काठमाण्डौ । कैलालीको धनगढीस्थित दीपेन्द्र प्रहरी स्कुलमा कार्यरत शिक्षिका मृत फेला परेकी छिन् । दार्चुलाको मार्मा गाउँपालिका–६ की २२ वर्षीया राजेश्वरी डडाल बिहीबार मृत फेला परेकी हुन् ।

जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार धनगढी उपमहानगरपालिका–३ चटकपुरमा बस्दै आएकी डडाल हिजो मृत फेला परेकी थिइन् । यस घटनामा दार्चुलाकै २५ वर्षीय जगदीश कोट्टारीलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक सन्तोष बस्यालले जानकारी दिए ।

OM Sai Pathibhara Hospital

मृतकका परिवारले कोट्टारीविरुद्ध जिल्ला प्रहरी कार्यालयमा आत्महत्या दुरुत्साहनमा किटानी जाहेरी दिएकाले पक्राउ गरिएको प्रहरीले जनाएको छ । मृतक डडालले ‘सुसाइड नोट’ समेत लेखेर छोडेको भेटिएको बताइएको छ ।

डडाल र कोट्टारी प्रेम सम्बन्धमा रहेको बुझिएको छ । कोट्टारी दार्चुलाको लटिनाथ क्याम्पसका स्ववियु सभापतिसमेत हुन् । उनीमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।