काठमाडौँ । केही समयअघि छोरा गुमाएका वरिष्ठ कलाकार सानु ताम्राकारको निधन भएको छ। चलचित्र कलाकार संघका अध्यक्ष मोहन निरौलाले, ताम्राकारको आज शनिबार करिब ३ बजे उपचारको क्रममा नर्भिक अस्पतालमा निधन भएको पुष्टि गरे ।Screenshot_2023_0826_184313

ताम्राकार साउनको दोस्रो हप्ता नर्भिक अस्पतालमा भर्ना भएका थिए । आइसियुमा भर्ना भएका ताम्राकारको पछिल्लो समय किड्नीमा समेत समस्या देखिएको थियो । गत असारमा छोरा सारुक घरमा मृत फेला परेपछि सानु ताम्राकारको स्वास्थ्य अवस्था बिग्रिएको थियो । ताम्राकारको भोलि अन्त्येष्टि गर्ने तयारी गरिएको छ ।FB_IMG_1693059105522

OM Sai Pathibhara Hospital

‘जीवन रेखा, बदलिँदो आकाश, निरमोही, जुन तारा, सुरक्षा, रगत, ज्वालामुखी, जीवन मृत्यु, मन मनै मन पराए, अभियान, पल, ग्याम्लर, भूँइमान्छे, मेरी मामु’ लगायतका फिल्ममा काम गरेका वरिष्ठ कलाकार ताम्राकारले थुप्रै सिरियलमा अभिनय गरेका छन् ।

तीन वर्ष चलचित्र कलाकार संघको कार्यवाहक अध्यक्षसमेत बनेका उनी नेपाली सिने जगतमा सफल खलनायकको रूपमा परिचित छन् ।