जनकपुर  । पर्साको वीरगञ्ज महानगरपालिका २१ परवानीपुरको हनुमान चोकमा राखिएको राँगा (पाडा)को मूर्ति स्थानीय युवाहरुले भत्काएका छन् ।

राँगाको मूर्ति (प्रतिमा) भत्काएको आरोपमा प्रहरीले ६ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा स्थानीय कृष्ण चौरसिया, पवन श्रीवास्ताव, राजन महतो, सौरभ पटेल, राकेश उपाध्याय र सागर साह छन् ।

OM Sai Pathibhara Hospital

वडा प्रहरी कार्यालय श्रीपुरले राँगाको मूर्ती भत्काएको आरोपमा ६ जनालाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको जनाएको छ । वीरगञ्ज महानगरपालिकाले सौन्दर्यीकरणको नाममा हुनमान चोकमा राँगाको मूर्ति (स्मारक) राखेको थियो ।