काठमाण्डौ । सशस्त्र प्रहरी बल, नेपालले आफ्ना ८२ जना वरिष्ठ हवल्दारहरुलाई सहायक निरीक्षक (असई) मा बढुवाका लागि सिफरीस गरेको छ ।

सशस्त्र प्रहरी नियमावली, २०७२ को नियम ३९ को उपनियम (१) को (ङ) बमोजिम बढुवा समितिको बुधबार राती बसेको बढुवा समितिले उनीहरुलाई बढुवा सिफारीस गरेको हो ।

OM Sai Pathibhara Hospital

समितिले बढुवा सिफारीस उपर चित्त नबुझ्ने सशस्त्र प्रहरी वरिष्ठ हवल्दारहरुले नियमावलीको नियम ५५ मा व्यवस्था भए वमोजिम सात दिनभित्र बढुवा उपरको उजुरी सुन्ने समिति समक्ष उजुरी दिन सक्ने जनाएको छ ।