काठमाडौं । व्यवसायी दुर्गा प्रसाईले सांसद सुनिल शर्मालाई नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले फसाएको आरोप लगाएका छन् ।

२०८० साउन २५ गते बिहीबार सुनिल शर्मा पक्राउ परेपछि सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै कांग्रेस सभापति शेरबहादुर देउवा र अर्थ मन्त्री प्रकाश शरण महतले नियोजित रुपमै शर्मालाई फसाएको आरोप लगाएका हुन् ।

OM Sai Pathibhara Hospital

उनले भने,‘ सुनिल शर्मालाई फसाउँने शेरबहादुर देउवा पनि मिल्नुभएको छ । अर्थ मन्त्रीको पूरा हात छ । म अर्थमन्त्रीलाई के भन्छु भने सुनिल शर्माको मुख थुनेर केहि हुनेवाला छैन् । मिन बहादुर जस्ता दुर्गा प्रसाई जस्ता मानीसहरु धेरै छन् ।’

उनले मारवारीसँग सहकार्य गरेर तस्करी गर्ने र नेपाली व्यापारीलाई देशबाट खेद्ने रणनीति नेपाली कांग्रेस रहेको जिकिर गरे ।सीआईबीले सांसद शर्मालाई शैक्षिक प्रमाणपत्र छानबिनका लागि पक्राउ गरेको हो ।