहित १ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा इलाम सन्दकपुर गाउँपालिका- २ बस्ने २७ वर्षीय रविन गुरुङ रहेका छन् ।सोमबार आज दिउँसो १ बजे इलाका प्रहरी कार्यालय काँकडभिट्टा र लागूऔषध नियन्त्रण ब्युरो काँकडभिट्टाबाट खटिएको संयुक्त प्रहरी टोलीले शंका लागी चेक जाँच गर्ने क्रममा गुरुङको साथबाट लागूऔषध ३ ग्राम ब्राउनसुगर बरामद गरी नियन्त्रणमा लिइएको हो ।ब्राउनसुगर सहित पक्राउ परेका गुरुङको सम्बन्धमा इलाका प्रहरी कार्यालय काँकडभिट्टाबाट थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
काठमाडौँ / नेपाल उद्योग वाणिज्य महासङ्घका पूर्व अध्यक्ष समेत रहेका सुरज वैद्यको तिनकुनेस्थित घरमा प्रहरीले छापा मारेको छ ।उद्योगी सुरज वैद्यको घर भाडामा लिएर चिनियां नागरिकहरूले सञ्चालन गरको स्काइ वल्र्ड कल सेन्टरमा प्रहरीले छापा मारेको हो । जिल्ला प्रहरी परिसर काठमाण्डुको टोलीले अवैध कारोबार भइरहेको भन्ने सूचनाको आधारमा छापा मारेको एसएसपी भरत बोहोराले जानकारी दिए ।उक्त कल सेन्टरमा प्रहरीले छापा मारेपछि एकछिन भागाभाग समेत भएको थियो । त्यहां ५ हजार युवा युवतीहरू कार्यरत रहेको आशंका छ ।प्रहरीले काठमाण्डुस्थित चिनियां दूतावासको सहयोगमा २०७६ पुस ७ मा काठमाडौंको महाराजगञ्ज र ज्ञानेश्
काठमाडौं / १८ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा प्रहरीले एकजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा कञ्चनपुर पुनर्वास नगरपालिका- ८ घर भएका २४ वर्षीय राकेश बिक रहेका छन् । राकेशले ती किशोरीलाई काठमाडौं महानगरपालिका- २६ नयाँ बसपार्क मित्रनगरस्थित गेस्ट हाउसमा बलात्कार गरेको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी प्रभाग गोङ्गबुबाट खटिएको प्रहरीले उनलाई आइतबार साँझ पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
काठमाडौं / काठमाडौंको तिनकुनेस्थित एक कल सेन्टरमा पनि प्रहरीले छापा मारेको छ । सोमबार तिनकुनेस्थित एक कल सेन्टरमा छापा मारेको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रहरी वरिष्ठ उपरीक्षक भरत बोहराले जानकारी दिए ।आइतबार मात्रै बुटवलस्थित एक कल सेन्टरमा छापा मारेर १५० भन्दा बढी प्रहरीले नियन्त्रण लिएको थियो । कल सेन्टरबाट अवैध ठगी धन्दा गरेको भन्दै प्रहरीले छापा मारेको हो ।प्रहरीले तीनकुनेस्थित कल सेन्टरमा छापा मारेपनि कति जना पक्राउ परे भन्ने खुलाइएको छ । अहिले छापा मार्ने काम भइरहेको हुँदा सबै विवरण नआएको प्रहरीले जनाएको छ । प्रहरीले छापा मारेको उक्त कल सेन्टर चिनियाँले चलाएको प्रहरीको जना
बिर्तामोड / झापामा आर्थिक वर्ष २०७८/७९ मा एक हजार ९८८ उद्योग दर्ता भएका छन् । घरेलु तथा साना उद्योग कार्यालयका प्रमुख प्रेमप्रसाद सापकोटाका अनुसार वार्षिक उत्पादन क्षमता पाँच अर्ब १० करोड ५२ लाख ७७ हजार रुपैयाँका एक हजार ९८८ उद्योग दर्ता भएका हुन् । दर्ता भएका उद्योगमध्ये सबैभन्दा बढी कृषि तथा वनजन्य एक हजार १९२ रहेका छन् भने सबैभन्दा कम उत्पादनमूलक २६२ रहेका छन् । त्यस्तै सेवामूलक ५३२ उद्योग दर्ता भएका छन् । दर्ता भएका उद्योगमध्ये व्यक्तिगत एक हजार ८८५, साझेदारी ५८ र प्रालि ४५ रहेका कार्यालयको तथ्याङ्कमा उल्लेख छ । दर्ता भएका ती उद्योगको स्थायी पुँजी रु एक अर्ब ४४ करोड ७९
झापा / पर्सामा चार वर्षीया बालिकालाई बलात्कार पछि हत्या गरेको आरोपमा ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा वीरगन्ज महानगरपालिका- २ बस्ने १९ वर्षीय जफ्रुदीन भन्ने सलमान खान, सोही महानगरपालिका- १६ बस्ने १८ वर्षीय किशोर र १२ वर्षीय बालक रहेका छन् । बिहीबार साँझदेखि बालिका हराएको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरीले खोजी गर्ने क्रममा वीरगन्ज महानगरपालिका- २ छप्कैयास्थित खाली जग्गाको झाडीमा ती बालिकाको शव फेला पारेको थियो । घटनाको थप अनुसन्धानको क्रममा घटनामा संलग्न १२ वर्षीय बालकलाई पक्राउ गरी थप सोधपुछको क्रममा निज बालक र अन्य ३ ज
बिर्तामोड / प्रहरीले झापाको शिवसताक्षी नगरपालिका -१० स्थित गैँडे सामुदायिक बनबाट तस्करी गरि लैजाँदै गरेको ४० क्यु फिट सखुवा जातको काठ र मारुती भ्यान नियन्त्रणमा लिएको छ । काठ तस्कर हुँदै गरेको सूचना आधारमा अस्थाई प्रहरी चौकी माइधार र गैँडे सामुदायिक बनका कर्मचारीको संयुक्त टोलीले आज बिहान काठ सहित मे १ च ११६४ नं को मारुती भ्यान नियन्त्रणमा लिएको हुन् । प्रहरीका अनुसार लोड गरी लाँदै गरेको अवस्थामा कन्काई नगरपालिका -४ मा बरामद गरिएको हो । बरामद भएको काठ र मारुती भ्यानलाई आवश्यक कारबाहीको लागी गैँडे सामुदायिक बनमा बुझाइएको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी नायब उपरीक्षक बसन्त प
Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.