समाचार

    Showing 19,261-19,270 of 25,966 items.
  • बहुमतले पारित भयो बजेट

    काठमाडौं / संघीय संसद्को दुवै सदनबाट बजेट पारित भएको छ । बिहीबारको राष्ट्रियसभा बैठकले प्रतिनिधिसभाबाट सन्देश सहित प्राप्त विनियोजन विधेयक, २०८० बहुमतले पारित गरेको हो ।बिहीबारको बैठकमा विनियोजन विधेयक, २०८० अन्तर्गत विभिन्न शीर्षक माथिको छलफलमा उठेका प्रश्नका सम्बन्धित मन्त्रीले जवाफ दिएका थिए । प्रतिनिधिसभाबाट असार १३ गते बजेट पारित भएको थियो ।

    • प्रकाशित मितिः असार २८, २०८०
    • 130 पटक पढिएको
  • सवारी दुर्घटनामा परि बुद्धशान्तिका उपेन्द्रको मृत्यु

    बिर्तामोड / झापाको कनकाई नगरपालिका- १ स्थित कमलपुलमा मोटरसाइकल र अटो एकापसमा ठोकिएर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा बुद्धशान्ति गाउँपालिका -३ का ४० वर्षीय उपेन्द्र सिग्देल रहेका छन् । आज बिहान पूर्वबाट पश्चिम तर्फ जादै गरेको १-०१-००२ ह २६७ नम्बरको अटो र पश्चिमबाट पूर्वतर्फ आँउदै गरेको मे ७ प ८५९४ नम्बरको मोटरसाइकल एक आपसमा ठोकिँदा मोटरसाइकलमा सवार सिग्देलको मृत्यु भएको हो ।टाउकोमा चोट लागी गम्भिर घाइते भएका सिग्देलको उपचारको क्रममा लाइफ लाइन अस्पताल दमकमा मृत्यु भएको प्रहरीले जनाएको छ ।  दुर्घटनामा परि घाइते भएका मोटरसाइकल चालक ५७ वर्षीय जीवन सुबेदीको अवस्थ

    • प्रकाशित मितिः असार २८, २०८०
    • 368 पटक पढिएको
  • अन्तरजातीय प्रेमकथामा आधारित भएर ‘श्रद्धा-सुमन’ बन्ने

    काठमाडौँ / अन्तरजातीय प्रेमकथामा आधारित भएर फिल्म ‘श्रद्धा-सुमन’ निर्माण हुने भएको छ । के डी प्रशितको लेखन तथा निर्देशनमा बन्न लागेको फिल्मको बिहीबारबाट पर्यटकीय नगरी बन्दिपुरमा वर्कशप सुरु गरिएको छ । के डी फिल्म्स प्रालिको पहिलो प्रस्तुति रहेको फिल्मलाई अमर सिंह खातीले निर्माण गर्दैछन् । फिल्मको प्रस्तुतकर्तामा सोनिया नेपाली र सुप्रिया सिंह खाती रहेका छन् ।फिल्ममा अधिकांश नयाँ कलाकारको अभिनय रहनेछ । फिल्ममा दीपक अधिकारी र आकांक्षा तामाङ शीर्ष भूमिकामा देखिँदैछन् । एक ब्राह्मण समुदायको युवक र एक तामाङ समुदायकी युवतीबीचको प्रेमकथामा आधारित भएर फिल्म बन्ने निर्देशक प्रशितले जानकारी दिए । यस फिल्

    • प्रकाशित मितिः असार २८, २०८०
    • 153 पटक पढिएको
  • प्रधानमन्त्री प्रचण्डका सबै औपचारिक कार्यक्रम तीन दिनका लागी स्थगित

    काठमाडौं / पत्नी शोकमा परेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको औपचारिक कार्यक्रम तीन दिन स्थगित गरिएको छ । बुधबार पत्नी सीताको निधन भएपछि शोकमा परेका प्रधानमन्त्री प्रचण्डले ३० असारसम्म कुनैपनि औपचारिक गतिविधिमा सहभागी हुने छैनन् । तीन दिनलाई सबै औपचारिक कार्यक्रम स्थगित गरिएको छ’ प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द आचार्यले जानकारी दिए ।

    • प्रकाशित मितिः असार २८, २०८०
    • 164 पटक पढिएको
  • झापा र मोरङको छुट्टा छुट्टै स्थानबाट लागूऔषध सहित ४ जना पक्राउ

    बिर्तामोड /  झापा र मोरङको छुट्टा छुट्टै स्थानबाट प्रतिबन्धित लागूऔषध ब्राउन सुगर सहित चार जनालाई प्रहरीले पक्राउ गरेको छ । हिजो झापाको दमक नगरपालिका- ९ स्थितमा इलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरी टोलीले चेकजाँचको क्रममा मेचीनगर नगरपालिका -७ की ४२ वर्षीया रूपा प्रधान ८ ग्राम  ब्राउनसुगर सहित नियन्त्रणमा लिइएको हो ।यसै गरी कोशी प्रदेश प्रहरी कार्यालय विराटनगर र इलाका प्रहरी कार्यालय बेलबारीबाट खटिएको प्रहरी टोलीले सुन्दरहरैंचा नगरपालिका-१० का २६ वर्षीय सुमन कोइराला र बेलबारी नगरपालिका- ३ की २५ वर्षीया ज्योति तामाङलाई १ ग्राम ७० मिलिग्राम लागूऔषध ब्राउन सुगर  सहित पक्राउ गर

