झापा / सिँचाइ पोखरीमा डुबेर दैलेखमा दुई बालिकाको मृत्यु भएको छ । मृत्यु हुनेमा चामुण्डा विन्द्रासैनी नगरपालिका–३ का  ५ वर्षीया सपना खप्तडी र ८ वर्षीया विपना खत्री रहेका छन् ।

बिहीबार बेलुका घरदेखि ५० मिटर टाढा रहेको  सिँचाइ गर्न बनाइएको पोखरीमा डुब्दा बालिकाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दैलेखले जनाएको छ ।