गोरखा । गोरखा नगरपालिका–७, सतिपिपलबाट बरामद गरी विशेष सुरक्षाका साथ जिल्ला प्रहरी कार्यालयमा राखिएको टल्कने ढुङ्गा ‘क्वार्ज क्रिष्टल’ भएको खानी तथा भूगर्भ विभागले पुष्टि गरेको छ ।विभागबाट गोरखा आएको भूगर्भविद्को टोलीले दुईदिन लगाएर गरेको परीक्षणबाट उक्त टल्कने ढुङ्गा ‘क्वार्ज क्रिष्टल’ नै भएको पुष्टि गरेको हो । ढुङ्गाको परीक्षण गरी विभागको टोलीले जिल्ला प्रशासन कार्यालय गोरखालाई परीक्षण प्रतिवदेन बुझाएको भूगर्भविद् डा सुस्मिता भण्डारीले जानकारी दिए ।“परीक्षणबाट उक्त ढुङ्गा महत्वपूर्ण र बहुमूल्य रत्नपत्थर (क्वार्ज क्रिष्टल) भएको पाइयो, उन भने, “संसारभरका धातुलाई कडापनका आधारमा १० भागमा वर्
काठमाडौं । व्यवसायी दुर्गा प्रसाईले सांसद सुनिल शर्मालाई नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले फसाएको आरोप लगाएका छन् ।२०८० साउन २५ गते बिहीबार सुनिल शर्मा पक्राउ परेपछि सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै कांग्रेस सभापति शेरबहादुर देउवा र अर्थ मन्त्री प्रकाश शरण महतले नियोजित रुपमै शर्मालाई फसाएको आरोप लगाएका हुन् ।उनले भने,‘ सुनिल शर्मालाई फसाउँने शेरबहादुर देउवा पनि मिल्नुभएको छ । अर्थ मन्त्रीको पूरा हात छ । म अर्थमन्त्रीलाई के भन्छु भने सुनिल शर्माको मुख थुनेर केहि हुनेवाला छैन् । मिन बहादुर जस्ता दुर्गा प्रसाई जस्ता मानीसहरु धेरै छन् ।’उनले मारवारीसँग सहकार्य गरेर तस्करी गर्ने र नेपाली
मधेश प्रदेस । सर्लाहीमा एक युवकको हत्या भएको छ । शरीरबाट अलग गरेको अवस्थामा युवकको टाउको मात्र फेला परेको छ । पूर्वपश्चिम राजमार्गअन्तर्गत हरिवन नगरपालिका–४ स्थित लखन्देही खोला किनारमा बिहीबार बिहान करिब ८ बजे शरीर बिनाको टाउको मात्र फेला परेको जिल्ला प्रहरी कार्यालय सर्लाहीका सूचना अधिकारी डीएसपी दीपेन्द्र पञ्जियारले जानकारी दिए ।‘घाँटीमा धारिलो हतियारले काटेर छिनाएको अवस्थामा टाउको मात्रै फेला परेको छ । हामी त्यो टाउकोबाट छुट्याइएको शरीर खोजिरहेका छौँ’, डीएसपी पञ्जियारले भने, ‘जिल्ला प्रहरी कार्यालय र इलाका प्रहरी कार्यालय हरिवनबाट गएको प्रहरी टोलीले अहिले घटनाको प्रकृति मुचुल्का तयार ग
मधेश प्रदेश । भारतबाट भन्सार छली चोरी पैठारी गरी भित्रयाईएको विभिन्न ब्रांडका चकलेट पर्सा प्रहरीले बरामद गरेको छ। विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरी टोलीले वीरञ्ज महानगरपालिका वडा नं.७ कुम्हालटोल स्थितमा एक घरमा कोठा भाडामा लिई अनाधिकृतरूपमा भण्डारण गरेको ७४ कार्टुन विभिन्न ब्रांडका चकलेट बरामद भएको पर्साका प्रहरीले जानकरी दिएको छ।चकलेटको बजार मुल्य ४ लाख ४९ हजार ४० रूपैया रहेको पर्सा प्रहरीले जनाएको छ । बरामद चक्लेटहरूलाई थप अनुसन्धान तथा कारवाहीको लागी वीरगञ्ज भन्सार कार्यालयमा बुझाइएको जिल्ला प्रहरी कार्यालय पर्साले जन
काठमाडौं । सशस्त्र प्रहरी बलले प्राविधिकतर्फ सशस्त्र प्रहरी नायब उपरीक्षक (डिएसपी) का लागि बढुवा सिफारिस गरेको छ ।सशस्त्र प्रहरीका अनुसार प्राविधिक समूह, सञ्चार तथा इन्जिनियरिङतर्फको प्राविधिक डिएसपीका लागि तीन जनाको नाम सिफारिस गरेको छ ।उक्त सिफारिस उपर सात दिनभित्र उजुरी दिन सकिने समेत जनाइएको छ । बढुवा सिफारिस हुनेमा ई. सुशील थापा, जीवन राई र सुरज भट्ट छन् ।
