काठमाडौं । नक्कली शैक्षिक प्रमाणपत्र प्रकरणमा थप चार जना चिकित्सक पक्राउ परेका छन् । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को अप्रेशन ‘फोक्सट्रोट चार्ली’ अन्तर्गत  चारजना चिकित्सक पक्राउ परेका हुन् ।

सीआईबीका अनुसार पक्राउ पर्नेमा डा रामबाबु यादव, डा एरिना यादव, अमृत चौधरी र डा रञ्जित कुमार यादव रहेका छन् । अमृत चौधरी त्रिवि शिक्षण अस्पतालका डाक्टर हुन् भने सुनिल बाहेकका अन्य पनि विभिन्न अस्पतालमा कार्यरत थिए ।

OM Sai Pathibhara Hospital

यसअघि आज दिउँसो सिआइबीको टोलीले काठमाडौँको गोल्फुटारबाट सांसद सुनिलकुमार शर्मालाई पक्राउ गरेको थियो । हालसम्म सांसद शर्मासहित पाँचजना पक्राउ परिसकेका छन् ।