समाचार

    Showing 17,971-17,980 of 25,937 items.
  • आजको मौसम पूर्वानुमान यस्तो छ

    काठमाडौँ  ।  जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको जनाएको छ ।बिहान देशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको छ । तराई क्षेत्रका अधिकांश स्थानमा हुस्सु र कुहिरो लागेको छ ।दिउँसो देशभर आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहनेछ । कोशी र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।राति कोशी, गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एक–दुई स्थानमा हिमपातको सम्भावना छ । साथै तराई क्षेत्रमा हुस्सु र कुहिरो लाग्ने हुँदा य

    • प्रकाशित मितिः माघ ८, २०८०
    • 281 पटक पढिएको
  • मोटरसाइकल दुर्घटनामा दुई विद्यार्थीको मृत्यु

    काठमाण्डौ  । मोटरसाइकल दुर्घटना हुँदा घटनास्थलमै दुई युवककाे मृत्यु भएको छ ।मोटरसाइकल दुर्घटना हुँदा एमबीबीएस अध्ययनरत २ जना विद्यार्थीको मृत्यु भएको छ । वीरगन्ज महानगरपालिका–१५ स्थित जिल्ला आयुर्वेद अस्पतालदेखि पूर्व जाने सडकमा भएको मोटरसाइकल दुर्घटनामा २ जना विद्यार्थीको घटनास्थलमै मृत्यु भएको पर्सा प्रहरीले जनाएको छ ।प्रहरीका अनुसार मृत्यु हुनेहरूमा धनुषा ५ का सुमित यादव र बारा सुवर्णपुरका सञ्चित यादव रहेका छन् । प्रहरीका अनुसार मृतक दुवैजना वीरगन्जको नेशनल मेडिकल कलेजमा एमबीबीएस दोस्रो वर्षमा अध्ययनरत थिए ।मधेस प्रदेश २–०३–०२१ प ५४३२ नम्बरको मोटरसाइकल दुर्घटना भएको पर्सा प्रहरीले

    • प्रकाशित मितिः माघ ७, २०८०
    • 280 पटक पढिएको
  • सूर्यदर्शन सहकारीको फाइल सीआईबीले झिकायो

    काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीले पोखरास्थित सूर्यदर्शन सहकारीको फाइल झिकाएर अनुसन्धान थालेको छ ।राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलेमाथिसमेत सो सहकारीको रकम हिनामिना गरेको आरोप लागेको छ । सहकारी घोटालाका मुख्य आरोपी गितेन्द्रबाबु राई फरार हुनुहुन्छ । सभापति लामिछाने र राईविरूद्व सहकारी विभागमासमेत उजुरी दर्ता भएको छ ।जिबी राईको समूहले सूर्यदर्शन सहकारीको १ अर्ब ३५ करोड भन्दा बढी हिनामिना गरेको आरोप छ ।

    • प्रकाशित मितिः माघ ७, २०८०
    • 367 पटक पढिएको
  • ३४ शाखा अधिकृत उपसचिवमा बढुवाका लागि सिफारिस

    काठमाडौं । ३४ जना राजपत्रांकित तृतीय श्रेणी शाखा अधिकृतबाट उपसचिवमा बढुवाका लागि सिफारिस भएका छन् ।बढुवा सिफारिस समितिकोको बैठकले जेष्ठता तथा कार्यसम्पादन मूल्यांकनको आधारमा सामान्य प्रशासन समूहका ३० जना शाखा अधिकृतलाई सोही समूहको उपसचिवमा बढुवाका लागि सिफारिस गरेको हो ।नेपाल प्रशासन सेवाको सामान्य प्रशासन सेवामा शाखा अधिकृतबाट उपसचिवमा बढुवाका लागि १ सय ९५ जनाले उम्मेदवारी दिए पनि १ सय ८९ जनाको उम्मेदवारी कायम भएको थियो ।शाखा अधिकृतबाट उपसचिवमा बढुवा हुनेमा पहिलो नम्बरमा शोभाकर पाण्डेय रहेका छन् भने अन्तिम ३४ नम्बरमा खगेन्द्रप्रसाद भट्ट रहेका छन् ।हेर्नुहोस् सूचि  

    • प्रकाशित मितिः माघ ७, २०८०
    • 268 पटक पढिएको
  • २९ जना सहसचिवको सरुवा

    काठमाडौं  ।    बुधबार बसेको मन्त्रिपरिषद् बैठकले  २९ जना सहसचिवहरूको सरुवा गरेको हो। मन्त्रालयले काठमाडौं महानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतमा प्रदीप परियारलाई पठाएको छ । यसअघि काठमाडौंमा वसन्त अधिकारी थिए । अधिकारी मधेसी आयोगको सचिव बनेका छन् । उनको ठाउँमा राष्ट्रिय योजना आयोगका सहसचिव परियार गएका हुन् ।सूची:

    • प्रकाशित मितिः माघ ६, २०८०
    • 199 पटक पढिएको
  • आजको मौसम पूर्वानुमान यस्तो छ

