काठमाडौँ / कोरियामा काम गरेर फर्किएका नेपालीका लागि इपिएस कोरिया शाखाले भाषा परीक्षाको आवेदन खुलाएको छ । पाँच वर्ष कोरियामा रोजगार गरेर फर्किएकाले आवेदन दिन पाउने भएका छन् ।

साउन १३ देखि १५ गतेसम्म आवेदन दिन सक्ने छन् । परीक्षा आगामी भदौ १८ देखि २९ गतेसम्म हुने छ भने नतिजा प्रकाशन असोज ३ गते हुने शाखाले सूचना प्रकाशित गरेर जानकारी दिएको छ ।