समाचार

    Showing 18,271-18,280 of 25,945 items.
  • वीरगञ्जमा साँढेको प्रतिमा तोडफोड गरेको आरोपमा ६ जना पक्राउ

    जनकपुर  । पर्साको वीरगञ्ज महानगरपालिका २१ परवानीपुरको हनुमान चोकमा राखिएको राँगा (पाडा)को मूर्ति स्थानीय युवाहरुले भत्काएका छन् ।राँगाको मूर्ति (प्रतिमा) भत्काएको आरोपमा प्रहरीले ६ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा स्थानीय कृष्ण चौरसिया, पवन श्रीवास्ताव, राजन महतो, सौरभ पटेल, राकेश उपाध्याय र सागर साह छन् । वडा प्रहरी कार्यालय श्रीपुरले राँगाको मूर्ती भत्काएको आरोपमा ६ जनालाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको जनाएको छ । वीरगञ्ज महानगरपालिकाले सौन्दर्यीकरणको नाममा हुनमान चोकमा राँगाको मूर्ति (स्मारक) राखेको थियो ।

    • प्रकाशित मितिः मंसिर ३०, २०८०
    • 164 पटक पढिएको
  • जनकपुरधाममा सप्ताहव्यापी विवाहपञ्चमी महोत्सव

    जनकपुर । त्रेतायुगमा मर्यादा पुरुषोत्तम राम र जगतजननी माता सिताविच भएको विवाहको सम्झनामा प्रत्येक वर्ष जनकपुरधाममा मनाइने सप्ताहव्यापी सिताराम विवाहपञ्चमी महोत्सव यस वर्ष पनि हर्षोल्लाससाथ मनाइँदै छ ।जनकपुरधाममा मनाइने सप्ताहव्यापीे सीताराम विवाहपञ्चमी महोत्सव मनाइँदैछ।  त्रेता युगमा भगवान् रामले धनुष भाँचेर सीतासँग विवाह गरेको भन्ने धार्मिक विश्वासमा रामको प्रतिकात्मक रुप धारण गरेका कलाकारहरुलाई धनुष भाँचेको अभिनय गराएर धनुष यज्ञ गरिन्छ।मिथिलाका राजा जनकले धनुष उठाएर वाण छोड्ने महाशक्तिशालीसँग मात्रै सीताको विवाह गर्ने उद्घोष गरेका र अयोध्याबाट आएका दशरथ पुत्र रामले यज्ञमा राखिएको ध

    • प्रकाशित मितिः मंसिर ३०, २०८०
    • 437 पटक पढिएको
  • राजस्व छलीको ट्रक राजश्व अनुसन्धान कार्यालय कोहलपुरको नियन्त्रणमा

    मधेस प्रदेश  ।  नेपालगन्ज भन्सार कार्यालय भएर भित्रिएको एक भारतीय नम्बरको मालबहाक ट्रकलाई राजश्व अनुसन्धान कार्यालय कोहलपुरले छानबिनका लागि शुक्रबार राति नियन्त्रणमा लिएको छ।भारतीय नम्बरको एचआर ६७ बी ११३० नम्बरको ट्रकलाई राजश्व अनुसन्धान कार्यालयले शुक्रबार साँझ नियन्त्रणमा लिन खोज्दा व्यवसायीले अवरोध गर्दै भन्सार तिरेर ल्याएको जनाउँदै करिब पाँच घण्टासम्म धर्ना दिएर रोकेका थिए।  सो ट्रकमा लोड रहेको लत्ताकपडा नेपालगन्ज न्यूरोडमा सञ्चालित ग्रिपसन इन्टरप्राइजेजको भएको खुलेको छ।नेपालगन्जस्थित न्युरोड र पुष्पलाल चोक क्षेत्रमा व्यवसायी र सुरक्षाकर्मीबिच धेरै बेरसम्म तनाव र झडपसमेत भएक

    • प्रकाशित मितिः मंसिर ३०, २०८०
    • 300 पटक पढिएको
  • क्यान्सर भगाउँन र मुटु जोगाउँन, च्याउका फाइदा

