फिदिम । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मतभेद र असहमतिहरु संवादको माध्यमबाट समाधान गर्नुपर्ने बताएका छन् । पाँचथरको फिदिममा एमालेले आयोजना गरेको जनसभामा बोल्दै असहमति र मतभेद हुन सक्ने भन्दै विधि र प्रक्रियाबाट समस्याको समाधान खोज्नु पर्ने बताए ।

एमालेले बैतडीबाट सुरु गरेको झुलाघाट चिवाभञ्ज्याङ समृद्धिका लागि संकल्प यात्राको १७ दिन भएको सभालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले मान्छेमा बोली भएकाले संवादबाट असहमति राख्नुपर्ने बताए । उनले भने, ‘गाई गोरुको मात्रै बोली हुँदैन असहमति प्रकट गर्न घ्याच्च सिंहले हान्छ । मान्छेको बोली छ घया्च्च हान्न पाइँदैन ।’ सबैले निर्भय वातावरणमा हिडन डुल्न पाउनु पर्ने भन्दै लोकतन्त्रमा सबैले आफ्ना कार्यक्रमहरू गर्न पाउने बताए ।

OM Sai Pathibhara Hospital

संवैधानिक र कानुनको राज भएन भने सुशासन कायम नहुने भन्दै एकताले मात्रै शान्ति सुशासन कायम हुने बताए । उनले विधि सङ्गत ढङ्गले आफ्ना मागहरू राख्नु पर्ने बताए । उनले देशमा शान्ति चाहिएको भन्दै शान्तिपूर्ण ढङ्गले आफ्ना कुरा राख्नु पर्ने बताए ।