समाचार

    Showing 19,201-19,210 of 25,965 items.
  • सुनसरीको इटहरीमा पिकअपको ठक्करबाट मोटरसाइकलमा सवार तीन जनाको मृत्यु

    बिर्तामोड / सुनसरीको इटहरीमा मोटरसाइकल दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा  इटहरी १६ बस्ने अन्दाजी २६ वर्षीय करण चौधरी, सोही स्थानका २७ वर्षीय शम्भु चौधरी र २४ वर्षीय अनिनेश चौधरी रहेका छन ।शुक्रबार राति १०:४० बजे इटहरी नगरपालिका- १७ कान्छी चोकमा चारजना चढेको मोटरसाइकल विपरीत दिशाबाट आउँदै गरेको भारतीय नम्बर डब्लु बी ७३ इ ९११७ नम्बरको पिकअप भ्यानसँग ठोक्किएर दुर्घटना हुँदा तीनजनाको मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालय सुनसरीका डिएसपी राजकुमार राई अनुसार मोटरसाइकलमा चार जना सवार थिए । दुर्घटनामा परी चारै जना गम्भीर घाइते भएका थिए ।उनीहरूलाई उपचारका लागि धरानस्थित वीपी

    • प्रकाशित मितिः साउन ६, २०८०
    • 171 पटक पढिएको
  • ललिता निवास जग्गा प्रकरण पक्राउमा परेकाहरूलाई थप ५ दिन हिरासतमा राख्न अदालतको अनुमति

    काठमाडौं / ललिता निवास जग्गा घोटाला प्रकरणमा पक्राउ परेकाहरूलाई थप ५ दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको छ । सीआईबीकी प्रमुख एआईजी किरण बज्राचार्यका अनुसार जिल्ला अदालत काठमाडौँले शुक्रबार यो प्रकरणमा पक्राउ परेकाहरू भाटभटेनी सुपरमार्केटका सञ्चालक मीनबहादुर गुरुङसहितका आरोपीलाई थप पाँच दिन हिरासतमा राख्न अनुमति दिएको हो । यो प्रकरणमा हालसम्म १८ जना पक्राउ परिसकेका छन् ।

    • प्रकाशित मितिः साउन ५, २०८०
    • 132 पटक पढिएको
  • पोखरीमा डुबेर दुई बालिकाको मृत्यु

    झापा / सिँचाइ पोखरीमा डुबेर दैलेखमा दुई बालिकाको मृत्यु भएको छ । मृत्यु हुनेमा चामुण्डा विन्द्रासैनी नगरपालिका–३ का  ५ वर्षीया सपना खप्तडी र ८ वर्षीया विपना खत्री रहेका छन् । बिहीबार बेलुका घरदेखि ५० मिटर टाढा रहेको  सिँचाइ गर्न बनाइएको पोखरीमा डुब्दा बालिकाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दैलेखले जनाएको छ । 

    • प्रकाशित मितिः साउन ५, २०८०
    • 123 पटक पढिएको
  • कोरियामा काम गरेर फर्किएका नेपालीका लागि फेरी अवसर

    काठमाडौँ / कोरियामा काम गरेर फर्किएका नेपालीका लागि इपिएस कोरिया शाखाले भाषा परीक्षाको आवेदन खुलाएको छ । पाँच वर्ष कोरियामा रोजगार गरेर फर्किएकाले आवेदन दिन पाउने भएका छन् ।साउन १३ देखि १५ गतेसम्म आवेदन दिन सक्ने छन् । परीक्षा आगामी भदौ १८ देखि २९ गतेसम्म हुने छ भने नतिजा प्रकाशन असोज ३ गते हुने शाखाले सूचना प्रकाशित गरेर जानकारी दिएको छ । 

    • प्रकाशित मितिः साउन ५, २०८०
    • 143 पटक पढिएको
  • चट्याङ लागेर एक वडा सदस्यको मृत्यु

    झापा /  चट्याङ लागेर रोल्पामा वडा सदस्यको निधन भएको छ । मृत्यु हुनेमा सुनछहरी गाउँपालिका–३ कुइपाधाराका वडा सदस्य ४९ वर्षीय दिलबहादुर घर्तीमगर रहेको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय रोल्पाका अनुसार मृतक घर्तीमगरलाई घरमा सुतेको बेला चट्याङ लागेको हो । 

    • प्रकाशित मितिः साउन ५, २०८०
    • 129 पटक पढिएको
  • अवैध सुन प्रकरणमा दोषी जोसुकै होस कारबाही गरिन्छ : गृहमन्त्री श्रेष्ठ

    काठमाडौँ / उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले अवैध सुन भित्र्याउने जोसुकै भए पनि कारबाही गरिने बताएका छन् । गत बुधबार करिब एक क्विन्टल सुन बरामद भएपछि शुक्रबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालय र अध्यागमन कार्यालयको अनुगमन गर्न पुगेका गृहमन्त्री श्रेष्ठले बुधबार बरामद अवैध सुन प्रकरणका दोषी जोसुकै भए पनि कारबाही गरिने प्रतिबद्धता जनाएका हुन् ।अनुमगन पछि सञ्चारकर्मीसँग उनले अवैध सुन भित्र्याउने कार्यमा जोसुकै भए पनि कारबाही गरिने र आगामी दिनमा यस्ता घटना हुन नदिन नयाँ योजना बनाइने जानकारी दिए । भ्रष्टाचार र अपराधका कुरा अनुसन्धानमा कुनै कोट, टार र पार्टी मतल

