झापा / दाङको तुलसीपुरमा ७३ वर्षीया वृद्धा महिलालाई बस भित्र सामूहिक बलात्कार गरेको आरोपमा दुई युवालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा तुलसीपुर उपमहानगरपालिका वडा नं १५ का ३० वर्षीय पुष्कर रोका र सल्यान जिल्लाको कुमाख गाउँपालिका – ७ का २० वर्षीय रेशम बिक रहेका छन् । प्रहरीले वृद्ध महिलामाथि बलात्कार गरी रहेकै अवस्थामा तुलसीपुर बसपार्कबाट नियन्त्रणमा लिएको जिल्ला प्रहरी प्रमुख वीरबहादुर वलीले बताए । प्यूठान स्वर्गद्वारी नगरपालिकाकी ७३ वर्षीया ती महिला राति अबेर मात्रै तुलसीपुर बसपार्क आइ पुगेकी थिइन् ।आरोपित दुई जनाले सहयोग गर्ने वाहानामा ललाइफकाइ तुलसीपुर – ५ स्थ
काठमाडौं / बुधबार साँझ राजश्व अनुसन्धान विभागको टोलीले सिनामंगलबाट १०० किलो भन्दा बढी सुन बरामद गरेसँगै सुन तस्करी प्रकरणमा चिनियाँ नागरिक त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट पक्राउ परेका छन् ।पक्राउ पर्नेमा चिनियाँ नागरिक लिङ चुवान र चितवनका अशोक लामा रहेको बताइएको छ । उनी नेपाल छोडेर जाने तयारीमा रहेका बेला त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ परेका हुन् । सुन तस्करी प्रकरणमा उनीहरूको संलग्नता रहेको राजश्व अनुसन्धान विभागको दाबी छ । यस अघि प्रहरीले ६ जनालाई पक्राउ गरिसकेको छ ।
काठमाडौँ / बुधबार साँझ राजश्व अनुसन्धान विभागले पक्राउ गरेको अवैध सुन नेपाल राष्ट्र बैंक मातहतको टक्सार महाशाखा लगिएको छ । महाशाखाका निर्देशक थानेश्वर आचार्यले विभागबाट सुन आइपुगेको र थप अनुसन्धान अघि बढेको जानकारी दिए ।उनले भने, ‘८ प्याकेट सुन आइसकेको छ । प्याकेट सहित जोख्दा कूल १५४ किलोग्राम भएको छ ।’ तर, यी प्याकेटमा कति परिणामको सुन छ भन्ने यकिन तथ्याङ्क आउन भने एक हप्तासम्म लाग्न सक्ने आचार्यले बताए ।‘अहिले ‘ब्रेक प्याड’ सहित १५४ किलोग्राम भएको छ । यसलाई गालेर (पगालेर) जोख्नुपर्छ,’ आचार्यले भने, ‘सम्बन्धित निकायबाट सुन जोख्न ग्रीन सिग्नल आइसकेको छैन ।’ सुन जोख्न अनुमति आएपछि ब्
झापा / रोल्पाको त्रिवेणी गाउँपालिकाले छोरी जन्मने बित्तिकै बैंक खातामा पाँच हजार जम्मा गरिदिने भएको छ । आर्थिक वर्ष २०८०/८१ को गाउँसभाले सो कार्यक्रम सञ्चालनका लागि नीति, कार्यक्रम र बजेट पारित गरेको छ । यही साउन १ गतेदेखि लागू हुने गरी सो कार्यक्रम ल्याइएको गाउँपालिकाका उपाध्यक्ष लेखमणि डाँगीले जानकारी दिए । यही साउन १ गतेपछि गाउँपालिकाभित्र जन्मने हरेक छोरीलाई उम्दा बनाउन उक्त कार्यक्रम ल्याइएको उनको भनाइ छ । बैंकमा खाता खोली जम्मा गरिने उक्त रकम २० वर्षसम्म झिक्न पाइने छैन । ‘छोरी जन्मिदा परिवारमा खुशियाली ल्याउन तथा छोरीमा लगानी बढाउन यस्तो कार्यक्रम अघि सारेका हौँ,’ उपाध्यक्ष डाँगीले भने
बिर्तामोड / झापाको दुर्गापुर स्थित भृकुटी स्कुल अगाडि मोटरसाइकल र पानी बोक्ने गाडी एक आपसमा ठोकिएर दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा गौरादह बस्ने ३० वर्षीय कुमार दर्जी रहेका छन् । आज बिहान पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको ०१-०१६ प५ ०९८ नम्बरको मोटरसाइकल र पश्चिमबाट पूर्वतर्फ आँउदै गरेको १००१ च ७४०७ नम्बरको पानी बोक्ने गाडी (छोटा हात्ती) एक आपसमा ठोकिएर दुर्घटना भएको हो । दुर्घटनामा परि गम्भीर घाइते भएका दर्जीको बिएण्डसी अस्पताल बिर्तामोडमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । यता छोटा हात्ती चालकलाई भने प्रहरीले नियन्त्रणमा लिएर घटनाबारे थप अनुसन्धान