    काठमाडौं। हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी भू-भागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भू-भागमा आंशिक बदली देखि मुख्यतया सफा रहेको छ। साथै, देशको पश्चिम तराईका थोरै स्थानहरुमा हुस्सु र कुहिरो लागेको छ।दिउँसो देशको पहाडी भू-भागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहनेछ। कोशी, गण्डकी, कर्णाली र सुदुरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका एक दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।राती भने देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा

    • प्रकाशित मितिः माघ ६, २०८०
    • 177 पटक पढिएको
  • रहेनन् वरिष्ठ संगीतकार योगेश वैद्य

    काठमाण्डौ  ।  नेपाली आधुनिक संगीतका सदावहार गायक एवं वरिष्ठ संगीतकार योगेश वैद्यको ७७ वर्षको उमेरमा निधन भएको छ। बिहीवार राति १२ः३० काठमाडौंको सुन्धारास्थित काठमाडौं भ्याली अस्पतालमा उनको निधन भएको हो। उनले ‘सपना भुलाइ सारा आँशु लिएर जाऊ’, ‘मेरो आँशुमा नहाँसे’, ‘नेपाल मेरो उपहार भो’ जस्ता चर्चित गीतहरु गाउका छन्। साँझ स्वास्थ्यमा समस्या आएपछि उनलाई सुन्धारास्थित काठमाडौं भ्याली अस्पताल लगिएको थियो। त्यहीँ उनको निधन भएको हो। उनलाइ लामो समयदेखि मधुमेह रोगबाट पीडित थिए । संगीतका साथै उहाँ तीन दशकभन्दा लामो समय सरकारी सेवामा रहेका थिए । उनले २०६१ मा सहसचिव पदबाट अवकाश लिएका थिए

    • प्रकाशित मितिः माघ ५, २०८०
    • 214 पटक पढिएको
  • बस दुर्घटना हुदा १४ जना घाईते

    काठमाण्डौ  ।  दार्चुलामा बस दुर्घटना भएको छ। दार्चुलाबाट महेन्द्रनगरतर्फ आईरहेको सुदूरपश्चिम प्रदेश ०२००१ ख १०३१ नम्बर को बस महाकाली नगरपालिका-५ खिमटडीमा दुर्घटना भएको हो।दुर्घटना परी चालकसहित १४ जना घाईते भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ। घाईतेहरुको जिल्ला अस्पतालमा उपचार भइरहेको प्रहरीले बताएको छ। घाईतेहरुको विवरण तथा दुर्घटनाको कारण अहिले सम्म नखुलेको प्रहरीले जानकारी दिएको छ।  

    • प्रकाशित मितिः माघ ५, २०८०
    • 205 पटक पढिएको
  • पोटास खादको ५ हजार ४६० बोरा सहित १३ वटा ट्रक नियन्त्रणमा

    काठमाडौँ । भारतीय कम्पनीको १३ वटा ट्रकमा ल्याइएका ५ हजार ४६० बोरा पोटास खाद बारा प्रहरीले बरामद गरेको छ। विशेष सूचनाका आधारमा बाराका छुट्टाछुट्टै दुई स्थानबाट सो परिमाणको पोटास खाद बरामद भएको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता तथा सूचना अधिकारी डीएसपी दधिराम न्यौपानेले जानकारी दिए ।किसान ट्रेडर्स नामको भारतीय कम्पनीको उक्त पोटास खाद १३ वटा ट्रकमा लोड गरी वीरगन्जदेखि राजविराज, विराटनगर तथा बिर्तामोडतर्फ लगिँदै गरेको सूचना प्रहरीलाई प्राप्त भएको थियो । सोही सूचना पछ्याउने क्रममा प्रहरी चौकी पथलैयाले जीतपुरसिमरा उपमहानगरपालिका १ स्थित पथलैया चोकबाट ५ वटा र इलाका प्रहरी कार्यालय निजग

    • प्रकाशित मितिः माघ ५, २०८०
    • 268 पटक पढिएको
  • असंलग्न आन्दोलनको १९औँ शिखर सम्मेलनलाई आज सम्बोधन गर्दै प्रधानमन्त्री

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले असंलग्न आन्दोलन (नाम)को १९औँ शिखर सम्मेलनलाई आज सम्बोधन गर्दै छन् । आजदेखि सुरु हुने सम्मेलनलाई प्रधानमन्त्री प्रचण्डले पहिलो दिन नै सम्बोधन गर्न लागेका हुन्।साझा विश्वव्यापी समृद्धिका लागि सहयोगलाई प्रगाढ बनाउने विषयको शिखर सम्मेलन युगान्डा गणतन्त्रको राजधानी कम्पालामा भोलिसम्म चल्नेछ।शिखर सम्मेलनकै क्रममा प्रधानमन्त्री प्रचण्डले सहभागी राष्ट्र प्रमुख, सरकार प्रमुख र अन्य उच्च पदस्थ व्यक्तित्वसँग द्विपक्षीय भेटवार्ता गर्ने कार्यतालिका छ ।

    • प्रकाशित मितिः माघ ५, २०८०
    • 160 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.