जनकपुर । त्रेतायुगमा मर्यादा पुरुषोत्तम राम र जगतजननी माता सिताविच भएको विवाहको सम्झनामा प्रत्येक वर्ष जनकपुरधाममा मनाइने सप्ताहव्यापी सिताराम विवाहपञ्चमी महोत्सव यस वर्ष पनि हर्षोल्लाससाथ मनाइँदै छ ।

जनकपुरधाममा मनाइने सप्ताहव्यापीे सीताराम विवाहपञ्चमी महोत्सव मनाइँदैछ।  त्रेता युगमा भगवान् रामले धनुष भाँचेर सीतासँग विवाह गरेको भन्ने धार्मिक विश्वासमा रामको प्रतिकात्मक रुप धारण गरेका कलाकारहरुलाई धनुष भाँचेको अभिनय गराएर धनुष यज्ञ गरिन्छ।Messenger_creation_e90690e8-96a6-4199-b263-9048d40f9557

OM Sai Pathibhara Hospital

मिथिलाका राजा जनकले धनुष उठाएर वाण छोड्ने महाशक्तिशालीसँग मात्रै सीताको विवाह गर्ने उद्घोष गरेका र अयोध्याबाट आएका दशरथ पुत्र रामले यज्ञमा राखिएको धनुषलाई सहजै उठाएर ताँदो चढाउन लाग्दा तीन टुक्रा भएको रामयणमा उल्लेख छ। सोही पौराणिक कथनको आधारमा विवाहपञ्चमी महोत्सव यज्ञ गरिन्छ। Messenger_creation_a0727866-78ca-4d06-bae7-62a29c3faf76

विवाहपञ्चमी महोत्सव अन्तरगत  चौथो दिन तीलकोत्सव, पाँचौँ दिन मङ्सिर ३० गते मटकोर र पुस १ गते रामसीता स्वयंवर तथा विवाह कार्यक्रम हुनेछ।

महोत्सवको अन्तिम दिन आगामी पुस २ गते रामकलेवा गरी अयोध्याबाट जन्तीका रुपमा आएका साधुसन्तको बिदाइ गरेपछि विवाहपञ्चमी महोत्सव विधिवत् समापन हुनेछ।

त्रेतायुगमा भगवान् राम एवम् जानकीको वैदिक विवाह जनकपुरधाममा भएको सम्झनामा हरेक वर्ष पौराणिक विधिअनुरुप विवाहपञ्चमी मनाइँदै आएको छ।Messenger_creation_a0727866-78ca-4d06-bae7-62a29c3faf76

सप्ताहव्यापी विवाहपञ्चमी महोत्सवको अवसरमा विश्व रेकर्ड स्थापित गर्ने उद्देश्यले जनकपुरधामस्थित रंगभूमि मैदानमा १२ बिघामा ११ हजार ११ स्क्वायर फिटको अन्नबाट बनेको सीतारामको प्रतिमा । प्रतिमालाई शनिबारबाट सर्वसाधारणको अवलोकनका लागि खुल्ला गरिएको हो। भारतको शतिस गुर्जरसँगै आएका ८ जना कलाकारले ५ दिन लगाएर  प्रतिमा निर्माण गरेका छन्। FB_IMG_1702740080467

विवाह पञ्चमीमा ‘धनुष यज्ञ’ जनकपुरधाममा जारी सप्ताहव्यापी श्री सीताराम विवाह पञ्चमी महामहोत्सवमा ‘धनुष यज्ञ’ मा राखिएको शिव धनुष उचालेर टुक्रा पारेपछि श्रीराम र सीताको भेषमा सजिएका कलाकार स्वयंवरका लागि माला साटासाट गर्दै । Messenger_creation_29daa124-a92a-45d6-9c13-a69c5600519b

Screenshot_2023_1216_211810

सीताराम विवाहपञ्चमी महोत्सवमा जनकपुरधाममा मंगलबारदेखि सुरु भएको सप्ताहव्यापी सीताराम विवाहपञ्चमी महोत्सवको  फूलबारी लीला मनाउने क्रममा जानकी मन्दिर छेउमा रहेको विवाहमण्डप परिसरमा राम, लक्ष्मण तथा सीताको भेषमा सजिएका कलाकारहरु।FB_IMG_1702740917175

FB_IMG_1702741021205

जानकी मन्दिरमा आइतबार हुने वैवाहिक कार्यक्रममा बेदी निर्माणका लागि मंगलबार मटकोर कार्यक्रम सम्पन्न भएको छ ।  जानकी मन्दिरवाट बाजगाजाका साथ हजारौको संख्यामा निस्केको साधुसन्तसहित मैथलानी महिलाको लावालस्कर जनकपुरधामको प्रसिद्ध गंगासागर पोखरी पुगेको थियो ।महिलाले गंगाासागरवाट माटो निकालेर जानकी मन्दिर लगेका थिए । मटकोर कार्यक्रममा धनुषा क्षेत्र नं.३ का प्रतिनिधिसभा सदस्य जुलीकुमारी महतोसहितका महिला नेतृहरु र गायिकाहरुले विभिन्न किसिमका वैवाहिक माँगलिक गितहरु प्रस्तुत गर्दै मटकोर हेर्न आउने श्रद्धालुलाई मनोरञ्जन गराएका थिए ।Screenshot_2023_1216_215655

जानकी माताको मटकोर हेर्न हजारौको संख्यामा सर्वसधारणको उपस्थिति रहेको थियो। जानकी मन्दिरलाई झकिझकाउ पारिएको छ । आइतबार भगवान राम र सिताको डोलाविचमा स्वम्वर र राति जानकी मन्दिरको प्राङ्गनमा वैवाहिक कार्यक्रम हुने छ। 

दुवैकार्यक्रमको तयारी पुरा भएको वैवाहिक कार्यक्रममा भारतका अयोध्यावाट जन्तीको रुपमा आउने साधुसन्त र स्थानीय सवै क्षेत्रका व्यक्तिको व्यापक सहभागिता रहने छ।विवाहपञ्चमी महोत्सवको पहिलो दिन नगरदर्शन, दोस्रो दिन फुलवारी लिला, तेस्रो दिन जानकी मन्दिरको प्राङ्गनमा धनुषयज्ञ र चौथो दिन तिल्कोत्सवको कार्यक्रम सम्पन्न भइसकेको छ ।FB_IMG_1702743705778