काठमाण्डौ । सशस्त्र प्रहरी बल, नेपालले आफ्ना ८२ जना वरिष्ठ हवल्दारहरुलाई सहायक निरीक्षक (असई) मा बढुवाका लागि सिफरीस गरेको छ ।सशस्त्र प्रहरी नियमावली, २०७२ को नियम ३९ को उपनियम (१) को (ङ) बमोजिम बढुवा समितिको बुधबार राती बसेको बढुवा समितिले उनीहरुलाई बढुवा सिफारीस गरेको हो ।समितिले बढुवा सिफारीस उपर चित्त नबुझ्ने सशस्त्र प्रहरी वरिष्ठ हवल्दारहरुले नियमावलीको नियम ५५ मा व्यवस्था भए वमोजिम सात दिनभित्र बढुवा उपरको उजुरी सुन्ने समिति समक्ष उजुरी दिन सक्ने जनाएको छ ।
काठमाण्डौ । हाल नेपालको मौसममा विहारको उत्तरी भू-भाग तथा आसपासमा रहेको न्यून चापीय प्रणाली को प्रभाव रहेको छ। जसको प्रधावले लुम्बिनी तथा सदूर पश्चिम प्रदेशका थोरै तथा बाँकी प्रदेशका एक-दुई स्थानहरूमा हल्का देखि मध्यम वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।आज दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहनेछ । बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा तथा कोशी, मधेश र कर्णाली प्रदेशका थोरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा चट्याङ्गसहित भारी वर्षाको समेत सम्भावना रहेको छ ।राति भने कोश
काठमाडौं । नेपालको अर्थतन्त्रमा बलियो संरचना र सञ्जाल बनाएको मारवाडी समुदाय यतिबेला कामठाडौंमा कोलाहलमा छन् । लामो समयदेखि नेपालको व्यापारमा एकछत्र राज चलाउँदै आएका मारवाडी समुदाय तस्करीका विभिन्न मुद्दामा पनि जोडिने गरेका छन् । विचौलिया र तस्करी प्रकरणमा मुछिने गरेका उनीहरु नेपाली र भारतीय दोहोरो नागरिकताका कारण जोगिने गरेका छन् ।ललिता निवासको जग्गा कीर्ते र लिएका मारवाडी सेवा समितिका अध्यक्ष कैलाशचन्द्र गोयल नै यतिबेला फरार रहेका छन् । उनी १८ रोपनी भन्दा धेरै जग्गा कीर्ते गरेर लिएको आरोप लागिरहेको छ । दाजु कैलाशचन्द्र गोयलमात्र होइन, भाई श्रवण गोयल र आफन्तहरु देवान्सी गोयल र निर्मलादेवी
काठमाडौं । नक्कली शैक्षिक प्रमाणपत्र प्रकरणमा थप चार जना चिकित्सक पक्राउ परेका छन् । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को अप्रेशन ‘फोक्सट्रोट चार्ली’ अन्तर्गत चारजना चिकित्सक पक्राउ परेका हुन् ।सीआईबीका अनुसार पक्राउ पर्नेमा डा रामबाबु यादव, डा एरिना यादव, अमृत चौधरी र डा रञ्जित कुमार यादव रहेका छन् । अमृत चौधरी त्रिवि शिक्षण अस्पतालका डाक्टर हुन् भने सुनिल बाहेकका अन्य पनि विभिन्न अस्पतालमा कार्यरत थिए ।यसअघि आज दिउँसो सिआइबीको टोलीले काठमाडौँको गोल्फुटारबाट सांसद सुनिलकुमार शर्मालाई पक्राउ गरेको थियो । हालसम्म सांसद शर्मासहित पाँचजना पक्राउ परिसकेका छन् ।
काठमाडौं । ७३ जना सशस्त्र प्रहरी नायव निरीक्षक (सई) लाई सशस्त्र प्रहरी निरीक्षक (इन्स्पेक्टर) मा बढुवा सिफारिस गरिएको छ ।सशस्त्र प्रहरी बल, प्रधान कार्यालय बढुवा समितिको बिहीबार बसेको बैठकले उनीहरुलाई बढुवाका लागि सिफारिस गरेको हो । शसस्त्र प्रहरी नियमावली २०७२ नियम ३९ को उपनियम १ को (ग) बमोजिम उनीहरूलाई बढुवा गरिएको बढुवा समितिले जनाएको छ ।बढुवा सूची राजकुमार श्रेष्ठ, डिलाराम फूल्जेल, कमल के.सी., वीरवहादुर वड, आसकुमार कुमाल लगायत ७३ जना इन्स्पेक्टरलाई डीएसपीमा बढुवाका लागि सिफारिस गरिएको हो ।बढुवा सिफारिस उपर चित्त नबुझ्ने सशस्त्र प्रहरी नायब निरीक्षकहरुले नियमावलीको नियम ५५ मा व्यवस्था भए वम
Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.