    • प्रकाशित मितिः असार २८, २०८०
    • 197 पटक पढिएको
  • बिजुलीको पोलमा चढी काम गर्ने क्रममा करेन्ट लागेर एक जनाको मृत्यु

    झापा / उदयपुरको त्रियुगा नगरपालिका- ४ स्थितमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा ४० वर्षीय युवराज राई रहेका छन् ।  हिजो दिउँसो त्रियुगा नगरपालिकाको सडक लाइन बत्तीमा कार्यरत राई बिजुलीको पोलमा चढी काम गर्ने क्रममा अचानक करेन्ट लागि घाईते भएका थिए । घाइते राईलाई तत्काल उपचारको लागि जिल्ला अस्पताल उदयपुर लगिएकोमा उनको उपचारको क्रममा मृत्यु भएको हो । घटना सम्बन्धमा जिल्ला प्रहरी कार्यालय उदयपुरबाट थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । 

    • प्रकाशित मितिः असार २८, २०८०
    • 167 पटक पढिएको
  • रकम ठगी गरेको अभियोगमा बिर्तामोडका प्रविण भट्ट सहित ७ पक्राउ

    बिर्तामोड / सामाजिक सञ्जालको दुरुपयोग गरी रकम ठगी गरेको अभियोगमा प्रहरीले ७ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा झापा बिर्तामोड नगरपालिका- ५ ईन्द्रटोल बस्ने भारत उत्तराखण्ड पौडी गढवाल भृगुखाल घर भएका २५ वर्षीय प्रविण भट्ट सहित ७ जना रहेका छन् । उदयपुर कटारी नगरपालिका- ४ बस्ने ३६ वर्षीया महिलालाई सामाजिक सञ्जाल फेसबुकको म्यासेन्जर तथा ह्वाट्सएप मार्फत कुराकानी हुँदै जाँदा तपाईँलाई सामान र अमेरिकी डलर ७० हजार पठाइदिएको छु भन्दै त्यसको ट्याक्स वापत १ लाख ३० हजार ६ सय २७ रुपैयाँ पठाउन लगाई ठगी गरेको खुल्न आएपछि उनीहरूलाई विभिन्न मिति र स्थानबाट प्रहरीले पक्राउ गरेको   हो । साथै उनीहरूल

    • प्रकाशित मितिः असार २८, २०८०
    • 190 पटक पढिएको
  • चट्याङ लागेर १५ वर्षीया बालिकाको मृत्यु

    झापा / चट्याङ लागेर गुल्मीमा १५ वर्षीया बालिकाको मृत्यु भएको छ । मृत्यु  मुसिकोट नगरपालिका–१ नेटा सिम्लेकी टीका बलाल रहेकी छिन् । जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक नवीनकिशोर प्रधानका अनुसार बुधबार साँझ आफ्नै घरमा बसिरहेको समयमा चट्याङ लाग्दा बलाल घाइते भएकी हुन् । उनको उपचारका क्रममा बागलुङको बुर्तिबाङ प्राथमिक केन्द्रमा मृत्यु भएको हो ।

    • प्रकाशित मितिः असार २८, २०८०
    • 181 पटक पढिएको
  • ५ हजार धरौटीमा छुटे राजु मास्टर, बल्छी ध्रुवे सहितका कलाकार

    काठमाडौं / अनलाइन सट्टेबाजी गराउने वेबसाइट वान एक्स बेटको प्रचार गरेको आरोपमा पक्राउ परेका कलाकार मरिचमान श्रेष्ठ (बल्छी धुर्वे), राजु पौडेल (राजु मास्टर) सहितका कलाकार ५ हजार रुपैयाँ धरौटी छुटेका छन् । जिल्ला अदालत, काठमाडौँले उनीहरुलाई धरौटीमा छाड्न आदेश दिएको हो ।प्रहरीको उपत्यका अपराध अनुसन्धान कार्यालय, बानेश्वरले सट्टेबाजी गराउने वेवसाइटको प्रचारमा संलग्न रहेको आरोपमा बल्छी ध्रुवे र राजु मास्टरसँगै जलन घर्तीमगर, अलिश राई गणेश देवकोटा, बेगम नेपाली, रोशन खतिवडा र सरोज घिमिरेलाई पनि पक्राउ गरेको थियो । उनीहरूलाई विज्ञापन नियमन गर्ने ऐन २०७६ को दफा ५ को उपदफा २ (ढ) र दफा २५ को उपदफा १ बमोजिम

    • प्रकाशित मितिः असार २८, २०८०
    • 139 पटक पढिएको
  • आजको मौसम : दिउँसो देशभर आंशिक देखि सामान्य बदली रहने

    काठमाडौँ / हाल देशमा मनसुनी वायुको प्रभाव रहेको छ । जसको प्रभावले कोशी, गण्डकी, कर्णाली तथा सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा हल्का देखि मध्यम वर्षा भइरहेको छ । आज दिउँसो देशभर आंशिक देखि सामान्य बदली रहनेछ । सबै प्रदेशका केही स्थानहरूमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।  कोशी प्रदेशको एक/दुई स्थानमा चट्याङ्ग सहित भारी वर्षाको समेत सम्भावना रहेको छ ।आज राति भने देशभर सामान्य देखि पूर्ण बदली रहनेछ । कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानहरूमा  तथा बाँकी प्रदेशका थोरै स्थानहरूमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । कोशी र  गण्डकी प्रदेशका एक/दुई स्थानमा चट्या

    • प्रकाशित मितिः असार २८, २०८०
    • 111 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.