समाचार

    Showing 18,861-18,870 of 25,945 items.
  • सानु ताम्राकारको निधन जसले असारमा छोरा सारुकलाइ गुमाएका थिए

    काठमाडौँ । केही समयअघि छोरा गुमाएका वरिष्ठ कलाकार सानु ताम्राकारको निधन भएको छ। चलचित्र कलाकार संघका अध्यक्ष मोहन निरौलाले, ताम्राकारको आज शनिबार करिब ३ बजे उपचारको क्रममा नर्भिक अस्पतालमा निधन भएको पुष्टि गरे ।ताम्राकार साउनको दोस्रो हप्ता नर्भिक अस्पतालमा भर्ना भएका थिए । आइसियुमा भर्ना भएका ताम्राकारको पछिल्लो समय किड्नीमा समेत समस्या देखिएको थियो । गत असारमा छोरा सारुक घरमा मृत फेला परेपछि सानु ताम्राकारको स्वास्थ्य अवस्था बिग्रिएको थियो । ताम्राकारको भोलि अन्त्येष्टि गर्ने तयारी गरिएको छ ।‘जीवन रेखा, बदलिँदो आकाश, निरमोही, जुन तारा, सुरक्षा, रगत, ज्वालामुखी, जीवन मृत्यु, मन मनै मन पराए, अ

    • प्रकाशित मितिः भदौ ९, २०८०
    • 249 पटक पढिएको
  • धरान जाने सवारी साधन तरहरामै रोकिए, धरानमा निषेधाज्ञा, सहर प्रवेशमा कडाइ

    सुनसरी    ।    जिल्ला प्रशासन कार्यालय सुनसरीले गएराति १२ बजेदेखि धरान प्रवेशमा निषेधाज्ञा गर्ने जनाएसँगै बिहानैदेखि धरान जाने सवारी साधन तरहरा बाटै फर्काइएको छ । बाक्लो मात्रामा प्रहरी परिचालन गर्दै धरान आवतजावत गर्ने सवारी साधन ठप्प भएको हो।प्रहरीले सुरक्षा व्यवस्था कडा बनाउन  सुनसरी,  मोरङ र कोसी प्रदेश प्रहरी तालिम केन्द्र विराटनगरको टोलीलाइ परिचालन गरेको छ ।प्रहरीले सबै सवारी साधनलाई तरहराबाटै फर्काएको छ । प्रशासनकाअनुसार धरान प्रवेश गर्ने पश्चिमतर्फको बराहक्षेत्र नगरपालिका वडा नं. १ मा पर्ने झण्डा चौकदेखि धरानतर्फको क्षेत्र, धरान उपमहानगरपालिका प्र

    • प्रकाशित मितिः भदौ ९, २०८०
    • 281 पटक पढिएको
  • मेलम्चीको बाढीले विद्यालय भवन बगायो

    काठमाण्डौ । सिन्धुपाल्चोकको मेलम्ची नदीमा आएको बाढीले ग्याल्थुमस्थित सरसस्वती माविको भवन बगाएको छ ।अविरल वर्षासँगै आएको बाढीले शुक्रबार राति विद्यालयको भवन बगाएको हो । बाढीले शुक्रवार बिहानै विद्यालयको शौचालय र निर्माणाधीन भागको पिलर बगाएको थियो ।बाढीको जोखिम भएपछि स्कुल बन्द गरी डेस्क, बेन्चलगायत सामान बिहानै सारिएको थियो । सरसस्वती मावि सिन्धुपाल्चोकको पूरानो विद्यालय हो ।

    • प्रकाशित मितिः भदौ ९, २०८०
    • 204 पटक पढिएको
  • शिक्षिका मृत फेला, स्ववियु सभापति पक्राउ

