बिर्तामोड / करोडौं रकम लिएर फरार भएका झापा गौरादह नगरपालिकाका सुनचाँदी व्यवसायी सोमराज विश्वकर्मा पक्राउ परेका छन् । स्थानीयको ३० करोड बढी रमक लिएर फरार भएका विश्वकर्मालाई बिहीबार प्रहरीले पक्राउ गरेको हो ।

विगत २० वर्ष अघिदेखि गौरादह बजारमा सुनचाँदी व्यवसाय गर्दै आएका विश्वकर्माले स्थानीयको करोडौं रकम लिएर फरार भएपछि उनी विरुद्धमा प्रहरीमा उजुरी परेको थियो । फरार रहेका विश्वकर्मालाई झापा प्रहरीको टोलीले काँकडभिट्टाबाट  पक्राउ गरेको हो ।

OM Sai Pathibhara Hospital

गौरादहका ५०८ जनाको करिब ३० करोड रकम हिनामिना गरेर उनी फरार भएका थिए । उनीविरुद्ध इलाका प्रहरी कार्यालय दमकमा पीडितहरूले ठगी मुद्दा दर्ता गरिसकेको वडाध्यक्ष भण्डारीले जानकारी दिएका छन् । प्रहरीका अनुसार उनलाई जिल्ला प्रहरी कार्यालय झापामा राखी थप अनुसन्धान कार्य भइरहेको छ ।