काठमाण्डौ   ।   मोटरसाइकल दुर्घटना हुँदा माडीमा एक जनाको मृत्यु भएको छ।प्रहरीले जनाए अनुसार माडीको गर्दी गाउँमा भएको दुर्घटनामा माडी वाडा न.२ का जीवलाल लुईंटेलको मृत्यु भएको हो ।  लुईंटेल माडी २ का वडा सदस्य हुन।

शनिवार साँझ करीब ६ बजेको समयमा माडी नगरपालिका न.१ गर्दीमा बाइकलाई पहिचान नखुलेको सवारी साधनले ठक्कर दिँदा वडा सदस्य लुईंटेलको घटनास्थलमै मृत्यु भएको हो ।FB_IMG_1702743863247

OM Sai Pathibhara Hospital

बा.प्र. ०३ ०४ प ८९१७ नम्बरको मोटरसाइकलमा बनकट्टाबाट बरुवातर्फ आउँदै गरेका लुईंटेल सवार मोटरसाइकललाई विपरीत दिशातर्फ गाइरहेको सवारी साधनले ठक्कर दिएको अनुमान गरिएको छ। ठक्कर दिने गाडी पत्ता नलागेको र खोजीकार्य जारी रहेको प्रहरीको भनाइ छ।

ठक्कर दिएको सवारी साधन ट्रयाक्टर हुनसक्ने माडी प्रहरीले अनुमान गरेको छ । ठक्कर दिने सवारी साधनको पहिचान हुने क्रममा रहेको प्रहरीले जनाएको हो । दिवंगत लुइँटेल नेपाली कांग्रेसबाट वडा सदस्यमा निर्वाचित भएका थिए ।