    काठमाण्डौ । कैलालीको धनगढीस्थित दीपेन्द्र प्रहरी स्कुलमा कार्यरत शिक्षिका मृत फेला परेकी छिन् । दार्चुलाको मार्मा गाउँपालिका–६ की २२ वर्षीया राजेश्वरी डडाल बिहीबार मृत फेला परेकी हुन् ।जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार धनगढी उपमहानगरपालिका–३ चटकपुरमा बस्दै आएकी डडाल हिजो मृत फेला परेकी थिइन् । यस घटनामा दार्चुलाकै २५ वर्षीय जगदीश कोट्टारीलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक सन्तोष बस्यालले जानकारी दिए ।मृतकका परिवारले कोट्टारीविरुद्ध जिल्ला प्रहरी कार्यालयमा आत्महत्या दुरुत्साहनमा किटानी जाहेरी दिएकाले पक्राउ गरिएको प्रहरीले जनाएको छ । मृतक डडालले ‘सुसाइड नोट’ समेत ले

    • प्रकाशित मितिः भदौ ९, २०८०
    • 228 पटक पढिएको
  • आजको मौसम पूर्वानुमान यस्तो छ

    काठमाडौं । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थान भन्दा उत्तरमा अवस्थित छ ।साथै नेपालमा हाल भारतको उत्तर प्रदेशको उत्तर पूर्वी भू-भागमा रहेको न्यून चापीय क्षेत्र र बंगलादेशको उत्तरी भूभागमा रहेको न्यून चापीय क्षेत्र समेत प्रभाव रहेको छ ।शनिबार कोशी, मधेस र बागमती प्रदेशमा सामान्यदेखि पूर्ण बदली रही बाँकी प्रदेशमा आंशिकदेखि सामान्य बदली रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । कोशी, मधेस र बागमती प्रदेशका केही स्थानहरूमा र बाँकी प्रदेशका पहाडी भूभागका थोरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।कोशी र मधेस प्रदेशका एक-दुई स्थानमा मेघ गर्जनरचट्याङसहित भारी वर्षाको समेत सम्भावना

    • प्रकाशित मितिः भदौ ९, २०८०
    • 153 पटक पढिएको
  • नेपाल प्रहरीका ४२३ जना वरिष्ठ सईहरूको सरूवा

    काठमाण्डौ   ।   नेपाल प्रहरीका ४२३ जना प्रहरी वरिष्ठ नायब निरीक्षक (वरिष्ठ सई) हरूको सरूवा र १२० जनाको पदस्थापन भएको छ।प्रहरी अतिरिक्त महानिरीक्षक निरीक्षकको शुक्रबारको निर्णयअनुसार वरिष्ठ सईहरूको सरूवा तथा पदस्थपान भएको हो।जनपदतर्फका ४०६ जना र सञ्चारतर्फका १७ जना सईहरूको सरूवा भएको हो। यस्तै जनपदतर्फका १२० जना सईहरूको पदस्थापन भएको हो।सरूवा सूची (जनपद)सरूवा सूची (सञ्चार)पदस्थापन सूची (जनपद)

    • प्रकाशित मितिः भदौ ८, २०८०
    • 197 पटक पढिएको
  • नेपालबाट १७४ प्रतिशत बढीले विदेशी लगानी फिर्ता

    काठमाडौं । नेपालमा लगानी गरेका विदेशी कम्पनीले गत आर्थिक वर्षमा १ अर्ब ८० करोड रुपैयाँ लगानी स्वदेश फिर्ता लगेका छन्। नेपाल राष्ट्र बैंकले प्रकाशन गरेको देशको वर्तमान आर्थिक अवस्था अनुसार गत आर्थिक वर्षमा अघिल्लो वर्षको तुलनामा १ सय ७४ प्रतिशत बढीले नेपालबाट लगानी फिर्ता भएको हो।राष्ट्र बैंकका एक अधिकारीका अनुसार पोखरास्थित मणिपाल शिक्षण अस्पतालबाट भारतीय लगानीकर्ता बाहिरिँदा गत वर्ष उच्च लगानी फिर्ता देखिएको हो। भारतको मणिपाल एजुकेसन एन्ड मेडिकल ग्रुपले सन् १९९४ मा मणिपाल मेडिकल कलेज सञ्चालन गरेको थियो। मेडिकल कलेज सञ्चालनमा अवरोध भएको भन्दै भारतीय पक्षले आफ्नो लगानी बेचेको हो।व्यवसायी आनन्दर

