काठमाण्डौ । सिन्धुपाल्चोकको मेलम्ची नदीमा आएको बाढीले ग्याल्थुमस्थित सरसस्वती माविको भवन बगाएको छ ।

अविरल वर्षासँगै आएको बाढीले शुक्रबार राति विद्यालयको भवन बगाएको हो । बाढीले शुक्रवार बिहानै विद्यालयको शौचालय र निर्माणाधीन भागको पिलर बगाएको थियो ।

OM Sai Pathibhara Hospital

बाढीको जोखिम भएपछि स्कुल बन्द गरी डेस्क, बेन्चलगायत सामान बिहानै सारिएको थियो । सरसस्वती मावि सिन्धुपाल्चोकको पूरानो विद्यालय हो ।