काठमाडौंं । ठगी आरोपमा अदालतबाट पक्राउ पूर्जी जारी भएपछि फरार रहेका आरोपीलाई प्रहरीले रेड कर्नर नोटिस जारी गरी दुबइबाट पक्राउ गरेको छ ।

केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले अन्तर्राष्ट्रिय अपराध प्रहरी संगठन (इन्टरपोल) को सहयोगमा अदालतबाट पक्राउ पूर्जी जारी भएका कोमलराज उपाध्यायलाई पक्राउ गरेर नेपाल ल्याएको हो ।

OM Sai Pathibhara Hospital

उपाध्यायमाथि ८४ जनालाई भारतमा लगेर अलपत्र पारेको आरोप लागेको थियो । उनले १ करोड ५५ लाख ९२ हजार ५२५ रुपैयाँ ठगी गरेको जाहेरी प्रहरीमा परेपछि खोजि सुरु भएको थियो । सीआईबीको अनुरोधमा इन्टरपोलले ६ जेठ २०७९ मा उनीविरुद्ध रेड नोटिस जारी गरेको थियो ।