काठमाडौँ / प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट विदेशी मुद्रासहित चारजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सन्तोष पन्थी, दिपेश राना, सूर्यमणि भण्डारी र अनिष थापा रहेका छन् । काठमाडौँबाट हिमालय एयरलाइन्सको जहाजबाट दुबई जान लागेका उनीहरूलाई स्रोत नखुलेको झण्डै एक करोड २५ लाख रुपैयाँ बराबरको विदेशी मुद्रासहित गए राति पक्राउ गरिएको प्रहरीले जनाएको छ । उनीहरूको साथबाट विभिन्न देशका १ लाख ६२ हजार भन्दा बढी विदेशी मुद्रा बरामद भएको छ । पक्राउ परेका माथि प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
काठमाडौँ / त्रिभुवन विश्वविद्यालय (त्रिवि) ले स्नातक तहको पढाइलाई फेरि तीनवर्षे बनाउने तयारी गरेको छ । हाल चारवर्षे रहेको स्नातक तहको पढाइलाई तीनवर्षे बनाउन भएको व्यापक छलफलपछि त्रिविले यस्तो तयारी गरेको हो । चारवर्षे बनाउँदा निरन्तर विद्यार्थी सङ्ख्या घट्न थालेपछि फेरि तीनवर्षे बनाउने तयारी भएको त्रिविको व्यवस्थापन सङ्कायमा डिन प्रा डा डिल्लीराज शर्माले बताए । त्रिविले सबैभन्दा पहिला २०७१७२ सालदेखि व्यवस्थापन संकायबाट स्नातक तहलाई चारवर्षे बनाउन सुरु गरेको थियो । मानविकी तथा सामाजिकशास्त्र सङ्कायमा चारवर्षे प्रावधान लागु भएको एक चक्र पनि पूरा भएको छैन । चारवर्षे पढाइका लागि प्रथम ब्याचमा भर्न
काठमाडौँ / राजस्व अनुसन्धान विभागले बुधबार साँझ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बरामद गरेको सुनको परिमाण आज यकिन गर्ने भएको छ । विभागका महानिर्देशक नवराज ढुङ्गानाले ८० देखि १०० किलोको बीचमा रहेको अनुमान रहे पनि यकिन परिमाण आज सार्वजनिक गरिने जानकारी दिए । घटनाको बहुआयामिक पाटोबाट अनुसन्धान अघि बढाइने पनि उनले जानकारी दिए ।सुन हङ्कङबाट आएको खुले पनि तस्करमा सम्लग्न, प्रयोजन र यकिन परिमाणबारे थप अनुसन्धान पछि मात्र भन्न सकिने ढुङ्गानाले बताए । सुन ओसारपसारमा संलग्न रहेका ट्याक्सी चालकसहित ६ जनालाई पक्राउ गरिएको छ । दिलिप भुजेल, रामकुमार भुजेल, भन्सार एजेन्ट राजेन्द्र
झापा / काभ्रेको धुलिखेलबाट काठमाडौं जाँदै गरेको यात्रुबाहक बस भक्तपुरको साँगामा भिरबाट खसेको छ । बा ३ ख ९३९६ नम्बरको बस साँगा नजिकै झोलुङ्गे पुलमुनि दुर्घटनामा परेको हो । उपत्यका ट्राफिक कार्यालयका प्रवक्ता एसएसपी राजेन्द्रप्रसाद भट्टका अनुसार दुर्घटनामा चालकसहित सातजना घाइते भएका छन् । घाइतेमध्ये चारजनालाई मध्यपुर अस्पताल र तीनजनालाई युवामुरा अस्पतालमा उपचारका लागि पठाइएको प्रहरी चौकी जगातीले जनाएको छ ।
झापा / जिल्ला प्रशासन कार्यालय चितवनबाट ३९ जनाले अङ्गीकृत नागरिकता लिएका छन् । गत आर्थिक वर्षमा वैवाहिक अङ्गीकृत ३५ जना र अङ्गीकृत चारजनाले नागरिकता लिएका हुन् । कार्यालयका सूचना अधिकारी आनन्द वंश न्यौपानेका अनुसार सोही समयमा १३ हजार ८३५ जनाले वंशका आधारमा नागरिकता लिएका छन् ।यस्तै, १३ हजार ६०५ जनालाई प्रतिलिपि नागरिकता वितरण गरिएको उनले जानकारी दिए । सोही समयमा ११ जनाको नागरिकता रद्द गरिएको छ । एक हजार ७०५ जनाले नाबालक परिचयपत्र बनाएको न्यौपानेले जानकारी दिए । कार्यालयको तथ्याङ्कअनुसार राष्ट्रिय परिचयपत्रका लागि ३६ हजार ४४७ जनाले विवरण बुझाएका छन् । गत आवमा जिल्ला प्रशासन कार्यालयबाट २६
Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.