    • प्रकाशित मितिः भदौ ८, २०८०
    • 189 पटक पढिएको
  • धरानमा आजै रातिदेखि निषेधाज्ञा

    काठमाडौं । धरानमा पछिल्लो समय जातीय र धार्मिक तनाव बढिरहेका बेला सम्भावित हिंसा रोक्न स्थानीय प्रशासनले २४ घण्टे निषेधाज्ञा जारी गरेको छ।सुनसरीकी प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेले बिहीबार मध्यराति १२ बजेदेखि लागु हुने गरी २४ घण्टे निषेधाज्ञा जारी गरेकी हुन्।उक्त निषेधाज्ञा शुक्रबार राति १२ बजेसम्मका लागि जारी गरिएको हो।प्रशासनले धरान उपमहानगरपालिका प्रवेश गर्ने पश्चिम बाटो बराहक्षेत्र नगरपालिका १ मा पर्ने झण्डा चौकदेखि धरानतर्फको क्षेत्र, धरान प्रवेश गर्ने पश्चिम, दक्षिण रामधुनी Regularly ६ बाट बराहक्षेत्र नगरपालिका ३ नडाहा चोकबाट धरानतर्फको क्षेत्रमा निषेधाज्ञा जारी गरेको हो।त्यसैगरी इटहर

    • प्रकाशित मितिः भदौ ८, २०८०
    • 250 पटक पढिएको
  • साम्पाङले सामाजिक, धार्मिक सद्भाव कायम राख्न अपील गरेका छन

    झापा ।  धरान उपमहानगरपालिकाका प्रमुख  हर्क साम्पाङले संयमित हुँदै सामाजिक, धार्मिक सद्भाव कायम राख्न अपील गरेका छन् । शुक्रबार अपील जारी गर्दै उनले सामाजिक र आपसी सद्भाव, भाइचारा र एकता कायम राख्न धरान नगरवासीहरूमा अपील जारी गरेका हुन्।पछिल्लो समय धरानमा जातिय र धार्मिक द्वन्द्व बढ्ने खतर बढ्दै गएका बेला उनले उक्त अपील जारी गरेका हुन् । ‘बहुजातीय, बहुधार्मिक, बहुसांस्कृतिक विशेषतालाई आत्मसात गरी विविधताबीचको एकता सामाजिक, सांस्कृतिक सदभावलाई संरक्षण गरी समृद्ध समाजको निर्माण गर्नु नै हाम्रो कर्तव्य हो । समाजमा देखिने अशान्ति विभेदले विचार, विधि र व्यवहारमा स्थान पाउँदै गएमा सामा

    • प्रकाशित मितिः भदौ ८, २०८०
    • 200 पटक पढिएको
  • सप्तकोशीमा बहाव बढ्दो, सतर्कता अपनाउन आग्रह

    काठमाडौं । लगातारको झरीका कारण सप्तकोशीमा बाढी उर्लिएको छ ।बिहान ९ बजे सप्तकोशी नदी चतरामा जलसतह बढ्दो छ र सतर्कता तह ९६ मिटर नजिक पुगेको  बाढी सूचना केन्द्रले जनाएको छ ।तमोर,सुनकोसी र अरूणमा पनि जलसतह बढ्दो रहेकोले उदयपुर, सुनसरी र सप्तरीका नदीकटान हुन सक्ने क्षेत्र र डुबान हुने तटीय क्षेत्रमा हुनेहरूले आज साँझ सम्मै उच्च सतर्कता अपनाउन आग्रह गरिएको छ ।

    • प्रकाशित मितिः भदौ ८, २०८०
    • 190 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.