बिर्तामोड   । पहिचान पक्षधर बन्दकर्ताले इलामको रोङ गाउँपालिका वाड न. ४ किटेनीमा बेलेरो पिकअप गाडीमा आगजनी गरेका छन् ।Screenshot_2023_1216_212741

झापाबाट पराल लिएर इलाम तर्फ जाँदै गरेको मे १ ज ११४० नम्बरको पिकअपलाई बन्दमा कुदाएको भन्दै बन्दकर्ताले रोकेर आगजनी गरेका हुन् । बन्दकर्ताले चालकलाई ओराली पिकअपमा आगो लगाएको स्थानीयबासीले बताएका छन् ।Screenshot_2023_1216_205949

OM Sai Pathibhara Hospital

प्रदेश नं १ पुनः नामाङ्कन संयुक्त सङ्घर्ष समितिले विभिन्न जिल्लामा पक्राउ गरिएका ३५ जना पहिचानवादी नेता तथा कार्यकर्ता, बिनाशर्त रिहाइको माग गर्दै मङ्सिर ३० र पुस १ गते कोशी प्रदेशमा यातायात बन्दको आव्हान गरेको छ ।Screenshot_2023_1216_200801

आन्दोलनलाइ ससक्त बनाउन र नेता तथा कार्यकर्ताको रिहाइको माग गर्दै सडक बन्द गर्न प्रदेशका विभिन्न स्थानमा पहिचानवादीहरू सडकमा निस्किएका छन् । मोरङको पथरी, उर्लाबारी, दमक, इलाम बजार लगायत कोशी प्रदेशका विभिन्न ठाउमा बिहानै देखि पहिचान वादीहरूले टायर बालेर सडक अवरुद्ध गरेका छन ।Screenshot_2023_1216_224002

मेची राजमार्गमा बन्दकर्ताले दिनभर विभिन्न ठाउँमा यातयात अवरुद्ध गरेका थिए । बन्दको समयमा सुरक्षा नदिएको भन्दै यातायात व्यवसायीले सरकारसँग गुनासो गरेका छन् ।