    • प्रकाशित मितिः साउन ५, २०८०
    • 130 पटक पढिएको
  • कांग्रेसका सांसद सुनिल शर्माले मागे गृहमन्त्री र अर्थमन्त्रीको राजीनामा

    काठमाडौं / नेपाली कांग्रेसका सांसद सुनिल शर्माले अर्थमन्त्री र गृहमन्त्रीको राजीनामा मागेका छन् । सुन तस्करी बारेको छानबिनमा सहयोग गर्न उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ र अर्थमन्त्री प्रकाशशरण महतले राजीनामा दिनु पर्ने उनको माग छ । अर्थमन्त्रालय मातहत रहेको राजस्व विभाग र गृहमन्त्रालय मातहतको सुरक्षा निकायले एक क्विन्टल सुन अवैध रुपमा भित्रिएको थाहा नपाउने भन्ने कुरै नहुने उनले बताए ।‘प्रधानमन्त्री जीवनसाथीको निधनमा शोकमा हुनुहुन्छ । यही बेला सय किलो सुन अवैध रुपमा आयो । राजस्व विभाग अर्थमन्त्रालय अन्तरगत पर्छ । सुरक्षा गृहमन्त्रालय मतहत छ । दुवै निकायले थाहा नपाइ सुन आउने कुरा हुँदै

    • प्रकाशित मितिः साउन ५, २०८०
    • 130 पटक पढिएको
  • साताको अन्तिम दिन घट्यो सुनको मूल्य

    काठमाडौँ / आज साताको अन्तिम दिन अर्थात् शुक्रबार नेपाली बजारमा सुन-चाँदीको मूल्य घटेको छ । अघिल्लो दिन अर्थात् बिहीबार नयाँ रेकर्ड कायम गरेको सुनको मूल्य यस दिन घटेको हो ।नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख १२ हजार आठ सय रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख १२ हजार दुई सय ५० रुपैयाँमा कारोबार भइरहेको छ । बिहीबार छापावाल सुन प्रतितोला एक लाख १३ हजार छ सय रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख १३ हजार ५० रुपैयाँमा कारोबार भएको थियो ।त्यसैगरी, शुक्रबार चाँदीको मूल्य पनि घटेको छ । बिहीबार प्रतितोला १४ सय ९५ रुपैयाँमा कारोबार भएको चाँदी शुक्रबार प्रतितोला १

    • प्रकाशित मितिः साउन ५, २०८०
    • 134 पटक पढिएको
  • करोडौं रकम ठगी गरि फरार भएका झापा गौरादहका विश्वकर्मा पक्राउ

    बिर्तामोड / करोडौं रकम लिएर फरार भएका झापा गौरादह नगरपालिकाका सुनचाँदी व्यवसायी सोमराज विश्वकर्मा पक्राउ परेका छन् । स्थानीयको ३० करोड बढी रमक लिएर फरार भएका विश्वकर्मालाई बिहीबार प्रहरीले पक्राउ गरेको हो ।विगत २० वर्ष अघिदेखि गौरादह बजारमा सुनचाँदी व्यवसाय गर्दै आएका विश्वकर्माले स्थानीयको करोडौं रकम लिएर फरार भएपछि उनी विरुद्धमा प्रहरीमा उजुरी परेको थियो । फरार रहेका विश्वकर्मालाई झापा प्रहरीको टोलीले काँकडभिट्टाबाट  पक्राउ गरेको हो ।गौरादहका ५०८ जनाको करिब ३० करोड रकम हिनामिना गरेर उनी फरार भएका थिए । उनीविरुद्ध इलाका प्रहरी कार्यालय दमकमा पीडितहरूले ठगी मुद्दा दर्ता गरिसकेको वडाध्यक्ष

    • प्रकाशित मितिः साउन ५, २०८०
    • 98 पटक पढिएको
  • घाँस काट्न वनमा गएका एक वृद्धको गैँडाको आक्रमणमा परि मृत्यु

    झापा / गैँडाको आक्रमणबाट चितवनमा एक वृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा रत्ननगर नगरपालिका वडा नं ६ निवासी ७६ वर्षीय नवराज अधिकारी रहेका छन् । बाघमारा मध्यवर्ती सामुदायिक वनमा घाँस काट्न गएका र अधिकारीको गैँडाको आक्रमणबाट बिहीबार दिउँसो मृत्यु भएको हो ।घाँस काट्न जङ्गल गएका अधिकारी रातिसम्म पनि घर नफर्किएपछि जङ्गलमा खोजी गर्दा आज बिहान उनको शव भेटिएको चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीले जानकारी दिए । उनको शव घटनास्थलबाट भरतपुर अस्पतालमा पोस्टमार्टमका लागि ल्याइएको छ ।

    • प्रकाशित मितिः साउन ५, २०८०
    • 117 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.