काठमाडौं / ललिता निवास जग्गा घोटाला प्रकरणमा पक्राउ परेकाहरूलाई थप ५ दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको छ । सीआईबीकी प्रमुख एआईजी किरण बज्राचार्यका अनुसार जिल्ला अदालत काठमाडौँले शुक्रबार यो प्रकरणमा पक्राउ परेकाहरू भाटभटेनी सुपरमार्केटका सञ्चालक मीनबहादुर गुरुङसहितका आरोपीलाई थप पाँच दिन हिरासतमा राख्न अनुमति दिएको हो । यो प्रकरणमा हालसम्म १८ जना पक्राउ परिसकेका छन् ।