मधेश प्रदेश   ।   भारतबाट भन्सार छली चोरी पैठारी गरी भित्रयाईएको विभिन्न ब्रांडका चकलेट पर्सा प्रहरीले बरामद गरेको छ। 

विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरी टोलीले वीरञ्ज महानगरपालिका वडा नं.७ कुम्हालटोल स्थितमा एक घरमा कोठा भाडामा लिई अनाधिकृतरूपमा भण्डारण गरेको ७४ कार्टुन विभिन्न ब्रांडका चकलेट बरामद भएको पर्साका प्रहरीले जानकरी दिएको छ।

OM Sai Pathibhara Hospital

चकलेटको बजार मुल्य ४ लाख ४९ हजार ४० रूपैया रहेको पर्सा प्रहरीले जनाएको छ । बरामद चक्लेटहरूलाई  थप अनुसन्धान तथा कारवाहीको लागी  वीरगञ्ज भन्सार कार्यालयमा बुझाइएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ।