झापा / गैँडाको आक्रमणबाट चितवनमा एक वृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा रत्ननगर नगरपालिका वडा नं ६ निवासी ७६ वर्षीय नवराज अधिकारी रहेका छन् । बाघमारा मध्यवर्ती सामुदायिक वनमा घाँस काट्न गएका र अधिकारीको गैँडाको आक्रमणबाट बिहीबार दिउँसो मृत्यु भएको हो ।

घाँस काट्न जङ्गल गएका अधिकारी रातिसम्म पनि घर नफर्किएपछि जङ्गलमा खोजी गर्दा आज बिहान उनको शव भेटिएको चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीले जानकारी दिए । उनको शव घटनास्थलबाट भरतपुर अस्पतालमा पोस्टमार्टमका लागि ल्याइएको छ ।