झापा /  चट्याङ लागेर रोल्पामा वडा सदस्यको निधन भएको छ । मृत्यु हुनेमा सुनछहरी गाउँपालिका–३ कुइपाधाराका वडा सदस्य ४९ वर्षीय दिलबहादुर घर्तीमगर रहेको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय रोल्पाका अनुसार मृतक घर्तीमगरलाई घरमा सुतेको बेला चट्याङ लागेको हो ।