    मोरङ  ।   च्याउ औषधीय गुणहरूले भरिएको खाद्यपदार्थ हो । यसमा अमिनो एसिड, खनिज लवण र भिटामिन जस्ता तत्त्व पाइन्छन् । यसमा ३५ प्रतिशतसम्म प्रोटीन हुन्छ जुन बोटबिरुवामा पाइने प्रोटीनभन्दा धेरै हो।च्याउले स्वास्थ्यलाई धेरै फाइदा गर्छ । च्याउको परिकार शाकाहारी र मांसाहारी दुवैले उत्तिकै रुचाउँछन् । तर च्याउका केही बेफाइदा पनि छन् । यहाँ हामी त्यसको चर्चा गर्नेछौं । पहिला फाइदाकै कुरा गरौं।मोटोपन हटाउन - मोटोपन हटाउन चाहने व्यक्तिहरूले प्रोटीनयुक्त आहार लिनुपर्छ र च्याउमा भरपूर प्रोटीन हुन्छ । तौल घटाउनका लागि मशरूम राम्रो विकल्प हो ।रोगप्रतिरोधक क्षमता बढाउन - च्याउ एक प्राकृतिक एन्टी

    • प्रकाशित मितिः मंसिर ३०, २०८०
    • 279 पटक पढिएको
  • तरकारीलाई स्वादिलो बनाउनले टमाटरका यस्ता १० फाइदा

    मोरङ ।  तरकारीलाई स्वादिलो बनाउनका लागि गोलभेडाको प्रयोग आजभोली अनिवार्य जस्तै भएको छ । सूपको रुपमा, अचारको रुपमा तथा श्रृंगारको सामानको रुपमा समेत गोलभेडाको प्रयोग हुने गरेको छ।टमाटरबाट भिटामिन सी, लाइकोपीन, भिटामिन, पोटाशियम पर्याप्त मात्रामा पाइन्छ । साथै यसको प्रयोगले कोलेस्ट्रोल कम गर्न पनि सहयोग पुग्ने जनाइएको छ। मानिसलाई वजन घटाउन पनि गोलभेडा फाइदाजनक छ । तर टमाटरको सवैभन्दा ठूलो फाइदा भनेको पकाउँदा पनि त्यसको पोषक तत्व जादैन।टमाटरको प्रयोगले कयौं रोगको रोकथाम पनि गर्न सकिन्छ। विहान पानी नपिइकन पाकेको टमाटर खादा स्वास्थ्यको लागि निकै फाइदा पुग्छ। यदी बच्चालाई सुख्खा रोग भएको खण्डमा

    • प्रकाशित मितिः मंसिर ३०, २०८०
    • 212 पटक पढिएको
  • मोटरसाइकल दुर्घटना हुँदा वडा सदस्यको मृत्यु

    काठमाण्डौ   ।   मोटरसाइकल दुर्घटना हुँदा माडीमा एक जनाको मृत्यु भएको छ।प्रहरीले जनाए अनुसार माडीको गर्दी गाउँमा भएको दुर्घटनामा माडी वाडा न.२ का जीवलाल लुईंटेलको मृत्यु भएको हो ।  लुईंटेल माडी २ का वडा सदस्य हुन।शनिवार साँझ करीब ६ बजेको समयमा माडी नगरपालिका न.१ गर्दीमा बाइकलाई पहिचान नखुलेको सवारी साधनले ठक्कर दिँदा वडा सदस्य लुईंटेलको घटनास्थलमै मृत्यु भएको हो ।बा.प्र. ०३ ०४ प ८९१७ नम्बरको मोटरसाइकलमा बनकट्टाबाट बरुवातर्फ आउँदै गरेका लुईंटेल सवार मोटरसाइकललाई विपरीत दिशातर्फ गाइरहेको सवारी साधनले ठक्कर दिएको अनुमान गरिएको छ। ठक्कर दिने गाडी पत्ता नलागेको र खोजीकार्य ज

    • प्रकाशित मितिः मंसिर ३०, २०८०
    • 350 पटक पढिएको
  • इलामको किटेनीमा बन्दकर्ताद्वारा पिकअपमा आगजनी

    बिर्तामोड   । पहिचान पक्षधर बन्दकर्ताले इलामको रोङ गाउँपालिका वाड न. ४ किटेनीमा बेलेरो पिकअप गाडीमा आगजनी गरेका छन् ।झापाबाट पराल लिएर इलाम तर्फ जाँदै गरेको मे १ ज ११४० नम्बरको पिकअपलाई बन्दमा कुदाएको भन्दै बन्दकर्ताले रोकेर आगजनी गरेका हुन् । बन्दकर्ताले चालकलाई ओराली पिकअपमा आगो लगाएको स्थानीयबासीले बताएका छन् ।प्रदेश नं १ पुनः नामाङ्कन संयुक्त सङ्घर्ष समितिले विभिन्न जिल्लामा पक्राउ गरिएका ३५ जना पहिचानवादी नेता तथा कार्यकर्ता, बिनाशर्त रिहाइको माग गर्दै मङ्सिर ३० र पुस १ गते कोशी प्रदेशमा यातायात बन्दको आव्हान गरेको छ ।आन्दोलनलाइ ससक्त बनाउन र नेता तथा कार्यकर्ताको रिहाइको म

