मोरङ ।  तरकारीलाई स्वादिलो बनाउनका लागि गोलभेडाको प्रयोग आजभोली अनिवार्य जस्तै भएको छ । सूपको रुपमा, अचारको रुपमा तथा श्रृंगारको सामानको रुपमा समेत गोलभेडाको प्रयोग हुने गरेको छ।

टमाटरबाट भिटामिन सी, लाइकोपीन, भिटामिन, पोटाशियम पर्याप्त मात्रामा पाइन्छ । साथै यसको प्रयोगले कोलेस्ट्रोल कम गर्न पनि सहयोग पुग्ने जनाइएको छ। मानिसलाई वजन घटाउन पनि गोलभेडा फाइदाजनक छ । तर टमाटरको सवैभन्दा ठूलो फाइदा भनेको पकाउँदा पनि त्यसको पोषक तत्व जादैन।

OM Sai Pathibhara Hospital

टमाटरको प्रयोगले कयौं रोगको रोकथाम पनि गर्न सकिन्छ। विहान पानी नपिइकन पाकेको टमाटर खादा स्वास्थ्यको लागि निकै फाइदा पुग्छ। यदी बच्चालाई सुख्खा रोग भएको खण्डमा प्रत्येक दिन एक गिलास टमाटरको जूस पिलाउदा बिरामीबाट आराम मिल्छ। बच्चाको मानसकि तथा शारीरिक विकासका लागि टमाटर बहुत फाइदाजनक हुन्छ।

मोटोपन घटाउनका लागि पनि टमाटरको प्रयोग गर्न सकिन्छ । प्रतिदिन एक देखि दुई गिलास टमाटरको जूस पीउनाले वजन घट्छ।गर्भावस्थामा टमाटरको सेवन गर्न बहुत फइदा हुन्छ। यदी पेटमा जुका वा अन्य किरा भएको खण्डमा टमाटरमा मरिच मिसाएर खादा फाइदा हुन्छ।

काचो टमाटरमा कालो नून मिलाएर खानाले अनुहारमा चमक आउँछ। टमाटरको गुदीलाई अनुहारमा दल्दा पनि निकै फाइदा हुन्छ।