मोरङ  ।   च्याउ औषधीय गुणहरूले भरिएको खाद्यपदार्थ हो । यसमा अमिनो एसिड, खनिज लवण र भिटामिन जस्ता तत्त्व पाइन्छन् । यसमा ३५ प्रतिशतसम्म प्रोटीन हुन्छ जुन बोटबिरुवामा पाइने प्रोटीनभन्दा धेरै हो।

च्याउले स्वास्थ्यलाई धेरै फाइदा गर्छ । च्याउको परिकार शाकाहारी र मांसाहारी दुवैले उत्तिकै रुचाउँछन् । तर च्याउका केही बेफाइदा पनि छन् । यहाँ हामी त्यसको चर्चा गर्नेछौं । पहिला फाइदाकै कुरा गरौं।

OM Sai Pathibhara Hospital

मोटोपन हटाउन - मोटोपन हटाउन चाहने व्यक्तिहरूले प्रोटीनयुक्त आहार लिनुपर्छ र च्याउमा भरपूर प्रोटीन हुन्छ । तौल घटाउनका लागि मशरूम राम्रो विकल्प हो ।

रोगप्रतिरोधक क्षमता बढाउन - च्याउ एक प्राकृतिक एन्टीबायोटिक हो । यसले माइक्रोबियल र फंगल संक्रमणलाई हटाउँछ । यसमा भएको एन्टीअक्सिडेन्टले शरीरलाई हानि गर्ने फ्री –याडिकलबाट बचाउँछ । अनि शरीरका कोशिकाहरूको मर्मत गर्न पनि यो सहयोगी हुन्छ ।

क्यान्सरबाट बचाउ - च्याउमा भएको बीटा ग्लाइसिन र लिनोलिक एसिडले क्यान्सरबाट बचाउन मद्दत गर्छन् । यसमा भएका काइटिन, लायसिन र प्रोटीनले शरीरमा ट्युमर बन्न दिँदैनन् ।

मेटाबोलिजम बढाउन - च्याउमा भिटामिन बी पाइन्छ । यसले भोजनलाई ग्लुकोसमा परिणत गरेर ऊर्जा उत्पन्न गर्छ र भिटामिन बी२ र भिटामिन बी३ ले मेटाबोलिजमलाई राम्रो बनाउँछ ।

मुटु राम्रो बनाउन - च्याउमा भएका एन्जाइमहरूले कोलेस्ट्रोल स्तर घटाउँछन् र यिनमा भएका पोषक तत्त्वले स्वास्थ्यलाई राम्रो राख्छन् ।

कुपोषणबाट बचाउन - कुपोषणबाट बालबालिकालाई बचाउनका लागि च्याउ खान दिनु ठीक हुन्छ । यो गर्भावस्थादेखि वृद्धअवस्थासम्मका लागि उपयुक्त आहार हो।

मधुमेहमा फाइदा - च्याउमा भिटामिन, फाइबर र मिनरलहरू हुन्छन् अनि बोसो, कार्बोहाइड्रेट्स र सुगर हुँदैन । त्यसैले मधुमेहका रोगीले यसको सेवन गर्नु ठीक हुन्छ । यसले इन्सुलिन निर्माणमा सहायता गर्छ।

पेटको समस्याबाट मुक्ति - फाइबररहित आहार लिँदा अपच र कब्जियतको समस्या हुन्छ तर ताजा च्याउ खाँदा यस्ता समस्याहरू हट्छन् किनकि च्याउमा फाइबर हुन्छ।

रक्ताल्पता हटाउन - च्याउ रक्ताल्पता हटाउनका लागि राम्रो विकल्प हो किनकि यसमा फोलिक एसिड प्रचुर मात्रामा हुन्छ । यसमा भएको फलाम र फोलिक एसिडले हेमोग्लोबिनको स्तर सामान्य राख्छन् । यसबाट रक्ताल्पता हट्छ।

सामान्यतया च्याउले स्वास्थ्यलाई धेरै फाइदा गर्छ तर सही च्याउ खाइएन भने अनेकौं रोग लाग्छ । धेरै च्याउ खायो भने एलर्जी हुन्छ । अनि च्याउका केही प्रजातिहरू विषालु हुन्छन् । यस्ता विषालु र कच्चा च्याउ खाँदा एलर्जी, दम, उल्टी, मतिभ्रम, बेहोशी र वाकवाक लाग्ने समस्या हुन्छ । त्यसैले च्याउ किन्दा सावधानी अपनाउनुपर्छ ।

जहिले पनि ताजा मशरूम खानुपर्छ । पुरानो र बासी च्याउले फूड पोइजनिङ गराउँछ । शिशुहरू र गर्भवती महिलाहरूलाई च्याउ खान दिनुहुँदैन ।