    • प्रकाशित मितिः मंसिर ३०, २०८०
    • 387 पटक पढिएको
  • असहमति र मतभेद विधि र प्रक्रियाबाट समाधान खोज्नु पर्छ; केपि शर्मा ओली

    फिदिम । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मतभेद र असहमतिहरु संवादको माध्यमबाट समाधान गर्नुपर्ने बताएका छन् । पाँचथरको फिदिममा एमालेले आयोजना गरेको जनसभामा बोल्दै असहमति र मतभेद हुन सक्ने भन्दै विधि र प्रक्रियाबाट समस्याको समाधान खोज्नु पर्ने बताए ।एमालेले बैतडीबाट सुरु गरेको झुलाघाट चिवाभञ्ज्याङ समृद्धिका लागि संकल्प यात्राको १७ दिन भएको सभालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले मान्छेमा बोली भएकाले संवादबाट असहमति राख्नुपर्ने बताए । उनले भने, ‘गाई गोरुको मात्रै बोली हुँदैन असहमति प्रकट गर्न घ्याच्च सिंहले हान्छ । मान्छेको बोली छ घया्च्च हान्न पाइँदैन ।’ सबैले निर्भय वातावरणमा हिडन डुल्न पाउनु प

    • प्रकाशित मितिः मंसिर ३०, २०८०
    • 304 पटक पढिएको
  • फरार आराेपी इन्टरपोलकाे सहयाेगमा दुबईबाट पक्राउ

    काठमाडौंं । ठगी आरोपमा अदालतबाट पक्राउ पूर्जी जारी भएपछि फरार रहेका आरोपीलाई प्रहरीले रेड कर्नर नोटिस जारी गरी दुबइबाट पक्राउ गरेको छ ।केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले अन्तर्राष्ट्रिय अपराध प्रहरी संगठन (इन्टरपोल) को सहयोगमा अदालतबाट पक्राउ पूर्जी जारी भएका कोमलराज उपाध्यायलाई पक्राउ गरेर नेपाल ल्याएको हो ।उपाध्यायमाथि ८४ जनालाई भारतमा लगेर अलपत्र पारेको आरोप लागेको थियो । उनले १ करोड ५५ लाख ९२ हजार ५२५ रुपैयाँ ठगी गरेको जाहेरी प्रहरीमा परेपछि खोजि सुरु भएको थियो । सीआईबीको अनुरोधमा इन्टरपोलले ६ जेठ २०७९ मा उनीविरुद्ध रेड नोटिस जारी गरेको थियो ।

    • प्रकाशित मितिः मंसिर ३०, २०८०
    • 252 पटक पढिएको
  • जाडोमा बदाम खानुका फाइदा यस्तो छ

    काठमाडौँ । बदाम भन्ने बित्तिकै धेरैले जाडोमा सुन्तलासँग घाममा बसेर खाएको कल्पना गर्छन् । पारिलो घाम ताप्दै साथीभाइसँग गफ गर्दै बदाम खानुको मज्जै बेग्लै हुन्छ । तर त्यो भन्दा बढी बदामले स्वास्थ्यमा लाभ पुराउँछ । स्वाद र पौष्टिकताले भरपुर बदाम खाँदा मष्तिस्क तेज हुनुका साथै मुटुलाई पनि लाभ प्रदान गर्छ ।यस्ता छन् बदाम खानुका फाइदाहरू :तौल घटाउँछ - बदाममा फाइबरको मात्रा भरपुर हुने भएकाले बदाम खाँदा छिट्टै भोक लाग्दैन । फलत तौल व्यवस्थापनमा बदामले मद्दत गर्छ ।स्मरणशक्तिमा लाभ - बदाममा भिटामन बी ३ पाइन्छ । यसले स्मरणशक्ति बढाउने र तेज बनाउन मद्दत गर्छ ।डिप्रेसनमा लाभ - बदाममा हुने ट्र

    • प्रकाशित मितिः मंसिर ३०, २०८०
    • 331 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.